काठमाडौं- सोमबार फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको जानकारी दिने उक्त विमान कम्पनीका दुई जनालाई एअरपोर्ट प्रवेशमा रोक लगाइएको छ।
काठमाडौंबाट दुबईका लागि उडेको जहाजमा एक्कासी आगो देखिएको थियो। फ्लाइ दुबईको एफडीजेड ५७६ (बी ७३७-८००)को काठमाडौं-दुबई उडानमा चरा ठोक्किएको जानकारी उक्त कम्पनीले दिएको थियो।
प्रमाणित नभएको भन्दै नागरिक उड्डयन प्राधिकरणले भ्रमपूर्ण समाचार फैलाएको जनाएको छ।
उक्त विमान कम्पनीका कन्ट्री र एअरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ भने एअरपोर्ट पाससमेत निष्क्रिय पारिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।