• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ १६, २०८२ Fri, Jan 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

८ वर्षमा सात श्रम गन्तव्य मुलुकमा ३३ लाख ९४ हजार नेपाली वैदेशिक रोजगारीका लागि पुगे

64x64
भूपेन्द्र शाह ठकुरी सोमबार, वैशाख ४, २०८०  २०:०१
1140x725

काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या बढ्दो छ। ८ वर्षको अवधिमा ३३ लाख ९४ हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन्। 

महालेखा परीक्षकको ६०औं प्रतिवेदन अनुसार, कतार, साउदी अरब, मलेसिया, ओमान, बहराइन, कुवेत र युएईसमेतका ७ श्रम गन्तव्य मुलुकमा जाने नेपाली कामदारको संख्या बढ्दै गइरहेको देखाएको छ। नि:शुल्क भिसा र टिकटको व्यवस्था भएका ती मुलुकमा २०७२/०७३ देखि ०७८/०७९ सम्म ३३ लाख ९४ हजार नेपालीहरु वैदेशिक रोजगारीका लागि गएको तथ्यांकमा उल्लेख छ। 

१० वटा देशसँग मात्रै श्रम सम्झौता
नेपालले हालसम्म १० वटा देशसँग श्रम सम्झौता गरेको छ। श्रम सम्झौता गरेका बाहेकका मुलुकहरुमा रोजगारीका लागि जाने अनुमति छैन। महालेखा परीक्षकको प्रतिवेदन अनुसार संस्थागत रुपमा १११ र १७८ देशमा व्यक्तिगत रुपमा वैदेशिक रुपमा पठाउन/जान खुला गरिएको छ। सरकारले इराक, लिबिया र युक्रेनमा जान भने रोक लगाएको छ।

साउदी अरेबियामा सरकारले श्रम सम्झौता नगरेरै कामदारहरु जान पाउने अनुमति प्रदान गरेको छ। वैदेशिक रोजगारीमा गएकाहरुमध्ये २८.१७ प्रतिशत  नेपाली कामदारहरु साउदी अरेबियामा रहेका छन्।

दक्ष कामदार भन्दा अदक्षको संख्या बढी
वैदेशिक रोजगारमा जाने कामदारहरुले कुन काममा जाने? कामको प्रकृति के हो? कति घण्टा काम गर्नुपर्छ? लाागत के? पारिश्रमिक के कति भन्ने कुराको जानकारी लिएर जानुपर्ने हुन्छ। साथै वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३० मा सीपमूलक तालिम आवश्यक पर्ने काम गर्न वैदेशिक रोजगारीमा जाने कामदारले नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट तालिम लिनुपर्ने व्यवस्था छ।

Ncell 2
Ncell 2

महालेखा परीक्षकको प्रतिवेदन अनुसार वैदेशिक रोजगारीका लागि विगत पाँच वर्षमा गएका २२ लाख ८८ हजार २६ मध्ये पाँच वर्षको औसत प्रवृत्तिलाई विश्लेषण गर्दा उच्च दक्षतायुक्त ०.०३ प्रतिशत, पेशाविद् ०.१३ प्रतिशत, अर्धदक्ष ८.७५ प्रतिशत, दक्ष ३.५१ प्रतिशत र अदक्ष कामदार ५४.५८ प्रतिशत रहेको छ।

१९ हजार बढीको गुनासो, ६ हजारको मात्रै सम्बोधन
वैदेशीक रोजगारसम्बन्धी गुनासोका लागि सरकारले कास्की, रुपन्देही, दाङ, बाँके लगायत ८ जिल्लामा आप्रवासी स्रोत केन्द्र सञ्चालन गरेको छ। ती केन्द्रमा वैदेशिक रोजगारीसँग सम्बन्धित १९ हजार ६५६ गुनासो प्राप्त भएकोमा ६ हजार मात्र सम्बोधन भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २६ मा वैदेशिक रोजगारसँग सम्बन्धित सूचना तथा जानकारीमूलक सामग्री तयार गर्ने, सूचना संकलन, प्रशोधन, विश्लेषण गर्ने उद्देश्यले स्थापना गरिएका उक्त स्रोत केन्द्रमा गुनासोहरुको उचित सम्बोधन हुन सकिरहेको छैन।

त्यसैगरी श्रम नियमावली २०७५ को नियम १६२ बमोजिम रोजगारदाता र श्रमिक पदाधिकारीविरुद्ध ०७९ मा ७५२ वटा उजुरी दर्ता भएका छन्। उक्त उजुरीबारे कार्यान्वयनको अवस्थाबारे कुनै विवरण नखुलाएको प्रतिवेदनमा उल्लेख छ। श्रम अदालतले कार्यान्वयनका लागि गरेका ४२ वटा फैसलामध्ये १३ वटा मात्रै कार्यान्वयनमा भएको र २९ वटा कार्यान्वयन हुन बाँकी रहेका छन्।

वैदेशिक रोजगार व्यवसाय सञ्चालनको इजाजतपत्र नलिएका तर शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणको अनुमति लिएका ३ परामर्शदाताले यो वर्ष १८३ जनाबाट ५९ करोड ५६ लाख ठगी गरेको वैदेशिक रोजगार विभागलाई उदृत गर्दै महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

मृत्यु र अंगभंग हुनेहरु बढे
वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार वैदेशिक रोजगारको क्रममा मृत्यु र अङ्गभङ्ग हुनेको संख्या गत २०७८ सालमा क्रमश १ हजार २४२ र १४३ रहेकोमा, २०७९ मा क्रमशः १ हजार ४७९ र २४५ पुगेको प्रतिवेदनमा उल्लेख छ।

वैदेशिक रोजगारको क्रममा गम्भीर बिरामी भएका तथा विभिन्न कानुनी कारबाही र परिबन्दमा परेका नागरिकको उपचार र कानुनी प्रतिरक्षासम्बन्धी कार्य हुन नसकेको, बीमा दाबी भुक्तानीमा समस्या, बोर्डबाट प्रदान हुने कल्याणकारी कार्यको सम्बन्धमा पर्याप्त प्रचार–प्रसार हुन नसकेको जनाइएको छ। त्यसैगरी वैदेशिक रोजगारको क्षेत्रमा हुने ठगीमासमेत अपेक्षित सुधार हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  २०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सम्झौतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदीका समकक्षी मानव संसाधन र सामाजिक विकासमन्त्री अहमद वि... सोमबार, माघ १२, २०८२
सरकारी विज्ञापनको भुक्तानीमा तेस्रो पक्षको बिल अनिवार्य पेश गर्न निर्देशन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार (मंसिर ७) मा प्रधानमन्त्री कार्यालयलाई पत्र पठाउँदै सरकारी विज्ञापनमा हुने अनियमितता नियन्... सोमबार, मंसिर ८, २०८२
‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए केन्द्रका अनुसार म्याग्दीको दुई हजार ७५० हेक्टर क्षेत्रमा वार्षिक तीन हजार ३०० मेट्रिक टन कोदो उत्पादन हुन्छ। समुद्री सतहदेखि तीन हज... आइतबार, कात्तिक ३०, २०८२
ताजा समाचारसबै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ १५, २०८२
सेयर बजारमा साढे १७.५३ अंकको गिरावट बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह बिहीबार, माघ १५, २०८२
जापानी भाषा परीक्षा विरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज बिहीबार, माघ १५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्