काठमाडौं– संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना भएको छ। माथिल्लो अरुण हाइड्रोपावरको सामान बोकेको हेलिकोप्टर भोटखोला गाउँपालिका–४ सिप्रिङमा दुर्घटनामा परेको हो।
गाउँपालिका अध्यक्ष वाङ छेदर लामाले हेलिकोप्टर दुर्घटना भएको जानकारी दिएका छन्। हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना परेको जनाइएको छ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले भने विस्तृत विवरण आउन बाँकी रहेको बताए। प्रजिअ कार्कीका अनुसार हेलिकोप्टर दुर्घटना भएको भनिएको स्थानतर्फ प्रहरी टोली खटाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त हेलिकोप्टर तुम्लिङटार विमानस्थलसँग बिहानैदेखि सम्पर्कमा थिएन। हेलिकोप्टर सम्पर्कविहीन भएपछि खोजी गरिएकोमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।