काठमाडौं- नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको मुद्दाको सोमबार पनि अन्तिम सुनुवाइ सकिएन। उक्त मुद्दाको न्यायाधीश दीपक ढकालको इजलासमा पेसी परेको थियो। चौथो नम्बरमा रहेको पेसीमा जाहेरवाला गौशाला नाम परिर्वतनको पक्षका कानुन व्यवसायी चार घन्टा बहस गरेका थिए।
उनीहरुले लामिछानेमाथि नाबालिग बलात्कारमा दोषी ठहर गर्दै सजाय हुनुपर्ने माग गरेका थिए। चार घन्टा बहसपछि जाहेरवालाकै दुई जना कानुन व्यवसायी बहसका लागि बाँकी रहेका थिए। उनीहरुले मुद्दा हेर्दा हेर्दै राखेर टुंग्याउन माग गरे।
न्यायाधीश ढकालले इजलासबाट आफूले हेर्दाहेर्दै राखेर सुनुवाइ गर्ने नगरेकाले यसो नगर्ने बताए। उनले यस्तो प्रस्ताव गरेपछि आफूहरुले थप प्रश्न नगरेको सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए।
उनका अनुसार अर्को पेसी कहिले भने अहिलेसम्म तोकिएको छैन। न्यायाधीश ढकालले हेर्दा हेर्दै राख्न नमानेपछि अर्को पेसी नयाँ हुने भएको छ। गोलाप्रथाद्वारा पेसी तोकिँदा नयाँ इजलासमा पनि पर्ने सम्भावना धेरै देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।