काठमाडौं- ललितपुर, जावलाखेलस्थित सेन्ट जेभियर्स विद्यालयले भर्नाका लागि गोलाप्रथाद्वारा विद्यार्थीहरु छनोट गरेको छ। बुधबार सेन्ट जेभियर्स विद्यालयले गोलाप्रथाद्वारा कक्षा १ मा भर्ना हुने विद्यार्थी छनोट गरेको हो।
कुल आवेदनकर्ता ७ हजार ६१९ जना मध्ये १७० जना छनोट भएको विद्यालयले जनाएको छ। छनोटमा परेका विद्यार्थीहरुले यही वैशाख १५ गते दिनको ३ बजेको अवधिभित्र भर्ना भइसक्न विद्यालयले सूचित गरेको छ।
यदि उक्त दिनभित्र भर्ना नभएका विद्यार्थीहरु भर्ना हुन नआएको खण्डमा वेइटिङ लिस्टमा रहेका विद्यार्थीहरुले भर्ना गर्न पाउने भएका छन्। वेइटिङ लिस्टमा छात्र ६ जना र छात्रा ४ जना रहेको सूचीसमेत प्रकाशन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।