काठमाडौं– सोमबार राति त्रिभुवन विमानस्थलबाट उड्नेबित्तिकै एउटा इन्जिनमा आगलागी भएको फ्लाई दुबईको एफजेट–५७६ जहाजमा चरा ठोक्किएको दुबईले दाबी गरेको छ।
दुबई सरकारको मिडिया अफिसले इन्जिनमा आएको खराबीबारे उल्लेख नगरी चरा ठोक्किएको दाबी गरेको हो।
१६७ जना यात्रु लिएर ९ बजेर २१ मिनेटमा उडेको जहाजको इन्जिनमा केही समयमा नै समस्या आएको थियो। चट्याङ परेजस्तै आवाज आएको र त्यसपछि एउटा इन्जिनमा आगलागी भएको थियो।
तर जहाजको इन्जिनमा लागेको आगो निभेपछि पाइलटले गन्तव्यतिरै उडान नियमित राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।