काठमाडौं– अमेरिकी राज्य अलबामाको एक शहरमा भएको गोलीकाण्डमा ४ जनाको मृत्यु भएको छ। शनिबार राति भएको उक्त घटनामा २८ जना घाइते भएका छन्।
राज्यको राजधानी मोन्टगोमरीको उत्तरपूर्वमा रहेको डेडभिल शहरको एक डान्स केन्द्रमा स्वीट १६ (जन्मदिनको) पार्टीमा अन्धाधुन्ध गोली चलेको थियो। स्थानीय समयानुसार राति १०:३४ बजेतिर भएको गोलीकाण्डपछि शहरमा भागदौड मच्चिएको थियो।
गोली प्रहारसँगै भागदौड मच्चिदा घाइतेहरुको संख्या बढी भएको बताइएको छ। घाइते भएकामध्ये केहीको अवस्था चिन्ताजनक रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
अमेरिकामा बन्दुको आक्रमणका घटनाहरु बढ्दै गएका छन्। केही दिन अगाडि (चैत २७ गते) मात्रै केन्टकी शहरस्थित १ बैंकमा गोली चल्दा ४ जनाको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।