• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

प्याज काट्दाभन्दा किन्दा आँसु झर्ने स्थिति, ‘सरकार टाट पल्टिन लागेपछि आलु-प्याजमा १३ प्रतिशत भ्याट’

64x64
कल्पना घिमिरे शनिबार, असार २, २०८०  ०७:०८
1140x725

काठमाडौं- सरकारले बजेट भाषणमार्फत आलु र प्याज आयात गर्दा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेपछि यतिबेला आलु-प्याजमा चर्को मूल्यवृद्धि भएको छ। आलुमा झण्डै दोब्बरले मूल्यवृद्धि भएको छ भने प्याजको मूल्य तीन गुणा बढेको छ।

अहिले सरकार मातहतको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भने आलु र प्याजको मूल्यसूची सार्वजनिक गर्न नै बन्द गरेको छ। बजेट भाषणअघि प्रतिकेजी ३० देखि ४० पर्ने प्याज अहिले प्रतिकेजी एक सय २० रुपैयाँसम्म पुगेको छ।

प्याज काट्दाभन्दा किन्न जाँदा आँसु आउने अवस्था भएको उपभोक्ताको गुनासो छ। प्याज आयात गर्दा १३ प्रतिशत भ्याट जोड्ने भएपछि बजारमा मूल्यवृद्धिसँगै प्याज पाउनै मुस्किल परेको उपभोक्ताहरू बताउँछन्।

उपभोक्ता हित संरक्षण मञ्चका उप-महासचिव विष्णुप्रसाद तिमिल्सिनाले सरकार टाट पल्टिने अवस्था आएपछि आलु प्याजमा भ्याट लगाएको बताए। साथै सरकारले आलु-प्याजमा भ्याट जोडेर उपभोक्ता मारी आफूलाई फाइदा पुग्ने काम गरेका आरोप लगाए।

‘आयातित वस्तुलाई दुरुत्साहन गर्न भनियो। तर आलु र प्याजमा १३ प्रतिशत भ्याट लगाउने, आम उपभोक्ताको ढाड सेक्ने नीति बजेटमा ल्याएको छ। पहिला सरकारले जनतालाई कृषिमा कसरी आत्मनिर्भर हुने त्यसबारे किसानलाई उत्पादन गर्न प्रोत्साहन गर्नुपर्ने हो। तर अहिले कोषमा पैसा छैन। सरकार टाट पल्टिने अवस्था आयो। तत्काल कसरी राजश्व उठाउने र कर्मचारीलाई तलब खुवाउने भन्नेतिर सरकार लागेको छ। त्यसकारण आलु र प्याजमा समेत भ्याट जोडेको छ,’ उनले भने।

Ncell 2
Ncell 2

सरकारले एकै पटकमा १९० वटा कृषिजन्य वस्तुमा भ्याट लगाएको उनले बताए। पहिला स्वदेशमा उत्पादन बढाए स्वतः आयात कम हुने उनको भनाइ छ। ‘स्वदेशमा उत्पादन बढाउन सरकारले प्रयास गर्नुपर्ने तर कसरी कहाँबाट राजस्व बढी आउँछ त्यतैतिर भ्याट जोडेर आम उपभोक्तामाथि सरकारले ठूलो अन्याय गरेको छ,’ उनले भने।

सरकारले भ्याट बढाएसँगै व्यापारीहरूले पहिलाको स्टक प्याजको मूल्य बढाएर कालोबजारी बढ्न थालेको उनले बताए। ‘अहिले व्यापारीहरूले प्याज ल्याउन छाडेका छन्। मूल्य बढेपछि बिक्री गर्न लुकाइसके। बजारमा प्याज पाउन मुश्किल छ। पुरानै स्टक भएको प्याज पनि अहिले भ्याट बढेको भन्दै चर्को मूल्यमा बिक्री गरिरहेका छन्। यसप्रति सरकाको न कुनै नियमन छ न अनुगमन छ। भ्याट बढ्यो भन्यो चुप रह्यो। सरकारका सबै निकाय मौन छन,’ उनले गुनासो पोखे।

यस्तै पूर्व कृषिसचिव योगेन्द्र बहादुर कार्कीले नेपालीलाई आत्मनिर्भर बनाउने उद्देश्यले आलु-प्याज आयातमा १३ प्रतिशत भन्सार लगाउने योजना सकारात्मक भए पनि प्याजमा भने तत्काल भ्याट लगाउन नहुने बताए।

‘आत्मनिर्भर बनाउन आयातमा १३ प्रतिशत भ्याट सकारात्मक छ। तर प्याजमा तत्काल भ्याट लाउनु गलत छ। यो आलु-प्याज स्वदेशमै उत्पादन गरौँ। आयातित वस्तु प्रयोग घटाउँदै लैजाउँ भन्ने उद्देश्यले यस्तो योजना ल्याउनु सकारात्मक छ,’ पूर्व कृषि सचिव कार्कीले भने, ‘नेपालमा प्याज उत्पादन १५ प्रतिशत पनि छैन। बरु आलु करिब ५२ लाख खपत हुन्छ भने नेपालमै ३२ लाख मेट्रिक टन उत्पादन हुन्छ। जसमा २० लाख मेट्रिक टन त आयात हुने हो। त्यसकारण आलुमा सकारात्मक छ। तर नेपाल प्याजमा आत्मनिर्भर छैन। बाहिरबाट नल्याए सुखै छैन।’

सरकारले भ्याट जोड्ने क्रममा उत्पादक, व्यापारी र उपभोक्ता यी तिनै तहलाई नकारात्मक असर नपुग्ने गरी भ्याट लगाउनु पर्ने तर उपभोक्तालाई असर पर्ने गरी भ्याट लगाएको पूर्व कृषि सचिव कार्कीले बताए।

नेपालमा वार्षिक सातदेखि आठ अर्बको प्याज आयात हुन्छ। आठ अर्बको १५ प्रतिशत भ्याट जोडिँदा सरकारलाई राजस्व संकलनमा ठूलो फाइदा हुने बताए। तर उपभोक्ता भने महँगीको मारमा परेको पूर्व कृषि सचिव कार्कीको भनाइ छ। सरकारले भ्याट बढाउनुभन्दा पहिला किसानलाई आलु-प्याज खेती गर्न प्रोत्साहित गर्नुपर्ने कार्कीले बताए।

‘भ्याट लगाउनुभन्दा पहिला सरकारले स्वदेशमै उत्पाद बढाउने नीति ल्याई युवाहरूलाई प्रोत्साहन गर्नुपर्थ्यो। आलुको उत्पादन अझै बढाउँदा बाहिरबाट ल्याउन पर्दैन। तर तत्काल प्याज भने उत्पादन गर्न सकिँदैन। प्याज उत्पादन गर्न सरकारले विशेष नीति ल्याई प्याज खेतीमा प्रोत्साहन गरेर आत्मनिर्भर बनाउनु पर्थ्यो। अनि मात्र भ्याट लगाउनु पर्थ्यो,’ पूर्व कृषिसचिव कार्कीले भने।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  ०७:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्