काठमाडौं– उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले आयोजना हुन लागेको सातौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीमा ७० प्रतिशत बुकिङ भइसकेको छ।
प्रदर्शनी आगामी बैशाख २२ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुँदैछ। प्रदर्शनीमा स्टल राख्न इच्छुक उद्योगीहरुले बैशाख १७ गतेसम्म बुकिङ गर्न सक्नेछन्।
चितवनका उद्योगीहरुको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको आयोजना, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघलगायतको प्रवद्र्धन तथा सहयोग बैशाख २२, २३ र २४ गते प्रदर्शनी आयोजना हुन लागेको हो।
आधुनिक सुविधा सम्पत्र चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुने प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादन र सेवा प्रदर्शनी हुनेछ।
यी उद्योगहरुलाई उपयोगी हुने आधुनिक मेशिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनीसहित राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरु रहने छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।