• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

कालोसूचीबाट हटेका कम्पनीले ३ वर्षपछि मल ल्याउँदा कृषि सामग्रीको आपत्ति

64x64
कल्पना घिमिरे बिहीबार, जेठ ११, २०८०  १४:१६
1140x725

काठमाडौं– कालोसूचीबाट हटेका ४ कम्पनीले ल्याएको मल कृषि सामग्री कम्पनी लिमिटेडले नबुझ्ने भएको छ।

कम्पनीहरूले अनुमति विनै मल ल्याउन थालेको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडले सामान नबुझी उच्च अदालतमा अपिल गर्ने जनाएको छ। विसं २०७९मा ३ वर्षका लागि सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनी कालोसूचीमा परेका थिए।

कृषि सामग्री लिमिटेडका म्यानेजर राजेन्द्र बहादुर कार्कीले कालो सूचीमा परेका कम्पनीले इजाजतविनै मल ल्याएको आरोप लगाए। ‘मल समयमा नल्याएर ४ पटक समयावधि थपिएको थियो। समय थप्दा पनि मल नल्याएपछि यी कम्पनीको सम्झौता रद्द गरेर सार्वजनिक अनुगमन कार्यालयले ३ वर्षका लागि कालोसूचीमा राखेको थियो, ’ कार्कीले भने, ‘कालोसूचीमा राखेपछि कारोबार गर्ने कुरा नै आउँदैन। तर नयाँ सम्झौता गरेर अहिले मल आयात गर्न थाले।’

कृषि सामग्रीले गत पुसमा ती कम्पनीहरूलाई ३ वर्षका लागि कालोसूचीमा राखेको थियो। तर उच्च अदालतले फागुन ११ गते कृषि सामग्रीको कालोसूचीको निर्णयलाई स्थगन गरेको थियो।

अहिले तातोपानी नाकाबाट सिल्क मार्केट कम्पनीले रासायनिक मल आयात गरिरहेको छ। अहिलेसम्म २२ सय टनभन्दा बढी मल आइसकेको भन्सार टर्मिनल व्यवस्थापक अनिरुद्र थापाले जानकारी दिए।

‘ठूलै परिमाणमा मल आउँछ भनेको छ। तर तत्काल ७ हजार १ सय टन मल अटाउँछ। अहिलेसम्म २२ सय टन भन्दा बढी मल आइसकेको छ। आज मात्रै साढे ३ सय टन आयो, ’ थापाले भने। यस्तै अरु कम्पनीले पनि मल भटाभट ल्याइरहेका छन्। 

समयमा मल नल्याएपछि कालोसूचीमा 
०७८ मा चीनबाट रासायनिक मल ल्याउन कृषि सामग्री कम्पनी लिमिटेडले टेन्डर आह्वान गरेको थियो। टेण्डरमार्फत् सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनीले मल ल्याउने ठेक्का पाएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

ती कम्पनीले ०७८ चैत १५ गतेभित्र मल ल्याइसक्नुपर्ने थियो। तर समयमा ल्याएनन्। तोकेको समयमा नल्याइदिएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडले ०७९ मा ठेक्का रद्द गरेको थियो। 

ठेक्का रद्द भएपछि सिल्क सिनोम्याच ग्लोब र म्याटिक्स विध जेभीले उच्च अदालतमा मुद्दा दायर गरेका थिए। उच्च अदालतले कारबाही कार्यान्वयन नगर्न र खरिदकर्ताले ल्याएको मल नेपाल ल्याउने वातावरण बनाउन ०७९ जेठ १९ गते अन्तरिम आदेश जारी गरेको थियो।

कृषि सामग्री लिमिटेड कम्पनीका अनुसार अदालतले अन्तरिम आदेश जारी गरे पनि ती कम्पनीले मल ल्याएनन्। त्यहीबेला देशैभरि मलको हाहाकार भयो। ४ सय ९८ मेट्रिक टन मल ल्याएर झारा टार्ने काम मात्र भयो। त्यसपछि ती कम्पनीले मल ल्याउन बन्द गरे।

मल ल्याउन बन्द गरेपछि कृषि सामग्री कम्पनीले ४ कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्यो। उक्त कार्यालयले ३ वर्षका लागि ४ कम्पनीलाई ०७९ पुसमा कालोसूचीमा राख्यो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, उच्च अदालतले चैत्रमा कालोसूचीबाट हटाएपछि कम्पनीहरूले अहिले मल धमाधम ल्याइरहेका छन्। 

२५ हजार टन मलमध्ये ५ हजार भन्दा बढी टन आइसकेको छ। कार्कीका अनुसार मल ल्याउने सम्झौता भएको बेला युरिया मलको मूल्य प्रतिमेट्रिक टन एक लाख २५ हजार नजिक थियो। अहिले प्रतिमेट्रिक टन ५५ हजार रुपैयाँ नजिक छ। कम्पनीले पुरानै सम्झौता अनुसार मल ल्याएर सरकारलाई बुझाउने तयारी गरिरहेका छन्। 

कृषि सामग्री र कम्पनीहरूको टसल
कृषि सामग्री लिमिटेड र टेण्डर पाएका ४ कम्पनीबीच सुरुदेखि नै टसल परेको देखिन्छ। कार्की भन्सार ऐन अन्तर्गत बिना इजाजत सामान आएमा भन्सारले राष्ट्र बैंकको निर्देशन अनुसार सो सामान जफत गर्नुपर्नेमा नगरेको बताउँछन्। त्यसकारण फूहरू सर्वोच्चमा अपिल गर्न जाने उनी बताउँछन्।

कम्पनीहरू भने त्यतिबेलै कृषि सामग्री केन्द्रले सहजीकरण नगरेर मल समयमा ल्याउन नसकेको बताउँछन्। विध ग्रुपका सञ्चालक भीमकान्त भण्डारीले आफूहरूले टेन्डर पाउनेबित्तिकै चिनियाँ कम्पनीसँग सम्झौता गरी त्यहीबेला सम्पूर्ण भुक्तानी गरिसकेको बताए।

तर त्यतिबेला कृषि सामग्री कम्पनी लिमिटेडले सहजीकरण नगरेका कारण मल ल्याउन ढिलाइ भएको पनि बताए। ‘हामी मल ल्याउन तयार थियौं।

तर सरकारका तर्फबाट कुनै सहयोग भएन। उच्च अदालतमा रिट दायर भयो। त्यसपछि ३ महिना कालोसूचीमा पर्‍यो र कालोसूचीबाट हट्यो,’ उनले भने। 

यता कार्की भने सामान भन्सार कार्यालयले जफत गर्नुपर्ने अडान राख्छन्। ‘जफत नभई सामान भित्र्याए। त्यहाँको भन्सार हाकिमले किन मल बुझ्यो। जबकी वीरगन्ज डाइपटमा सातहजार डिएपी मल आउँदा कागजपत्र नभएर लिलाम गरेको छ। भन्सारको नियम सबैलाई एउटै लागू हुन्छ कि फरक–फरक?’ उनी भन्छन्।

तातो पानी नाकाका अधिकृत दयानन्द केसी भने उच्च अदालतबाट यो भन्दा अगाडि विवाद भएको विषयमा प्रक्रिया पुर्यानएर अदालतले पैठारी गर्न पनि आदेश भएको बताउँछन्।

‘विगतको मुद्दा टुंगिसकेको र नयाँ आउने सामान नयाँ सम्झौता अनुसारको आउने हो। यसको भन्सारमा कहिले सम्झौता भएको थियो र कहिले आइपुग्नुपर्ने मल भनेर लेखिएको डकुमेन्ट पेस भएको छैन। उत्पादन मिति ०२३ लेखेर आएको छ। हामीकहाँ डकुमेन्ट आएको छैन। सम्पूर्ण डकुमेन्ट आएपछि भन्सारले जाँचपास गर्छ,’ केसीले भने।
नयाँ मलको कस्तो किसिमको डकुमेन्ट पेस गर्ने भन्नेबारे भन्सार जाँचपासको प्रक्रियामा नआएकाले भन्सारमा सामान आउँदाबित्तिकै डकुमेन्ट आवश्यक नरहेको केसीले बताए।

‘पहिला डकुमेन्ट (एलसी बिबिनी) नभएर भन्सारमा नै रोकिएर बसेको थियो। पछि नेपाल राष्ट्र बैंकले डकुमेन्ट बनाइदिएपछि बाधा अड्काउ फुकेको थियो। नयाँको सम्बन्धमा उहाँहरूले डकुमेन्ट पेस गरेपछि भन्सारले परीक्षण गर्छ सबै डकुमेन्ट छ भने छोड्छ नभए रोक्छ। र आफ्नो प्रक्रियामा अनुसार जान्छ,’ केसीले भने।

भन्सारमाको नियम अनुसार आइसिटीमा छिरिसकेपछि आफूहरूले सामग्री ल्याएको राख्ने स्थान दिने काम रहेको उनले बताए। ‘कसले ल्याउने कसले नल्याउने भन्ने कुरो अनुगमन गर्ने निकाय होला,’ टर्मिनल व्यवस्थापक थापाले भने।

विध ग्रुपका सञ्चालक भण्डारी नियमानुसार र सम्झौताअनुसार आफूहरूले मल ल्याएको बताउँछन्। ‘सम्झौता त एक पटक पो हुन्छ त। कतिपटक सम्झौता गर्ने होर? हामीले उच्च अदालतको आदेश अनुसार मल ल्याएका हौं। प्रक्रिया नपुर्‍याइ त बाहिरी मूलुकबाट ल्याउन मिल्छ र?’ उनले भने।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १४:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्