काठमाडौं- ललितपुरको जावलखेलस्थित सेन्ट जेभियर्स स्कुलले कक्षा १ का लागि भर्ना छनोट गर्दैछ। उक्त विद्यालयले बुधबार आवेदन दिएका विद्यार्थीहरुमार्फत गोलाप्रथाबाट विद्यार्थीहरु छनोट गर्न लागेको हो।
गत चैत ४, ५, ६, र वैशाख ९ गते यस विद्यालयले शैक्षिक सत्र २०८० कक्षा १ मा नयाँ भर्नाको लागि लिइएको अन्तर्क्रियामार्फत छनोट भएका विद्यार्थीहरूको नाम दोस्रो लिष्टमा परेका विद्यार्थीहरुलाई छनोट गरिनेछ।
ती विद्यार्थीहरूको अन्तिम नामावली छनोट गोला प्रथाको माध्यमबाट बुधबार बिहान ११:३० बजे न्युज २४ मार्फत प्रत्यक्ष प्रसारण गरी सार्वजनिक गरिएको विद्यालयले जनाएको छ।
१७५ सिटका लागि अन्तर्क्रियामा छनोट भएका ७ हजार ६१९ जना विद्यार्थीहरु गोलाप्रथामा सहभागी भएका छन्। विद्यार्थीको अन्तिम नामावली र साँझ ४ बजे विद्यालयको वेबसाइटमार्फत सार्वजनिक गरिने विद्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।