काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै बाँयातर्फको इन्जिनमा आगलागी भएको फ्लाई दुबईको जहाज सुरक्षित दुबईतर्फ लागेको छ।
इन्दिरा गान्धी एअरपोर्ट नयाँ दिल्लीमा अवतरण गर्ने भनिए पनि जहाजको अवस्था सामान्य भएकाले दुबईतिर लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
यतिबेला जहाज भारतको नयाँ दिल्ली क्रस भइसकेको छ। उड्नासाथ जहाजको बायाँ इन्जिनमा समस्या आएको थियो। पाइलटले धादिङको धार्के पुगेपछि जहाजको इन्जिनमा आगलागी भएको जानकारी दिएका थिए। पाँच मिनेटजति जहाज त्यहिँ होल्ड गरिएको थियो।
तर पछि इन्जिनमा लागेको आगो निभेको र दुवै इन्जिनले काम गरिरहेको जानकारी दिएर गन्तव्यतिर लागेको पाइलटले एअर ट्राफिक कन्ट्रोलरलाई जानकारी दिएका थिए। अहिले जहाज ३४ हजार फिटको उचाईमा उडिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।