काठमाडौं- के.एल. दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मह नेपाली बजारमा ल्याएको छ। स्थानीय रुपमा उपलब्ध विभिन्न बहुमूल्य वनस्पतिहरुमा चरन गरेका मौरीहरुबाट यस महको उत्पादन गरिएको कम्पनीले जनाएको छ।
साथै स्थानीय किसानहरुद्वारा स्थानीय रुपमै उत्पादित सामानहरुको प्रवर्द्धन गर्ने उद्देश्यले यस महको उत्पादन सुरु गरिएको पनि कम्पनीले जानकारी दिएको छ।
खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको परिक्षण गरि उपभोगको लागि उत्कृष्ट रहेको ठहराएका छन्। ज्ञान मह को गुणस्तर यस्को प्राकृतिक र मिठो बास्नाबाट पनि आकलन गर्न सकिने कुरा जनाइएको छ।
मह प्राचीन कालदेखि मानव जातिमा परिचय गराइएको सबैभन्दा मूल्यवान प्राकृतिक उत्पादनहरू मध्ये एक हो। मह एक पौष्टिक उत्पादनको रूपमा मात्र नभई परम्परागत चिकित्सामा वर्णन गरिएको र घाउ निको पार्ने लगायत अन्य क्लिनिकल अवस्थाहरूको वैकल्पिक उपचारको रूपमा पनि प्रयोग गरिन्छ।
मह भिटामिन र अन्य पोषक तत्वहरूले भरिपूर्ण रहेको छ। उपवासको समयमा बढी उपभोग हुने मह दैनिक स्वस्थ पौष्टिक खाजाहरुमा मिसाएर पनि उपभोग गर्न सकिन्छ।
ज्ञान मह मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा २५० ग्राम, ५०० ग्राम र १ के। जि प्याकमा उपलब्ध छ। के.एल. दुगड समूहले लोकप्रिय ब्राण्ड ज्ञानका ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता लोकप्रिय उत्पादनहरु पनि लामो समयदेखि नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।