काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै बायां तर्फको इन्जिनमा आगलागी भएको फ्लाई दुबईको जहाजलाई नयाँ दिल्लीमा अवतरण गराउने तयारी गरिएको छ।
पाइलटले एअर ट्राफिक कन्ट्रोलरलाई जहाज सुरक्षित रहेको र दिल्लीमा अवतरणको तयारी गरिरहेको जानकारी दिएका छन्।
उड्नासाथ जहाजको बायाँ इन्जिनमा समस्या आएको थियो। विमानस्थलका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार आकस्मिक अवतरणका लागि सबै तयारी गरिएको थियो। तर पाइलटले जहाज सामान्य अवस्थामा आइसकेको र गन्तव्य तिर लागेको बताएको उनले जानकारी दिए।
अहिले जहाज भारत प्रवेश गरेको छ। जहाज ३४ हजार फिट माथि उडिरहेको छ। ग्राउन्ड स्डिड भने ४२६ बाट घटेर ४१० पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।