काठमाडौं– त्रिभुवन विमानस्थल काठमाडौंबाट उडेको फ्लाई दुबईको बोइङ ७२७–८ केएन विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ।
काठमाडौंबाट राती ९ बजेर २१ मिनेटमा उडेको जहाजमा उडेको ३० सकेन्डमै बायाँतर्फको इन्जिनमा आगलागी भएको थियो।
त्यसपछि आकाशमै फन्को मारिरहेको विमान धादिङको धार्केमाथि १० मिनेट होल्ड गरिएको थियो। आकस्मिक अवतरणका लागि विमानस्थल तयारी अवस्थामा रहे पनि पाइलटले विमानको इन्जिन सामान्य अवस्थामा आएको खबर गरेर नियमित उडानको अनुमति मागेको थिए।
फ्लाई दुबईले भने चरा ठोक्किएको दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।