काठमाडौं– बजेट निर्माण प्रक्रियामा करको दर हेरफेर गर्न संग्लन भनिएका रामकृष्ण श्रेष्ठलाई पूर्ववर्ती अर्थमन्त्रीले ‘टाइप’ गर्न सहयोगका लागि नियुक्त गरेको अर्थमन्त्री प्रकाशशरण महतले दाबी गरेका छन्।
करका दर हेरफेरमा अनाधिकृत व्यक्ति संग्लन रहेको भन्ने समचार सार्वजनिक भएपछि अर्थमन्त्री महतले उक्त कुरा बताएका हुन्।
‘टाइप गर्नलाई सहयोग लिने क्रममा म आउनुभन्दा अगाडि नै रामकृष्ण श्रेष्ठले नियुक्ति पाइसक्नु भएको थियो। उहाँले ३० औं वर्षसम्म यही गर्दै आउनु भएको थियो। यसमा उहाँ अनुभवी, दक्ष र इमान्दार भनेर रिगकनाइज व्यक्ति हुनुहुन्छ,’ अर्थमन्त्री महतले भने, ‘उहाँ वर्षौंदेखि यो काम गर्दै आउनुभएको थियो। त्यसै प्रयोजनका लागि मभन्दा अगाडिको अर्थमन्त्रीले नियुक्त गर्नु भएको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।