• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

यो वर्ष मल अभावको समस्या हट्ला त?

64x64
कल्पना घिमिरे बुधबार, जेठ ३, २०८०  १६:२२
1140x725

काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले बिहीबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै यसवर्ष रासायनिक मल अभावको समस्या नहुने बताए।

उनले कृषकको लागि आवश्यक रासायनिक मल खरिदको लागि मन्त्रालयले खरिद सम्झौता गरिसकेको भन्दै अर्को वर्षमा दायित्व सिर्जना हुनेगरी मन्त्रालयको २ अर्ब ४० करोड र अर्थ मन्त्रालयको २ अर्ब ६० करोड गरी ५ अर्ब ७० करोडको मल खरिद गर्न लागेको जानकारी दिए। 

साथै उनले यो वर्ष अहिलेसम्मकै धेरै ४ लाख ७२ हजार मेट्रिक टन रासायनिक मल खरिदको टेण्डर निकालिएको बताए। अब खरिद सम्झौता हुन ५५ हजार मेट्रिक टन रहेको उनको भनाइ थियो। हालसम्म आयात भएको रासायनिक मल २ लाख ७७ हजार ५०० मेट्रिक टन रहेको र आयात हुने प्रक्रियामा १ लाख ४६ हजार मेट्रिक टन रहेको उनले जानकारी दिए।

सचिव शर्माले  जेठ १५ को बजेटमा स्रोत सुनिश्चिता हुनेगरी १५ अर्बको २ लाख २ हजार मेट्रिक टन रासायनिक मल खरिदका लागि टेण्डर भइसकेको बताए। यस्तै मन्त्रालयले मंसिरसम्म रासायनिक मल अभाव नहुने गरी व्यवस्थापन गरेको र सरकारले रासायनिक मल ल्याउनको लागि सरकारले जिटुजी सम्झौता गरिरहेको जानकारी पनि दिए। उनले अहिले रासायनिक मलको मौज्दात कृषि सामग्री कम्पनीसँग ४३ हजार ६७७ र साल्ट ट्रेनिङमा १६ हजार ५८२ मेट्रिक टन रहेको बताए।

जीटुजीबाट १८ प्रतिशत मात्रै आयो
ग्लोबल टेन्डरबाट रासायनिक मल किन्दा हरेक वर्ष मल अभाव हुँदै आएको छ। मुख्यबाली धान रोप्नेबेला त किसानले समयमा कहिल्यै मल पाउँदैनन्। यो सिजनमा मल अभाव हुन नदिन सरकारले भारतबाट जीटुजी व्यवस्थामार्फत् मल ल्याउन २०७८ फागुन १६ मा समझदारीपत्रमा हस्ताक्षर (एमओयू) समेत गरेको थियो। जीटुजीमार्फत् ५ वर्षका लागि आयात गर्न कृषि सचिव गोविन्द शर्मा र भारतका तर्फबाट रसायन तथा मलखाद मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदीले समझदारीपत्रमा हस्तक्षर गरेका थिए। त्यसपछि ५ महिनाभित्रै मल ल्याउने सम्झौता भएको थियो।

जीटुजीको मल ल्याउन कृषि सामग्री कम्पनी लिमिटेड र भारत सरकारको राष्ट्रिय केमिकल्स एन्ड फर्टिलाइजर्सबीच सम्झौता भए पनि सरकारले उक्त समयमा मल ल्याउन सकेन। फेरि २०७९ साउन १  गते जीटुजीबाट मल ल्याउने सम्झौता भयो। दोस्रो वर्षलाई आधार मानेर पहिलो लटको मल पुस २ देखि भित्रिन थाल्यो। जम्मा ३० हजार ५ सय ९३.३ मेट्रिक टन मल भित्रियो, त्यसपछि रोकियो। यो सम्झौता अनुसार १८ प्रतिशत मल मात्रै  भित्रिएको हो।

पहिलो वर्ष (सन् २०२१/२२) मा १ लाख ५० हजार मेट्रिक टन मल आयात गर्ने सहमति थियो। यसमध्ये १ लाख मेट्रिक टन युरिया र ५० हजार मेट्रिक टन डीएपी ल्याइने जनाएको थियो। दोस्रो वर्षमा (२०२२/२३) मा १ लाख ७० हजार मेट्रिक टन ल्याउने सम्झौता थियो। यसमध्ये १ लाख १० हजार मेट्रिक टन युरिया र ६० हजार मेट्रिक टन डीएपी ल्याउने बताइएको थियो। 

तर, ३० हजार ५ सय ९३.३ मेट्रिक टन युरिया मात्र आयो। सन् २०२३/२४ मा १ लाख ९५ हजार मेट्रिक टन आयात गर्ने सम्झौता छ। यसमध्ये १ लाख १५ हजार मेट्रिक टन युरिया र ८० हजार मेट्रिक टन डीएपी ल्याउने कृषि मन्त्रालयले जनाएको छ। सन् २०२४/२५ मा २ लाख १० हजार मेट्रिक टन ल्याउने सम्झौता भएको छ। यसमध्ये १ लाख २० हजार मेट्रिक टन युरिया र ९० हजार मेट्रिक टन डीएपी ल्याउने भनिएको छ।

Ncell 2
Ncell 2

सन् २०२५र२६ मा २ लाख १० हजार मेट्रिक टन ल्याउने सम्झौता भएको छ। उक्त परिमाणमध्ये १ लाख २० हजार मेट्रिक टन युरिया र ९० हजार मेट्रिक टन डीएपी ल्याउने भनिएको छ। यता मन्त्रालयले सम्झौताअनुसार अग्रिम भुक्तानी गर्नुपर्ने व्यवस्था भएको र स्रोत सहमति दायित्व सिर्जना भइसकेपछि निकासा हुने गरी भएकाले दोस्रो लटको जीटुजीमार्फत् मल खरिद प्रक्रियामा तत्काल जान नसकिएको जनाएको छ। स्रोतको सहजता हुनेबित्तिकै दुवै देशबीचको सम्झौताअनुरूप जाने गरी वैकल्पिक तयारी समानान्तर रूपमा भइरहेको मन्त्रालयको भनाइ छ।

‘२०७९/८० का लागि विनियोजित बजेट १५ अर्ब ६ लाख रकम गत आर्थिक वर्षमा खरिद प्रक्रियामा गएको जीटुजीअन्तर्गत पहिलो लटमा खरिद भएको मलको भुक्तानीमा खर्च भएको २ अर्ब २५ करोड स्रोत फुकुवा हुन नसकेकाले अझै निकासा हुन सकेन,’ मन्त्रालयले वैशाखको पहिलो सातामा जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘अर्थ मन्त्रालयबाट दायित्व सिर्जना भएपछि मात्र रकम निकासा हुने गरी स्रोत सुनिश्चितता भएको, जीटुजी खरिदमा अग्रिम भुक्तानीको प्रावधान भएको र कृषि सामग्री कम्पनी लिमिटेडले असारभित्र ल्याउन नसकिने व्यहोरा अनुरोध गरेको छ।’

धान बाली लगाउने सिजनमा मल अभाव हुन नदिन साल्ट ट्रेडिङलाई थप खरिदको लागि मन्त्रालयले निर्देशन दिएको छ। ‘उपयुक्त विकल्प नभएकाले एक पटकका लागि कृषि कम्पनीको कोटामा २० हजार टन युरिया र २० हजार टन डीएपी असार मसान्तभित्र आपूर्ति हुने गरी खरिद गर्न निर्देशन दिएका छौं,’ विज्ञप्तिमा भनिएको छ।

आगामी वर्ष मललाई ३० अर्ब
आगामी वर्ष रासायनिक मलको लागि ३० अर्ब मलको लागि बजेट सिलिङ छुट्याइएको छ। अघिल्लो आर्थिक वर्षको सुरुमा १५ अर्ब छुट्याइएको थियो भने पछि स्रोतस्तरीय थप गरिएको थियो। वर्षेनि रासायनिक मलको माग बढ्दै जाने भएकाले बढी बजेट उक्त शीर्षकमा आवश्यक पर्ने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताउँछन्।

‘आउने आर्थिक वर्षमा सुरुमै ३० अर्ब छुट्याइने हुँदा ठूलो हिस्सा करिब ५२ अर्बको ३० अर्ब रासायनिक मलमा जान्छ,’ प्रवक्ता सञ्जेलले भने। मललाई ठूलो हिस्सा बजेट छुट्याएको हुँदा आगामी वर्षमा मल अभाव नहुने प्रवक्ता सञ्जेलको भनाइ छ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १६:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्