वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ।
वासिङ्टनस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश टिमोथी जे केलीले बिहीबार १४ दिनका लागि अस्थायी रोक आदेश जारी गर्दै तीनवटै सञ्चारमाध्यमका पत्रकारको प्रेस कार्ड फिर्ता गर्न र प्रवेश अधिकार पुनर्स्थापित गर्न सरकारलाई निर्देशन दिएका हुन्।
अदालतले प्रतिबन्धले अमेरिकी संविधानको पहिलो संशोधनले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको अधिकार उल्लंघन गर्न सक्ने प्रारम्भिक निष्कर्ष निकालेको छ।
ट्रम्पले गत शुक्रबार सामाजिक सञ्जालमार्फत ती सञ्चारमाध्यममाथि प्रतिबन्ध घोषणा गरेका थिए। त्यसपछि तीनवटै मिडियाले सोमबार सरकारविरुद्ध मुद्दा दायर गरेका थिए।
अदालतको आदेशसँगै तत्कालका लागि उनीहरूलाई ह्वाइट हाउस प्रवेशको बाटो खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।