• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

कालोसूचीबाट हटेका कम्पनीले ३ वर्षपछि मल ल्याउँदा कृषि सामग्रीको आपत्ति

64x64
कल्पना घिमिरे बिहीबार, जेठ ११, २०८०  १४:१६
1140x725

काठमाडौं– कालोसूचीबाट हटेका ४ कम्पनीले ल्याएको मल कृषि सामग्री कम्पनी लिमिटेडले नबुझ्ने भएको छ।

कम्पनीहरूले अनुमति विनै मल ल्याउन थालेको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडले सामान नबुझी उच्च अदालतमा अपिल गर्ने जनाएको छ। विसं २०७९मा ३ वर्षका लागि सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनी कालोसूचीमा परेका थिए।

कृषि सामग्री लिमिटेडका म्यानेजर राजेन्द्र बहादुर कार्कीले कालो सूचीमा परेका कम्पनीले इजाजतविनै मल ल्याएको आरोप लगाए। ‘मल समयमा नल्याएर ४ पटक समयावधि थपिएको थियो। समय थप्दा पनि मल नल्याएपछि यी कम्पनीको सम्झौता रद्द गरेर सार्वजनिक अनुगमन कार्यालयले ३ वर्षका लागि कालोसूचीमा राखेको थियो, ’ कार्कीले भने, ‘कालोसूचीमा राखेपछि कारोबार गर्ने कुरा नै आउँदैन। तर नयाँ सम्झौता गरेर अहिले मल आयात गर्न थाले।’

कृषि सामग्रीले गत पुसमा ती कम्पनीहरूलाई ३ वर्षका लागि कालोसूचीमा राखेको थियो। तर उच्च अदालतले फागुन ११ गते कृषि सामग्रीको कालोसूचीको निर्णयलाई स्थगन गरेको थियो।

अहिले तातोपानी नाकाबाट सिल्क मार्केट कम्पनीले रासायनिक मल आयात गरिरहेको छ। अहिलेसम्म २२ सय टनभन्दा बढी मल आइसकेको भन्सार टर्मिनल व्यवस्थापक अनिरुद्र थापाले जानकारी दिए।

‘ठूलै परिमाणमा मल आउँछ भनेको छ। तर तत्काल ७ हजार १ सय टन मल अटाउँछ। अहिलेसम्म २२ सय टन भन्दा बढी मल आइसकेको छ। आज मात्रै साढे ३ सय टन आयो, ’ थापाले भने। यस्तै अरु कम्पनीले पनि मल भटाभट ल्याइरहेका छन्। 

समयमा मल नल्याएपछि कालोसूचीमा 
०७८ मा चीनबाट रासायनिक मल ल्याउन कृषि सामग्री कम्पनी लिमिटेडले टेन्डर आह्वान गरेको थियो। टेण्डरमार्फत् सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनीले मल ल्याउने ठेक्का पाएका थिए। 

Ncell 2
Ncell 2

ती कम्पनीले ०७८ चैत १५ गतेभित्र मल ल्याइसक्नुपर्ने थियो। तर समयमा ल्याएनन्। तोकेको समयमा नल्याइदिएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडले ०७९ मा ठेक्का रद्द गरेको थियो। 

ठेक्का रद्द भएपछि सिल्क सिनोम्याच ग्लोब र म्याटिक्स विध जेभीले उच्च अदालतमा मुद्दा दायर गरेका थिए। उच्च अदालतले कारबाही कार्यान्वयन नगर्न र खरिदकर्ताले ल्याएको मल नेपाल ल्याउने वातावरण बनाउन ०७९ जेठ १९ गते अन्तरिम आदेश जारी गरेको थियो।

कृषि सामग्री लिमिटेड कम्पनीका अनुसार अदालतले अन्तरिम आदेश जारी गरे पनि ती कम्पनीले मल ल्याएनन्। त्यहीबेला देशैभरि मलको हाहाकार भयो। ४ सय ९८ मेट्रिक टन मल ल्याएर झारा टार्ने काम मात्र भयो। त्यसपछि ती कम्पनीले मल ल्याउन बन्द गरे।

मल ल्याउन बन्द गरेपछि कृषि सामग्री कम्पनीले ४ कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्यो। उक्त कार्यालयले ३ वर्षका लागि ४ कम्पनीलाई ०७९ पुसमा कालोसूचीमा राख्यो। 

तर, उच्च अदालतले चैत्रमा कालोसूचीबाट हटाएपछि कम्पनीहरूले अहिले मल धमाधम ल्याइरहेका छन्। 

२५ हजार टन मलमध्ये ५ हजार भन्दा बढी टन आइसकेको छ। कार्कीका अनुसार मल ल्याउने सम्झौता भएको बेला युरिया मलको मूल्य प्रतिमेट्रिक टन एक लाख २५ हजार नजिक थियो। अहिले प्रतिमेट्रिक टन ५५ हजार रुपैयाँ नजिक छ। कम्पनीले पुरानै सम्झौता अनुसार मल ल्याएर सरकारलाई बुझाउने तयारी गरिरहेका छन्। 

कृषि सामग्री र कम्पनीहरूको टसल
कृषि सामग्री लिमिटेड र टेण्डर पाएका ४ कम्पनीबीच सुरुदेखि नै टसल परेको देखिन्छ। कार्की भन्सार ऐन अन्तर्गत बिना इजाजत सामान आएमा भन्सारले राष्ट्र बैंकको निर्देशन अनुसार सो सामान जफत गर्नुपर्नेमा नगरेको बताउँछन्। त्यसकारण फूहरू सर्वोच्चमा अपिल गर्न जाने उनी बताउँछन्।

कम्पनीहरू भने त्यतिबेलै कृषि सामग्री केन्द्रले सहजीकरण नगरेर मल समयमा ल्याउन नसकेको बताउँछन्। विध ग्रुपका सञ्चालक भीमकान्त भण्डारीले आफूहरूले टेन्डर पाउनेबित्तिकै चिनियाँ कम्पनीसँग सम्झौता गरी त्यहीबेला सम्पूर्ण भुक्तानी गरिसकेको बताए।

तर त्यतिबेला कृषि सामग्री कम्पनी लिमिटेडले सहजीकरण नगरेका कारण मल ल्याउन ढिलाइ भएको पनि बताए। ‘हामी मल ल्याउन तयार थियौं।

तर सरकारका तर्फबाट कुनै सहयोग भएन। उच्च अदालतमा रिट दायर भयो। त्यसपछि ३ महिना कालोसूचीमा पर्‍यो र कालोसूचीबाट हट्यो,’ उनले भने। 

यता कार्की भने सामान भन्सार कार्यालयले जफत गर्नुपर्ने अडान राख्छन्। ‘जफत नभई सामान भित्र्याए। त्यहाँको भन्सार हाकिमले किन मल बुझ्यो। जबकी वीरगन्ज डाइपटमा सातहजार डिएपी मल आउँदा कागजपत्र नभएर लिलाम गरेको छ। भन्सारको नियम सबैलाई एउटै लागू हुन्छ कि फरक–फरक?’ उनी भन्छन्।

तातो पानी नाकाका अधिकृत दयानन्द केसी भने उच्च अदालतबाट यो भन्दा अगाडि विवाद भएको विषयमा प्रक्रिया पुर्यानएर अदालतले पैठारी गर्न पनि आदेश भएको बताउँछन्।

‘विगतको मुद्दा टुंगिसकेको र नयाँ आउने सामान नयाँ सम्झौता अनुसारको आउने हो। यसको भन्सारमा कहिले सम्झौता भएको थियो र कहिले आइपुग्नुपर्ने मल भनेर लेखिएको डकुमेन्ट पेस भएको छैन। उत्पादन मिति ०२३ लेखेर आएको छ। हामीकहाँ डकुमेन्ट आएको छैन। सम्पूर्ण डकुमेन्ट आएपछि भन्सारले जाँचपास गर्छ,’ केसीले भने।
नयाँ मलको कस्तो किसिमको डकुमेन्ट पेस गर्ने भन्नेबारे भन्सार जाँचपासको प्रक्रियामा नआएकाले भन्सारमा सामान आउँदाबित्तिकै डकुमेन्ट आवश्यक नरहेको केसीले बताए।

‘पहिला डकुमेन्ट (एलसी बिबिनी) नभएर भन्सारमा नै रोकिएर बसेको थियो। पछि नेपाल राष्ट्र बैंकले डकुमेन्ट बनाइदिएपछि बाधा अड्काउ फुकेको थियो। नयाँको सम्बन्धमा उहाँहरूले डकुमेन्ट पेस गरेपछि भन्सारले परीक्षण गर्छ सबै डकुमेन्ट छ भने छोड्छ नभए रोक्छ। र आफ्नो प्रक्रियामा अनुसार जान्छ,’ केसीले भने।

भन्सारमाको नियम अनुसार आइसिटीमा छिरिसकेपछि आफूहरूले सामग्री ल्याएको राख्ने स्थान दिने काम रहेको उनले बताए। ‘कसले ल्याउने कसले नल्याउने भन्ने कुरो अनुगमन गर्ने निकाय होला,’ टर्मिनल व्यवस्थापक थापाले भने।

विध ग्रुपका सञ्चालक भण्डारी नियमानुसार र सम्झौताअनुसार आफूहरूले मल ल्याएको बताउँछन्। ‘सम्झौता त एक पटक पो हुन्छ त। कतिपटक सम्झौता गर्ने होर? हामीले उच्च अदालतको आदेश अनुसार मल ल्याएका हौं। प्रक्रिया नपुर्‍याइ त बाहिरी मूलुकबाट ल्याउन मिल्छ र?’ उनले भने।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १४:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्