काठमाडौं– नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले विश्व वातावरण दिवसको अवसरमा १ हजार ५०० बिरुवा रोपेको छ।
‘बिल्डीङ्ग ड्रिम्स एण्ड फरेष्ट’ परियोजनाको सहयोगमा वृक्षारोपण अभियान गरिएको हो। अभियानले काठमाडौंको चखण्डोल सामुदायिक वनको क्षेत्रलाई पुनरुत्थान गर्दा बीवाईडीको भिजर्न ‘कूल द अर्थ बाई वान डिग्री’ दृष्टीकोणसंग मेल खान्छ।
साइमेक्सले रणनीतिक स्थानमा १ हजार ५०० बिरुवा रोपेर पुनरुत्थानमा योगदान गर्न अगाडि बढिरहेको छ।
विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा समेटिएको काठमाडौं लामो समयदेखि वायुप्रदुषणका हानिकारक प्रदुषण झेल्दै आएको छ। यो पहल गरेर साइमेक्सले काठमाडौंमा वायु प्रदूषणको प्रतिकूल प्रभावलाई कम गर्न प्रयास गरेको कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन्।
‘बिल्डीङ्ग ड्रिम्स एण्ड फरेष्ट’ अभियानले बृक्षारोपणको लागि मियावाकी प्रविधीको प्रयोग गर्दै समग्रर प्रभावकारी बृक्षारोपणको प्रकृया सुनिश्चित गर्नेछ। यो दृष्टिकोण घना र विविध खालको रुखहरुको वृक्षारोपण गरी चखण्डोल सामुदायिक वनको समुन्नत विकासको लागि बढावा दिनेछ।
कार्यक्रमा वन तथा वातावरण मन्त्री डा वीरेन्द्र प्रसाद महतोले अभियानको सुरुवातको प्रतीकका रुपमा पहिलो बिरुवा रोपेर उद्घाटन समारोहमा सहभागिता जनाएका थिए।
साइमेक्स इंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा ग्राहक, पर्यावरणविद्, सरकारी प्रतिनिधि र बीवाईडी नेपालको सम्मानित ब्राण्ड एम्बेसडर हरिवंश आचार्य जस्ता प्रमुख व्यक्तिहरुलाई पनि निमन्त्रणा गरेको थियो।
वातावरण संरक्षणमा साझा समर्पणको प्रतिनिधित्व गर्ने करिब २०० रुखको औपचारिक रोपण गरी कार्यक्रमको समापन भएको थियो भने बाँकी १ हजार ३०० रुखहरु आगामी १५ दिन भित्रमा रोप्ने तालिका रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।