काठमाडौं– संखुवासभामा सिम्रिक एयरको दुर्घटना भएको स्थानबाट १ जनाको उद्धार भएको छ। जिल्लाको भोटखोला गाउँपालिका–४ सिप्रुङमा हेलिकोप्टर दुर्घटना भएको हो।
भोटखोला गाउँपालिकाकी उपाध्यक्ष सहना लामाले दुर्घटनास्थलबाट १ जनाको उद्धार भएको जानकारी दिइन्। ‘दुर्घटनास्थलबाट १ जनाको उद्धार भएको छ। उद्धार हुनेमा पाइलट हुन् भन्ने छ,’ उपाध्यक्ष लामाले भनिन्।
हेलिकोप्टर दुर्घटनास्थलमा नेपाली सेनाको टोली पुगेको र उद्दार चलिरहेको लामाले जानकारी दिएन्।
माथिल्लो अरुण हाइड्रोपावरको सामान बोक्न प्रयोग भएको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त हेलिकोप्टर तुम्लिङटार विमानस्थलसँग बिहानैदेखि सम्पर्कमा थिएन। हेलिकोप्टर सम्पर्कविहीन भएपछि खोजी थालिएकोमा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।