काठमाडौं– सनराइज बैंक र भारतस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालबीच सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरूको उपचारको क्रममा अपोलो अस्पताल भारतबाट प्राप्त हुने विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
साथै अपोलो अस्पतालअन्तर्गत भारतभरि रहेका ७३ वटै अस्पतालमा यो विशेष छुट प्राप्त गर्न सक्नेछन्। यस योजनाले सनराइज बैंकका सम्पूर्ण ग्राहकवर्गलाई लाभान्वित बनाउने आशा लिएको छ भविष्यमा थप सेवा सुविधा ग्राहकमाझ ल्याउने बैंकले बताएको छ।
सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रविनकुमार नेपाल र हस्पिटलका तर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।