काठमाडौं– के एल दुगड समूहका प्रबन्ध निर्देशक कुमुद दुगड प्रबल जनसेवा श्री’बाट सम्मानित भएका छन्।
निर्देशक दुगडलाई राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ मानपदवीबाट विभूषित गरेका हुन्।
मुलुकको समग्र औद्योगिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप उद्योगी तथा समाजसेवी दुगडलाई सो मानपदवी प्रदान गरिएको हो।
उक्त सम्मान कार्यक्रम यही वैशाख १ गते राष्ट्रपति भवन शीतलनिवासमा गरिएको थियो।
उनको अग्रसरतामा कृषिलाई व्यावसायिकरण र औद्योगिकरण गर्ने र किसानलाई अभिप्रेरित गरी कृषिजन्य उद्योग व्यवसायमा विशिष्ट योगदान पुर्याउन मद्दत पुगेको समूहले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।