• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चार महिनासम्म मन्त्रिपरिषद् अपूर्ण, तर चुनावी सभामा मन्त्रीकै आश्वासन

64x64
ईश्वर बराल आइतबार, वैशाख १०, २०८०  १७:३५
1140x725

काठमाडौं– तनहुँ- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका स्वर्णिम वाग्लेले बिहीबार एउटा चुनावी सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारको मन्त्रिमण्डल पूरा गर्न नसकेको तर जनतासँग मत माग्दा भने जिताएर पठाए मन्त्री बनाउँछु भनेकोप्रति वाग्लेको असन्तुष्टि थियो।

बुधबार तनहुँमा आयोजित चुनावीमा सभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका थिए। उनले त्यस्तै अभिव्यक्ति चितवनमा पनि दोहोर्‍याएका थिए। आफ्नै प्रतिद्वन्द्वीलाई मन्त्री बनाउने भन्दै भोट अपिल गरेपछि वाग्लेले कटाक्ष व्यक्त गरेका हुन्।

‘स्वर्णिम वाग्लेलाई हराऊ, मेरा प्रतिद्वन्द्वीको नामै लिएर उनलाई पनि मन्त्री बनाउँछु भनेर उहाँहरु दाबी गर्दै हुनुहन्छ। मलाई त्यसप्रति त्यति आपत्ति पनि थिएन’, वाग्लेको भनाइ थियो, ‘अहिले भइरहेको मन्त्रिमण्डल पनि पूरा गर्न नसकिरहेको व्यक्तिले मन्त्री बाँड्दै हिँडेर यसरी लोकतान्त्रिक अभ्यासको खिल्ली उडाउनु त्यति राम्रो होइन।’

वाग्लेको अभिव्यक्ति तथ्यमै आधारित छ। किनकि, प्रचण्ड नेतृत्वमा सरकार गठन भएको ४ महिना बितिसकेको छ। पुरानो गठबन्धन भत्किए पनि कांग्रेस सहितको पछिल्लो गठबन्धनले पनि ६ हप्ता पूरा गरिसकेको छ। तर, मन्त्रिमण्डल भने पूर्ण भएको छैन। कहिले हुन्छ भन्ने पनि निश्चित छैन। यस्तो अवस्थामा उनी उपनिर्वाचनका उम्मेदवारलाई मन्त्री बनाउने आश्वासन बाँड्दै हिँडेका छन्। मानौँ, अहिले मन्त्री बनाउन सांसद उपलब्ध नभएको होस् र उपनिर्वाचनमा जित्ने बित्तिकै तात्‌तातै मन्त्री बनाउन पाइहालियोस्। जबकि, अहिले पनि मन्त्री बन्न कांग्रेसमै तँछाडमछाड चलिरहेको छ।

मन्त्रीहरु नहुँदा मन्त्रीस्तरबाट हुने महत्त्वपूर्ण कामहरुमा अवरोध भइरहेको छ। तैपनि, प्रधानमन्त्री प्रचण्ड ‘काम गरेर देखाउने’ संकथनमा छन्। केही हप्ताअघिसम्म १६ वटा मन्त्रालय एक्लै चलाएका प्रचण्डको काँधमा अहिले पनि स्वास्थ तथा जनसंख्या, युवा तथा खेलकुद, वन तथा वातावरण, खानेपानी र कानुन मन्त्रालयको जिम्मेवारी छ।

प्रधानमन्त्री बनेदेखि गठबन्धन फेर्ने, राष्ट्रपति कसलाई बनाउने, उपनिर्वाचनमा कसलाई जिताउने जस्ता काममा व्यस्त भएका प्रचण्डले जनतामा आशा सिर्जना गर्न सकेका छैनन्। मुख्यतः ‘मन्त्रिपरिषद्लाई नै पूर्णता दिन नसक्ने प्रधानमन्त्रीले अरु के गर्लान्?’ भन्ने आम बुझाइले उनीप्रति निराशा बढ्दै गएको छ। त्यसको सम्बोधन गर्न छाडेर उनी भने चुनावी सभामा मन्त्री पद बाँड्दै हिँडिरहेका छन्।

चुनावी सभामा प्रचण्डको सारथी बनिरहेका छन्, कांग्रेस सभापति शेरबहादुर देउवा। संयोग पनि कस्तो देखिन्छ भने देउवा मन्त्री बनाउँछु भन्छन्, प्रचण्ड त्यसलाई अनुमोदन गर्छन्। जबकि, भागबण्डा मिलिसकेको संघीय मन्त्रिमण्डलमा देउवाले कांग्रेसको तर्फबाट नाम दिन नसक्दा पनि मन्त्री नियुक्त हुन सकेको छैन।

देउवालाई कांग्रेसबाट मन्त्रीको नाम छिटो दिनुस् भन्न नसकेका प्रचण्ड तनहुँ र चितवन पुगेर मन्त्री खोजिरहेका छन्। खासमा चुनावी सभामा उनीहरुको ‘मन्त्री बनाउने’ भाषणको जुगलबन्दीले उनीहरुलाई नै गिज्याइरहेको जस्तो देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

देउवा-प्रचण्डले के भने?
चितवन- २ को सभामा देउवाः जितनारायणले जित्यो भने मैले मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डजीलाई सिफारिस गर्छु। त्यो भन्दा बढ्ता के गर्ने? त्यसकारण जित्ने र जिताउने काम तपाईंहरुको हो। अरु काम मेरो र प्रधानमन्त्री प्रचण्डजीको हो। जसरी पनि जिताउनुहोला बाँकी काम हामीलाई छोड्दिनु होला। हामी मन्त्री बनाएरै छोड्छौँ भनेर विश्वास दिलाउन चाहन्छु।

चितवन-२ को सभामा प्रचण्डः शेरबहादुरजीले छोटोमा, तर मनको कुरा गर्नुभयो। उहाँले जितनारायणलाई जिताउनुहोस्, म मन्त्रीमा सिफारिस गर्छु भन्नुभयो। उहाँले सिफारिस गरेपछि मैले मन्त्री बनाउँछु। मैले भन्ने त्यही हो। त्यसकारण तपाईंहरुको काम जिताउने भयो। हाम्रो काम उहाँलाई अधिकारसम्पन्न मन्त्री बनाएर विकास निर्माण र समृद्धिको यात्रामा अगाडि बढाउन सघाउने।

चितवन- २ मा उम्मेदवार बनेका जितनारायण श्रेष्ठ कांग्रेसका तर्फबाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्।

त्यसअघि तनहुँको चुनावी सभालाई पनि सम्बोधन गर्दै देउवा र प्रचण्डले त्यहाँका उम्मेदवार भट्टराईलाई जिताए मन्त्री बनाउने घोषणा गरेका थिए। त्यहाँ भएको चुनावी सभामा शेरबहादुर देउवाले भनेका थिए, ‘गोविन्द भट्टराईलाई तपाईंहरुले जिताउनुहोस्। म मन्त्री बनाएर पठाउँछु।’

देउवाको भाषणलाई अनुमोदन गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘म प्रधानमन्त्री छु। मन्त्री बनाउने मैले हो अहिले। मलाई विश्वास छ तपाईंहरुले रामचन्द्रजीलाई जस्तै अत्यधिक मतले गोविन्द भट्टराईजीलाई विजयी गराउनुहोला। बाँकी काम शेरबहादुर देउवाजीले जिम्मा लिइसक्नु भयो। म शेरबहादुरजी सँगै छु।’

नेताद्वयको मंत्री बनाउने आश्वासनले निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको भन्ने आरोप पनि लागेको छ, यद्यपि त्यसबारे कुनै औपचारिक उजुरी परेको छैन। 

प्रचण्ड र देउवाको आश्वासनले सकारात्मक सन्देश प्रवाह गर्न नसकेको सामाजिक सञ्जालमा तत्कालै व्यक्त भएका धारणाले प्रतिबिम्बित गर्छन्। उनीहरुको अभिव्यक्तिलाई नजिकबाट नियालेका विवेकशील साझाका उपाध्यक्ष मिलन पाण्डेले जनमतको विश्वास लिन दलहरुले ‘फुच्चे ट्रिक’ लगाएको प्रतिक्रिया दिएका छन्।

‘अझै पनि ‘जिताएर पठाउनुहोस् मन्त्री बनाउँछु’ भन्दै रहेछन्। २०८० सालमा पनि त्यही ‘फुच्चे ट्रिक’ नै लगाउँदै रहेछन्’, फेसबुकमा पाण्डेले लेखेका छन्, ‘प्रधानमन्त्रीलाई त बाल नदिने पुस्तालाई लोभ्याउन ‘मन्त्री’ वाला फुच्चे ट्रिक। नयाँ पुस्तासँग तपाईंहरूको लेभल नै मिल्दैन।’

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
आज देशैभर कांग्रेसको पालिका अधिवेशन नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्न... बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान ११:०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको... बुधबार, असोज ७, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपालका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहको भ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्