काठमाडौं– नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स र एभरेष्ट बैंकबीच एसएमएल इसुजुका स्कुल बस, रुटबस, ट्रक, टिप्पर लगायतमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट डिपुटी जेनरल मेनेजर गौरब कुमारले तथा लक्ष्मी कमर्शियल भेहिकल्सका तर्फबाट सेल्स एण्ड अपरेशन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गरेका हुन्।
यो सम्झौता अनुसार एसएमल इसुजुका ग्राहकहरूले वैशाख १३ गतेदेखि नै ऋण सुविधा लिन सक्ने बताइएको छ।
एभरेष्ट बैंकसँग भएको सम्झौता अनुसार लक्ष्मी कमर्शियल भेहिकल्सले नेपालमा आयात गरेर बिक्री वितरण गर्ने एसएमएल इसुजुका स्कुल बस, रुटबस, ट्रक, टिप्पर आदिमा बैंकका नेपाल भर रहेका आफ्ना १२४ शाखा कार्यालयमार्फत् गाडीको मूल्यको ७० प्रतिशतसम्म कर्जा लगानी गर्नेछ।
साथै, यस्तो कर्जा बढीमा ७ वर्षसम्मको लागि उपलब्ध हुनेछ। साथै, सर्भिस चार्ज र ब्याज दरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने लक्ष्मी कमर्शियलका बिजेनेश हेड सञ्जय खड्काले जानकारी दिए।
यो सम्झौतापछि दुई संस्थाबीचको ब्यापार बढाउन सहयोगी हुने र भविष्यमा पनि सहकार्य गर्दै अगाडि बढ्ने विचार बैंकका डिपुटी जेनेरल मेनेजर गौरब कुमारले ब्यक्त गरे।
लक्ष्मी कमर्शियल भेहिकल्सका सबै शाखा कार्यालयहरू, डिलरहरूबाट एभरेष्ट बैंकसँग भएको सम्झौता अनुसार एसएमएल इसुजुका गाडी खरिद गर्ने ग्राहकहरूलाई आवश्यक ऋण लिने प्रकृयामा सहजीकरण गरिने लक्ष्मी कमर्शियलका नेटवर्क हेड इश्वर दहालले जानकारी दिए।
लक्ष्मी ग्रुप हुण्डाइका प्यासेन्जर कारहरू, बिएमडब्लुका कारहरूको नेपालको एक मात्र आधिकारिक बिक्रेता हो। लक्ष्मी ग्रुप नै हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरू र एसएमएल इसुजुका कमर्शियल गाडीहरूको आधिकारिक वितरक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।