काठमाडौं– गत असोज २० गते धौलागिरि हिमालमा भएको भारी हिमपातमा परी बेपत्ता भएका माउन्टेन गाईड रामबहादुर तामाङको शव काठमाडौं ल्याइएको छ।
उनको शव शनिबार बेसक्याम्पबाट नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको हो। मृतक तामाङ गत असोज ५ गते धौलागिरि हिमाल आरोहणका लागि कोरियाली नागरिकको टोलीलाई लिएर जाने क्रममा असोज २० गते भएको भारी हिमपातमा बेपत्ता भएका थिए।
त्यसबेलादेखि नै उनको उद्धारका लागि विभिन्न प्रयासहरु गरिँदै आइएकोमा प्रतिकूल मौषमका कारण कठिनाइ भइरहेको थियो।
पछिल्लोपटक नेपाली सेनाको सहयोगमा शेर्पा आरोहीहरु सम्मिलित टोलीले वैशाख २८ र २९ गते खोज्ने क्रममा करिब ५ हजार मिटरको उचाइमा रहेको उनको शवलाई बेसक्याम्पमा ल्याइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।