• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

टीकापुर घटना:  ‘रेशम छुटे, मेरो छोरा कहिले छुट्छ?’ 

64x64
शेरबहादुर ऐर शनिबार, जेठ २०, २०८०  ०६:१०
1140x725

धनगढी- टीकापुर अस्पतालमा उपचारकै क्रममा रहेका बेला पक्राउ परेका थिए मुनुवा शिवशक्ति मुक्त कमैया शिविरका हरिनारायण चौधरी।

२०७२ साल भदौ ७ गते पहिचान र अधिकारका लागि भन्दै सुरु भएको आन्दोलन हिंसात्मक भएको र त्यसमा निर्ममतापूर्वक आठ प्रहरी र एक नाबालकले ज्यान गुमाएपछि उक्त घटनामा संलग्न भएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो। 

८ वर्षदेखि उनी कैलाली कारागारमा छन्। उनीसँगै अभियोग लागेका मुख्य योजनाकार भनिएका रेशम चौधरी भने गणतन्त्र दिवसको अवसरमा छुटेका छन्। सरकारले नागरिक उन्मक्ती पार्टीको संरक्षक रहेका चौधरीलाई त आममाफी दियो तर सोही अभियोगमा सजाय काटिरहेका अन्य तीन अभियुक्तहरु भने जेलमै छन्। 

डिल्ली बजार कारागारमा रहेका चौधरी फूलमालासहित रिहाइ हुँदै गर्दा एउटै अभियोगमा पक्राउ परी थुनामा रहेकामध्ये एक हरिनारायणकी आमा सोनिया आफ्नो छोरो सम्झँदै बसेकी छन्। सोनिया रेशम त छुटे, मेरो छोरो कहिले छुट्छ भनेर सोधिखोजी गरिरहेकी भेटिइन्। 

कैलाली कारागारमा जेल जीवन बिताइरहेका हरिनारायणकी आमा सोनियाले छोरा घर आउने आसमा अझै पनि आफू रहेको बताइन्। ‘रेशमसँगै मेरो छोरा पनि छुट्छ भन्थे। अहिले कारागारमा सम्पर्क गर्दा फोन उठेन। छोरा आउने हो कि होइन। केही थाहा छैन,’ उनले भनिन्। 

सोनियाले १६औं गणतन्त्र दिवसको अवसरमा रेशमले छुट पाएको सुनेको तर आफ्नो छोरो आउने/नआउनेबारे कुनै जानकारी नपाएको बताइन्। उनले सूचना नपाए जस्तै हरिनारायण पनि रिहा भएनन्। माफी नपाउनेमा हरिनारायण मात्र हैन, प्रदीप चौधरी र वीरबहादुर चौधरी पनि छन्। उनीहरु अहिले पनि कैलाली कारागारमा जेल जीवन कटाइरहेका छन्।

एक हजार तिर्नुपर्ने डरले आन्दोलन हुँदै जेलमा
उमेरले ४२ वर्ष पुगेकी सोनियाले कमाउने छोरा जेलभित्र हुँदा जीविकोपार्जन गर्न पनि गाह्रो भइरहेको बताइन्। ‘छोरा नहुँदा श्रीमान् दैनिक ज्यालादारीमा काम गरिरहेका छन्। दिनको पाँच सय कमाउँछन्। घरखर्च, खानाको व्यवस्था गर्न पनि समस्या रहेको ,’ सोनियाका एक छोरासँगै दुई छोरी छन्। 

हरिनारायण एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने डरले आन्दोलनमा सहभागी भएका थिए। सोनिया डगौराले कमैया आन्दोलन जस्तै होला भनेर छोरो आन्दोलनमा गएको बताइन्। ग्यारेजमा काम गरेर परिवार पालिरहेका हरिनारायण साह्रै सोझो भएको भन्दै उनले आफ्नो छोरालाई फसाइएको बताइन्।

Ncell 2
Ncell 2
nimb
nimb

प्रत्येक घरबाट कम्तीमा एक जना आन्दोलनमा जानुपर्ने नत्र एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने उर्दी आएपछि आमा र बहिनी सीतालाई रोकेर उनी आन्दोलनमा गएका थिए। 

टीकापुर घटनामा पक्राउ परेपछि थरुहट नेताहरुले राजवन्दी परिवारलाई आर्थिक सहयोग पनि गर्दै आएको स्मरण गर्दै उनले भनिन्, ‘पहिला नेताहरु घरमा आउथे। आर्थिक सहयोग पनि गर्थे तर, अहिले कसैले पनि हेरेको छैन।’

पहिचान र थरुहट राज्यको माग गर्दै थरुहट/थारुवान संयूक्त संघर्ष समिति अहिले पनि आन्दोलित छ। टीकापुर घटनालाई राजनीतिक घटना बनाउनुपर्ने, राजवन्दीलाई निस्वार्थ रिहाइ गर्नुपर्ने, पहिचान र अधिकार सहितको थरुहट प्रदेश बनाउनुपर्ने अहिले पनि थरुहट नेताहरुको माग रहेको छ।

थरुहट/थारुवानका नेता माधव थारु रेशमको टीकापुर घटनामा कुनै संलग्नता नरहेको बताउँछन्। उनले भने,‘यो सरकारको निर्णय हो। यसमा म केही भन्दिनँ। उनको पार्टी सरकारमा रहेकाले रिहाइ पाएका हुन्।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले सरकारले टीकापुर घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए। उनले भने, ‘लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्दा पनि सुनुवाइ भएको छैन। थारुहरुलाई नै दोषी देखाउने गरी जिल्ला, उच्च र सर्वोच्च अदालतको फैसला भएको छ। प्रतिवेदनप्रति न्यायिक निकायले ध्यान नदिई निर्णय गरेका छन्।’

नागरिक उन्मुक्ति पार्टीले रेशमलाई माफी दिएर न्याय गरेको प्रतिक्रिया दिएका छन्। ‘बिग्रह, बिखण्डनको लडाईं होइन। न त बदलाभाव रिसरागको हो। यो त सदभाव, अपनत्व, न्यायका लागि समृद्ध नेपाल र नेपाली बन्ने बनाउने अभियान हो। सहयोग गर्नुहुने सबै सबैलाई धन्यबाद छ’ उन्मुक्तिका नेता लक्ष्मण थारुले भने।

उन्मुक्तिका नेताहरुले न्याय भन्दा शासकको दया ठूलो नभएको प्रतिक्रिया दिन्छन्। ‘गणतन्त्र दिवसमा रेशम चौधरी लगायत चार सय ८२ जना लाई आम माफी दिएका छन्,’ उन्मुक्तिका नेता श्रवण चौधरी भन्छन्, ‘निर्दोष रेशम चौधरीलाई दोषी प्रमाणित गरी आम माफी दिनु सम्पूर्ण थारु समुदाय र पहिचानवादीहरुप्रतिको अन्याय हो। माफी भन्दा न्याय धेरै गुणा ठिक हुन्थ्यो यो माफीले रेशमलाई सदाको लागि अपराधीको टीका लगाएको छ।’

राज्य पुन: संरचना गर्दा सीमांकनको विषयमा असन्तुष्ट थारु समुदायले थरुहट/थारुवान प्रदेशको माग गर्दै पश्चिम नेपालका कैलाली-कञ्चनपुरसहितका जिल्लामा आन्दोलन गर्दै आएका थिए। त्यसविरुद्ध अखण्ड सुदूरपश्चिमको नारासहित पहाडी समुदायले पनि आन्दोलन गर्दै आएका थिए।

अखण्ड सुदूरपश्चिमको तुलनामा थरुहट/थारुवान संघर्ष समितिको आन्दोलनले चर्को रुप लियो। कैलालीको टीकापुरमा ७ भदौ २०७२ मा थारु समुदायले चोक र सार्वजनिक स्थानमा थरुहट प्रदेश लेखिएको बोर्ड राख्ने कार्यक्रम थियो। उनीहरुले सडक बन्द गरेर प्रदर्शन जारी राखेका थिए।

आन्दोलनकारीले सरकारी कार्यालय कब्जा गर्न खोजेपछि कैलालीको तत्कालिन मुनुवा गाविस वडा नम्बर ६ मा प्रहरीसँग झडप भयो। झडपपछि घरेलु हतियारसहित आएका आन्दोलनकारीले पशुहाट नजिकै एसएसपी लक्ष्मण न्यौपानेमाथि नै आक्रमण गरे।

सो घटनामा न्यौपानेसहित नेपाल प्रहरीका प्रहरी निरीक्षक बलराम विष्ट, केशव बोहोरा, प्रहरी हबल्दार लक्षमण खड्का तथा प्रहरी जवान लोकेन्द्र चन्द मारिए। यसैगरी सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरी र आफ्नै घरमा बसेका एक नाबालक टेकबहादुर साउदको पनि हत्या भएको थियो।

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  ०६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्