complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अप्रत्याशित डेंगु प्रकोपको कारण ‘काठमाडौंको तातो तापक्रम’

कमला गुरुङ मंगलबार, जेठ १७, २०७९  १८:५४
1140x725

काठमाडाैं– असोज अन्तिम साता काडाघारी काठमाडौंका एक ४० वर्षीय पुरुषलाई एक्कासी ज्वरो आउन थाल्यो। १०४ डिग्रि सेल्सियसको ज्वरोले उनलाई थला पार्‍यो। ज्वरोसँगै शरीर दुख्ने, खाना मन नलाग्ने, कमजोरी हुने समस्या थियो उनलाई।  

काठमाडौंवासी डेंगुले थला परिरहँदा उनले पनि डेंगु हो की भन्ने शंका गरे। रगत परीक्षण गर्दा डेंगु पुष्टि भयो। कमजोरीका कारण उनले स्लाइन समेत चढाए। 

उनले भने, ‘ज्वरो एकदमै आयो। एक हप्तासम्म म सुते मात्रै। उठ्नै सकिन। राम्रोसँग सञ्चो हुन नै मलाई १५ दिनजति लाग्यो।’

उनलाई जस्तै शंखमूल काठमाडौंका २३ वर्षीय एक युवालाई पनि केही साताअघि डेंगु भयो। ज्वरो आउने, शरीर दुख्ने, कमजोरी महसुस हुने र खाना मन नलाग्ने उनलाई पनि देखियो। पाँच दिनसम्म कोठा बाहिर नै निस्कन सकेनन्। लगातार एक साताको आराम र औषधिपछि उनी निको भए। 

उनीहरु जस्तै यस वर्ष काठमाडौंमा १३ हजार ९३३ जना (मंसिर ४ गतेसम्मको तथ्यांक अनुसार) डेंगुका कारण बिरामी भए। काठमाडौंमा वर्षेनी डेंगुका बिरामी भेटिनु नौलो कुरा होइन। तर डेंगुले प्रकोप रुप लिएको घटना भने यो पहिलो पटक हो। विश्व स्वास्थ्य संगठन डब्लुएचओले यस वर्ष डेंगुलाई महामारीको रुपमा परिभाषित समेत गरेको थियो। 

विज्ञहरुले डेंगु बढ्नुको मुख्य कारण काठमाडौंको बढ्दो तापक्रम र जलवायु परिवर्तनको असर रहेको बताएका छन्। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धान विभागीय प्रमुख डा मेघनाथ धिमाल अनुसार बढ्दो जनघनत्व, अव्यवस्थित शहरीकरणसँगै वृद्धि भइरहेको तापक्रमले लामखुट्टेलाई फैलन र हुर्कन अनुकूल वातावरण बनाइदिएको छ। उपत्यकामा बढ्दो तापक्रमले जलवायु परिवर्तनमा पनि भूमिका खेलेको उनले बताए। 

उनले भने, हामी महसुस गर्न सक्छौँ की काठमाडौंको तापक्रम बढ्दै गएको छ। अहिले पहिलेको तुलनामा तापक्रम फरक छ। र, अन्य अव्यवस्थाका कारण पनि डेंगु प्रकोपको कारण बनिरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

डा धिमालका अनुसार काठमाडौंमा डेंगु बढ्नुको कारणहरुलाई बुँदागत रुपमा प्रस्तुत गर्न सकिन्छ:

एक, ‘काठमाडौंको बढ्दो जनघनत्व र अव्यवस्थित शहरीकरण’

दोस्रो, ‘बढ्दो तापक्रम’

तेस्रो, ‘घर–घरमा पानी जम्मा गर्नुपर्ने बाध्यता’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चौथोँ, ‘वर्षा लामोसम्म भएको, प्रि मनसुन अगाडी भएको’

पाँचौ, 'जलवायु परिवर्तन’

र, छैठौँ, ‘बाटोको खाल्डा खुल्डी, टायर, कौँसीमा पानी जम्मा हुनु।’

उनी स्पष्ट पार्छन्, जब तापक्रम लामखुट्टेको लागि उपयुक्त हुन्छ। तब उनीहरुलाई बाँच्नको लागि अन्य आधार चाहिन्छ। यो लामखुट्टेलाई अत्यधिक बस्न मन पर्ने ठाउँ भनेको फालिएका टायरहरु हुन्। काठमाडौंमा जनघनत्व, सवारी साधन, टायर बदल्ने, पार्टपुर्जा मिलाउने वर्कशपको संख्या बढ्दै गएकाले काठमाडौं डेंगु संक्रमणको उच्च जोखिममा छ। 

डा धिमालले डेंगुको प्रकोप र तापक्रम, हावाको गति, हावाको चाप र वनस्पति सूचकाङ्क जस्ता मौसमी कारकहरूबीच सकारात्मक सम्बन्ध देखाउने अनुसन्धानको पनि उल्लेख गरे। बढ्दो तापक्रम, बदलिँदो वर्षाको ढाँचा र मौसमी परिवर्तनले काठमाडौं जस्ता शहरमा डेंगु रोगको जोखिम बढाएको छ। 

डेंगुको प्रकोप फैलिनुमा जलवायु परिवर्तन पनि प्रमुख कारण भएको बताउँदै उनी थप्छन्, ‘तापमान बढ्दै जाँदा लामखुट्टेको जीवनचक्र पुरा गर्न सहज हुन्छ र संक्रमणको दर पनि बढ्छ’, उनले दोहोर्‍याए।

वर्षेनी बढ्दै डेंगुको समस्या
प्रत्येक वर्ष देखिने डेंगुको तथ्यांकलाई नियाल्दा पनि संक्रमितको संख्यामा अप्रत्याशित उतारचढाव आएको देखिन्छ। आजभन्दा १९ वर्ष अघि सन् २००४ मा नेपालमा पहिलो पटक डेंगु पुष्टि भएको थियो। त्यो वर्ष डेंगुको एक जना बिरामी मात्र फेला परेको थियो। त्यसयता नेपालमा वर्षेनी डेंगुका बिरामी भेटिन थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाउँछ। 

गत १९ वर्षमा नेपालमा कुल ७८ हजार ५२४ जना व्यक्ति बिरामी भए। सन् २०१८ सम्म २ हजार तल वा आसपास रहेको डेंगु संक्रमितको संख्या २०१९ मा ह्वात्तै बढेर १७ हजार ९९२ पुगेको थियो। यो वर्ष डेंगु सात वटै प्रदेश र ७७ जिल्लामा फैलियो। र, सबैभन्दा बढी काठमाडौं प्रभावित बने। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०८९ साउनदेखि नोभेम्बर २० सम्म ५२ हजार ५५७ जनामा डेंगु संक्रमण पुष्टि भए र ६० जनाको मृत्यु भयो। 

 

कुनै निश्चित समय र भूगोलमा पाइने लामखुट्टेमध्ये डेंगु सार्ने एडिस एजिप्टाई पनि एक हो। डेंगु एडिस एजिप्टाई र एडिस एल्वोपिक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो। तराई तथा गर्मी ठाउँमा पाइने यो लामखुट्टे अहिले पहाडी हुँदै हिमाली जिल्लामा फैलिएको छ।

नेपालमा डेंगु पुष्टि भएको दुई वर्षपछि सन् २००६ मा पहिलो पटक काठमाडौंमा तीन जनामा डेंगु देखिएको महाशाखाको तथ्यांकले देखाउँछ। सन् २००८ मा ४, २०११ मा १, २०१४ मा ७, २०१५ मा १ हुँदै वर्षेनी डेंगुका बिरामी भेटिदै गए। काठमाडौंमा डेंगुका बिरामी वर्षेनी भेटिन थालेपछि यस वर्षजस्तो प्रकोपको रुप भने लिएको थिएन। 

महाशाखाको नोभेम्बर ४ सम्मको तथ्यांक अनुसार कुल संक्रमित ५२ हजार ५५७ मध्ये काठमाडौंका सबैभन्दा धेरै १३ हजार ९३३ संक्रमित भए। ललितपुरमा ९ हजार ५५५, मकवानपुरमा ५ हजार ६६२ जनामा डेंगु देखिएको छ। मे तारिख बाट देखिने थोलेको डेंगु सेप्टेम्बरमा उच्च विन्दुमा पुगेको थियो। जनवरीबाट देखिन थालेको डेंगु सेप्टेम्बर र अक्टोबरमा उच्च विन्दुमा पुगेको थियो। जनवरीमा देशभर कुल संक्रमितको संख्या ११ थियो भने सेप्टेम्बरमा २७ हजार ५२९ र अक्टोबरमा १७ हजार ८८९ जना संक्रमित थिए। जसमा पनि काठमाडौंमा मात्र सेप्टेम्बर र अक्टोबरमा क्रमश ९ हजार ८९१ र अक्टोबरमा २ हजार ९११ जनामा डेंगु देखिएको महाशाखाको तथ्यांक छ। 

पानी थापेर राख्नु काठमाडौंवासीको ठूलो बाध्यता हो। यही बाध्यताले पनि लामखुट्टेलाई हुर्कन सहज बनाइदिएको महाशाखाका निर्देशक डा चुमनलाल दास बताउँछन्। यो सँगै बढ्दो शहरीकरण, घर वरिपरिको खाल्डाखुल्डीमा पानी जम्नु, अव्यवस्थित तथा टायरका कारण पनि काठमाडौंमा डेंगु बढेको उनले बताए। 

उनले भने, ‘काठमाडौं इपिडेमिक जोन हो। घना वस्ती छ। वृद्धि विकासका काम धेरै भए, घर वरिपरि खाल्डा खुल्डीमा पानी जम्दा, घरहरुमा लामो समय पानी जम्मा गरेर राख्दा, कौँसी, गमलामा पानी जम्मा हुँदा, अव्यवस्थित ढल, टायरहरुमा पानी जम्दा पनि काठमाडौंमा डेंगु बढी देखियो। लामखुट्टेको वृद्धि विकासका लागि सुहाउँदो वातावरण भयो।’

डेंगुले महामारीको रुप लिने अग्रपंक्तिमा रहेका चिकित्सकको चिन्ता
काठमाडौंमा डेंगु ह्वात्तै बढ्दा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बिरामीले भरिभराउ भएको थियो। शय्या बिरामीले भरिएपछि बिरामीहरुलाई पेटीमा राखेर भएपनि अस्पतालले उपचार गरेको थियो। डेंगुको बिरामी थाम्नै नसक्ने भएपनि शुक्रराज अस्पतालले छुट्टै डेंगु क्लिनिक समेत चलाएका थिए। 

शुक्रराज अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन एक्लैले दिनमा डेढ सयसम्म बिरामी हेरेको अनुभव छ। 

अधिकांश बिरामीसँग सोधपुछ गर्दा उनीहरु काठमाडौंमै डेंगु संक्रमित हुन पुगेको बताउँदै उनले भने, ‘मैले बिरामी हेर्दा उनीहरुको ट्राभल हिस्ट्री हेर्ने गर्छु। सबैजसो बिरामीको ट्राभल हिस्ट्री थिएन। काठमाडौंकै थिए।’

डेंगुले आगामी दिनमा पनि पुनः महामारीको रुप लिन सक्ने डा पुनले संकेत गरे। प्रत्येक सेप्टेम्बर अक्टोबरमा एक वा दुई पकेट क्षेत्रमा डेंगुको प्रकोप देखिनु नेपालमा कुनै नयाँ घटना होइन। तर यसपटक मनसुनको मध्यदेखि नै प्रकोप सुरु भएको हो। उनले भने। 

शुक्रराज अस्पतालमा आफ्नो २० वर्ष बिरामीको उपचारमा खर्चिएका डा पुन काठमाडौंमा डेंगुले प्रकोपको रुप सामान्य नभएको बताउँछन्। 

डेंगु सार्ने एडिस एजिप्टाई जातको लामखुट्टेको प्रकृति परिवर्तन समेत भएको उनले अनुभव गरेका छन्। पहिले राति मात्र सताउने यो लामखुट्टले अहिले दिउँसो पनि टोक्ने गरेको उनले बताए। 

‘जब समुदायमा लामखुट्टे एक पटक वयस्क भएर टोक्न सुरु गर्छ। त्यसपछिको अवस्था भनेको रोक्नै गाह्रो हुने अवस्था हो,’ उनले भने, ‘डेंगु फैलिन नदिन सुरुकै अवस्थामा पानी पर्दा जम्मा हुन नदिने, लार्भा बन्न दिनु हुँदैन। खोज र नष्ट गर अभियान त सुरुमै सञ्चालन गर्नुपर्छ।’

काठमाडौंमा डेंगु उच्च विन्दुमा पुगेको बेला शुक्रराज अस्पतालमा मात्रै दैनिक साढे चार सयसम्म बिरामी पुग्ने गर्दथे। डेंगु सुरु भएदेखि शुक्रराज अस्पतालमा मात्र गएको चार महिनामा ५४९ जना बिरामी भर्ना भए। साउनमा ३५, भदौँमा १९४, असोजमा २२७ र कार्तिकमा ९३ जना डेंगुका बिरामी भर्ना भएको अस्पतालका सूचना अधिकार नवराज गौतमले जानकारी दिए। 

डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम चालिएन
डा धिमालका अनुसार कम्तीमा १० डिग्री माथिको तापक्रममा यो लामखुट्टेले डेंगु फैलाउन सक्छ भने ३५ डिग्रीभन्दा बढी तापक्रममा भने बाँच्न सक्दैन। यसको अण्डाहरु माइनस डिग्रीमा पनि बाँच्न सक्ने उनले बताए। पछिल्लो प्रवृत्तिका अनुसार हरेक दुई/दुई वर्षमा डेंगुको प्रकोप हुने संभावना रहेको उनको अनुमान छ। 

काठमाडौं उपत्यकामा लामखुट्टेलाई सुहाउँदो तापक्रम १० देखि २० डिग्रीको बीचमा रहेको उनले बताए। यद्यपि जाडोमा तापक्रम कम हुँदै गएपछि भने डेंगु कम हुँदै जाने उनी बताउँछन्। तराईमा धेरै गर्मी भएकाले पनि लामखुट्टे कम देखिएको उनले बताए। फोहोरमैलाको उचित व्यवस्थापनको अभाव पनि डेंगु फैलिनुको अर्को कारण भएको उनको भनाई छ। 

उनी भन्छन्, ‘पहिले त हामीले सिजनल भन्थ्यौ। तराईमा पनि केही समयमा मात्र हुन्छ भन्यौ। अहिले जाडोमा पनि केही केसहरु आइरहेका छन्। किनभने तापक्रमको वृद्धि अत्याधिक बढीरहेको छ। मिनिमम ताक्रम ९÷१० डिग्री घरभित्र भइहाल्छ। त्यसैले पनि डेंगुको संक्रमणलाई ब्रेक गर्न गाह्रो भएको हो।’

डा धिमाल डेंगु, चिकनगुनिया जस्तो भेक्टर बर्न डिजिज बढ्नुमा उचाई, तापक्रम, वर्षा, जलवायु परिवर्तन, सापेक्षिक आद्रताको भूमिका महत्वपूर्ण हुने बताउँछन्। नेपालमा मात्र नभई पर्वतीय राष्ट्रहरुमा पनि जलवायु परिवर्तनका कारण डेंगु सहित भेक्टरवन डिजिज फैलिरहेको उनले बताए। 

भाइरोलोजिस्ट र जनस्वास्थ्य विज्ञहरुका अनुसार आगामी वर्षहरुमा डेंगुजस्ता कीटजन्य रोगहरु फैलिने निश्चित संभावना छ। एकातिर जलवायु परिवर्तनको समस्या बढ्दै गएको छ भने अर्कोतिर सरकारले डेंगुका संक्रमण न्यूनीकरणका लागि ठोस कदम चाल्न सकेको छैन। 

त्रिभुवन विश्वविद्यालयको माइक्रोबायोलोजी विभागका उप प्राध्यापक डा रेष्मा तुलाधार यस वर्ष मात्र नभई डेंगु लगायत कीटजन्य रोग आगामी वर्षमा पनि प्रकोपको रुप लिन सक्ने संभावना रहेको बताउँछिन्। 

बढ्दो जलवायु परिवर्तनको समस्या समाधान, कीटजन्य रोगको नियन्त्रणका लागि सरकारले पर्याप्त कदम नचालेको उनले बताइन्। उनका अनुसार पानी जम्मा हुन नदिनु, घर वरपर सफा राख्नु र अव्यवस्थित टायर र फोहोरको व्यवस्थापन गर्नु नै डेंगु नियन्त्रणको उपाय हुन्।

डेंगु सार्ने लामखुट्टेको वृद्धि विकासका लागि २२ देखि ३३ डिग्री तापक्रमको आवश्यक भएको बताउँदै उनले भनिन्, ‘जलवायु परिवर्तनका कारण काठमाडौंमा तापक्रम बढ्दै गयो। लामखुट्टेको जीवनचक्र जति छिटो भयो लामखुट्टे त्यति धेरै बढ्छ। उपयुक्त तापक्रममा त्यो चक्र छिटो हुन्छ। लामखुट्टेमा रहेको डेंगु सार्ने भाइरसको संख्या पनि बढ्छ।’

डेंगुको प्रकोप बढ्दै गएको र ३ अर्ब ९ करोड मानिस डेंगुको जोखिममा रहेको जसमध्ये ७० प्रतिशत एसियाको विश्व स्वास्थ्य संगठन डब्लुुएचओ ले जनाएको छ। विश्वमा वर्षेनी १० करोडदेखि ४० करोड मानिस डेंगु संक्रमित हुने गरेको डब्लुएचओको तथ्यांक छ। 

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १८:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
सम्बन्धित सामग्री
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित भएका ११ जना विदेशी नागरिकसहित ७६ जनालाई नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा पुर्‍याएको... बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्ज... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्