फाइल तस्बिर
काठमाडौं– वर्षा र सहकालका देवता मानिने रातो मत्येन्द्रनाथ (रातो मच्छिन्द्रनाथ) को रथ तानिएको छ।
गुरुज्युको पल्टनले विगुल बजाएर हर्षबढाई गरी रथ तान्न सुरु गरिएको हो। आज ललितपुरको पुल्चोकबाट मंगलबजारको गाःबहालसम्म रथ तानिएको छ।
पुल्चोकमा रथारोहण गराएपछि सुरु भएको मत्स्येन्द्रनाथको जात्रा लगनखेलमा भोटो देखाई मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि रथजात्रा समापन हुन्छ।
रातो मत्स्येन्द्रनाथको जात्रा तीन दिन अघिबाटै सुरु भएपनि आजबाट रथ तानिएको हो। रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाइन्छ। जात्रा ललितपुरका नेवार समुदायले एक महिना भर मनाउँछन्।
यस जात्राको सांस्कृतिक एवं धार्मिक महत्व रहिआएको संस्कृतिविद् बताउँछन्। पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको यस जात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।