• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

८ वर्षदेखि अनुदान नपाएका उखु किसान धर्नामा, उद्योग मन्त्री भन्छन्- भर्खर थाहा पाएँ

64x64
कल्पना घिमिरे शुक्रबार, जेठ ५, २०८०  २०:२४
1140x725
तस्बिर: निमेषजंग राई

काठमाडौं– सरकारले आव ०७१/०७२ मा दिने भनिएको उखुको अनुदान रकम कपिलवस्तुका किसानले ८ वर्षसम्म पनि पाएनन्। रकम नपाएकाेबारे गुनासो राख्दा कृषि मन्त्रालयले भन्यो, ‘सम्बन्धित मिललाई दिइसकेका छौँ।’

यसबीचमा उनीहरूले थुप्रै पटक सरकार गुहारे, काठमाडौं आएर निकै दिन सडकमा धर्ना बसे। तर उनीहरूको माग अहिलेसम्म सम्बोधन भएको छैन। यसपटक पनि कपिलवस्तुका उखु किसानहरू काठमाडौं आइपुगेका छन्। ३१ जनाको टोली ४ दिनदेखि माइतीघरको टन्टलापुर घाममा धर्नारत छ। 

343269352_233769162599624_8938507427424672054_n copy1684501354.jpg

तर, यसबारे सरकार बेखबर छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई नेपाल लाइभले शुक्रबार दिउँसो फोनमार्फत सोध्यो, ‘किसानहरू ४ दिनदेखि धर्नामा छन्। यही समस्या लिएर पटकपटक उनीहरू धर्नामा बसिसके। अब माग कहिले सम्बोधन हुन्छ?’ 

मन्त्री रिजालले किसानहरू धर्नाबारे जानकारी नभएको जवाफ दिए। ‘चार दिनसम्म धर्नामा बसेको कुराको अपडेट अहिलेसम्म तपाईंको मन्त्रालयमा पुगेन?’ 

जवाफमा उनले भर्खरै मात्र कृषि मन्त्रीमार्फत यो कुरा थाहा पाएको बताए। ‘मसँग उहाँहरू सम्पर्कमा हुनुहुन्न।१ घण्टाअघि कृषि मन्त्री (वेदुराम भुषाल) ज्यूले कुरा गर्नुभयो। मैले थाहा छैन भनेँ। अब आज शुक्रबार भयो। भोलि शनिबार। के रहेछ आइतबार गएर बुझ्छु,’ मन्त्री रिजालले भने।

345070882_164765309896902_4562230124428954477_n copy1684501390.jpg

८ वर्षदेखि आन्दोलित किसानको यो समस्याबारे मन्त्री बेखबर छन्। यसबारे बुझेर मात्र प्रक्रिया अगाडि बढाउने उनी बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

कपिलवस्तु उखु किसान संघर्ष समितिका अध्यक्ष अनुप चौधरी भने मन्त्रालयहरूले उल्टै आफूहरूलाई हैरानी दिएको बताउँछन्। ‘हामी कृषिमा जाँदा उद्योगमा जानू भन्यो, उद्योगमा जाँदा कृषिमा। अब हामी कहाँ जाने? अन्यायमा पर्‍यौँ,' उनले भने। 

धर्नामा आएका किसानहरू भने अनुदान रकम प्राप्त नगरी घर नफर्कने अडानमा छन्। ‘हामी उखुको अनुदान रकम नपाएसम्म घर जाँदैनौँ। सरकारले जुन दिन दिन्छ, त्यही दिन फर्किन्छौँ,’ उखु किसान रामचन्द्र विश्वकर्माले भने। 

किन आए काठमाडौं?  
रामचन्द्रले करिब ६ सय क्वीन्टल उखु बिक्री गर्थे। विसं २०७१/७२मा सरकारले उखु किसानलाई प्रतिक्वीन्टल २५ रुपैयाँका दरले अनुदान दिने घोषणा गर्‍यो। उनी ६ सय क्वीन्टलको अनुदान पाउनेमा ढुक्क थिए। 

सबै जिल्लाका किसानले अनुदान पाए। तर कपिलवस्तुका कुनै किसानले अनुदान नपाएको रामचन्द्रको गुनासो छ। 
कपिलवस्तुका उदयराज चौधरी ०७७ सालमा तत्कालीन उद्योगमन्त्री लेखराज भट्टले माग सम्बोधन गर्ने आश्वासन दिएको सम्झन्छन्। ‘४ महिनामा अनुदान वापत्को रकम मिलाइदिन्छु भनेका थिए। भनेको भोलिपल्टै संसद विघटा भयो,’ उनी भन्छन्। 

340110568_920199639036484_4131959875246987498_n copy1684501388.jpg

उदयराजले वार्षिक २ हजार क्वीन्टल उखु विक्री गरेका थिए। प्रतिक्वीन्टल २५ रुपैयाँका दरले पाउनुपर्ने अनुदान रकम अहिलेसम्म नपाएको उनको गुनासो छ। 

कपिलवस्तुकै त्रिवेणी प्रसाद गुप्ताले पनि २ सय ५० क्वीन्टल उखुको अनुदान पाउनुपथ्र्यो। पटक–पटक ताकेता गर्दा पनि पाउन नसकेको उनको दुखेसो छ। माइतीघरमा धर्नारत गोविन्दप्रसाद कुर्मीले पनि ५ सय क्वीन्टलको अनुदान पाउन बाँकी छ। 

उनीहरूजस्तै १० हजार किसानले अनुदान रकम पाउन सकेका छैनन्।

०७२ मै उनीहरू काठमाडौं आएर कृषि, उद्योग र अर्थमन्त्रालयमा बुझे। अर्थ मन्त्रालयले उनीहरूलाई सम्बन्धित मिललाई दिइएको भनी पठाएको थियो। उनीहरूले उखु दिने पूर्व सांसद समेत रहेका मिल सञ्चालक विरेन्द्र कुमार कनोडियाले अनुदानको रकम आफूले नपाएको भन्दै विज्ञप्ति निकाले। 

०७७ सालमा पनि किसानहरू काठमाडौं आएका थिए। १७ दिन धर्ना दिएपछि उनीहरूलाई सरकारले माग सम्बोधन गर्ने भन्दै फर्कायो। त्यसयता पटक–पटक सरकारलाई आग्रह गर्दा पनि अनुदान रकम नपाएको पीडाले यसपटक पनि उनीहरू काठमाडौं आए। 

किसानहरू उक्त मिल महालक्ष्मी सुगर्स प्राइभेट लिमिटेडका सञ्चालक कनोडियासँग आक्रोशित छन्। 

मिलले ०६९ देखि ०७४ सम्म उखु लिएर किसानको साढे १० करोड रुपैयाँ भुक्तानी दिएको छैन। आर्थिक वर्ष ०७१/०७२ मा सरकारले चिनी उद्योगमार्फत् दिएको अढाइ करोड रुपैयाँ अनुदान समेत गरी १२ करोड भन्दा बढी रकम उखु किसानलाई नदिएको कपिलवस्तु किसान संघ तथा उखु किसान संघर्ष समितिका अध्यक्ष अनुप चौधरी बताउँछन्। 

343543325_976591083758091_9045291559259091757_n copy1684501388.jpg

‘०७१/७२ मा सरकारले उखु किसानलाई प्रतिक्वीन्टल २५ रुपैयाँ अनुदान दिएको थियो। त्यतिबेला सबै जिल्लाका किसानले अनुदान वापतको रकम पाए। हामी कृषि मन्त्रालय उद्योग मन्त्रालय सबै मन्त्रालयमा पुग्यौँ तर पाएनौँ। अर्थमन्त्रालयले सम्बन्धित उद्योगलाई दिइसकेको भनेर हामीलाई एउटा पत्र दियो। तर यता उद्योगले पनि आफूले लिएको छैन भनेर विज्ञप्ति निकालेको थियो। किसानलाई सरकारले दिएकोे अढाइ करोड रुपैयाँ कसले लग्यो त?’ उनले भने।

न उद्योगलाई थाहा छ, न कृषि मन्त्रालयलाई
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेललाई पनि हामीले सम्पर्क गर्यौँ। उनले किसानहरूले अनुदान नपाएको बारे आफूहरू बेखबर भएको बताए। ‘यो कुरा हामीलाई थाहै छैन।  हामीले यहाँबाट अनुदान वापतको रकम उखु किसानलाई उतिबेलै दिइसकेका हुन्छौँ। प्रत्येक वर्षको उखुको अनुदान समग्रमा पठाउँछौँ। कुन किसानले पायो, कुनले पाएन भनेर थाहा हुँदैन,’ उनले भने।

‘सम्बन्धित मिललाई मन्त्रालयलाई पठाएको भनिएको रकमबारे मन्त्रालयले अनुगमन गरेन?’ भन्ने प्रश्नमा प्रवक्ता  सञ्जेलले भने, ‘यो मिलले नदिएको कुराबारे अनुगमन गर्ने संयन्त्रहरू छन्। जिल्ला विकास समिति कार्यालय, जिल्ला प्रशासन कार्यलयले यसबारे हेर्नुपर्ने हो। हामीले उताबाट पठाएको विवरण मन्त्रालयमा राख्छौँ।’

उखु किसानले अनुदान नपाएको गुनासो मन्त्रालयमा आइ नपुगेको उनले बताए। ‘त्यो गुनासो मन्त्रालयमा आउनुपर्यो। आएपछि मात्र अनुगमनमा पठाउँछौं,’ उनले भने।

किसानका यस समस्याबारे कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले के गर्यो त? सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाई सम्पर्क गर्दा आफू बाहिर भएकाले आइतबार कार्यालयमा पुगेपछि मात्र भन्न सकिने बताए। ‘किसानहरू आइरहनुहुन्छ। यसबारे के भइरहेको छ, डकुमेन्ट हेरेर भन्नुपर्छ। अहिले बाहिर छु, बुझेर आइतबार भन्छु,’ उनले भने। 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  २०:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। आइतबार, भदौ ७, २०८३
ताजा समाचारसबै
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
चार संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज ६, २०८३
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्