• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

तिब्बतीलाई नेपाली नागरिकता प्रकरण: उच्च सरकारी अधिकारीलाई उन्मुक्ति दिएर मुद्दा दर्ता

नागरिकतामा हस्ताक्षर गर्ने अधिकृतलाई कागज मात्रै गराएर छाडियो, नासुसहित ८ जना प्रतिवादी
64x64
नारायण अधिकारी आइतबार, वैशाख ३, २०८०  १२:०१
1140x725

काठमाडौं– तिब्बती नागरिकलाई नेपाली नागरिकता दिएको प्रकरणमा उच्च सरकारी अधिकारीलाई उन्मुक्ति दिएर मुद्दा दर्ता गरिएको छ। तिब्बतीयनलाई दिइएको नागरिकतामा हस्ताक्षर गर्ने अधिकृतलाई समेत उन्मुक्ति दिएर मुद्दा दर्ता गरिएको हो। 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उच्च सरकारी अधिकारीलाई उन्मुक्ति दिँदै ८ जनालाई प्रतिवादी बनाएर आज (आइतबार) काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

यो प्रकरणमा कतिसम्म भने पक्राउ परेका शरणार्थीको साथबाट बरामद भएको सक्कली नेपाली नागरिकतामा हस्ताक्षर गरिएका सरकारी अधिकारीलाई समेत उन्मुक्ति दिइएको छ। उच्च अधिकारीतर्फ अनुसन्धान नै नगरी नायव सुब्बा सम्मका अधिकारीको अनुसन्धान टुंग्याएर मुद्दा दर्ता गरिएको हो।

प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्म लिएर नेपाली नागरिकता बिब्बतीयनलाई बेच्ने गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैतको पहिलो साता ५ जनालाई पक्राउ गदै चैत ८ गते सार्वजनिक गरेको थियो।

त्यतिबेला प्रहरीले झापाको कचनाकबल गाउँपालिका–३ का ४७ वर्षीय कृष्णबहादुर कटुवाल, काठमाडौंको बबरमहल घर भइ भक्तपुर ठिमी बस्ने ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङको सुन्दर हरैचा–३ घर भइ ललितपुरको धोबीघाट बस्ने ४९ वर्षीय हिरालाल शिवाकोटी, ललितपुरको गोदावरी नगरपालिका– ७ घर भएका ३० वर्षीय विजय लामा र तनहुँको शुक्लागण्डकी–८ दुलेगौँडास्थित तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका २५ वर्षीय लोब्साङ ठिल्लेलाई पक्राउ गरेको थियो। 

यो पनि पढ्नुहोस

प्रतिव्यक्ति ५ लाख रुपैयाँ लिएर तिब्बती शरणार्थीलाई सक्कली नेपाली नागरिकता

उनीहरुलाई सार्वजनिक गर्दै अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा मनोज केसीले यो प्रकरणमा सरकारी अधिकारीहरु समेत संलग्न हुने आधारहरु देखिएकाले त्यसतर्फ पनि अनुसन्धान हुने बताएका थिए। 

त्यसको केही दिनमा प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंको नागकिरता फाँटमा कार्यरत रहेका नासु देवराज गौतमलाई पक्राउ गरेको थियो। उनै गौतमले तिब्बतीलाई नागरिकता दिनेबारे डकुमेन्टेसनको काम गरेको प्रहरीको दाबी थियो। गौतमले सीडीओ कार्यालयकै क्यान्टिनमा सञ्चालक विजय लामासँग मिलेर काम गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। विजयसँग तिब्बतीयनलाई नागरिकता दिलाउने गिरोहको सम्पर्क रहेको खुलेको थियो। 

उनीहरु पक्राउ परेको केही दिनपछि अर्का तिब्बतीयन २७ वर्षीया निमा ल्होमो गुरुङलाई पक्राउ गरेको थियो। उनी बौद्ध टुसालस्थित शरणार्थी क्याम्पमा बस्दै आएकी थिइन्। 

nimb
nimb

यीनै पक्राउ परेका ७ जना र अर्का १ जनालाई फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको छ। गोरखाको भीमसेन थापा गाउँपालिका–१ का ४४ वर्षीय अन्जनी बयालकोटीलाई फरार प्रतिवादी बनाइएको छ। 

यो प्रकरणमा थप २ जना शाखा अधिकृतमाथि समेत अनुसन्धान भइरहेको प्रहरीले सुरुवाती क्रममा बताएका थियो। तर पछि भने उनीहरुमाथि समेत अनुसन्धान नै नगरी उन्मुक्ति दिइएको खुलेको छ। 

पक्राउ परेका शरणार्थीको साथबाट बरामद भएको नेपाली नागरिकतामा हस्ताक्षर गर्ने प्रशासकीय अधिकृत लेखनाथ खतिवडालाई समेत उन्मुक्ति दिइएको खुलेको छ। यसबारे जिज्ञासा राख्दा जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी तथा प्रमुख दानबहादुर कार्की प्रमाण भएकाहरुसम्मविरुद्ध मुद्दा दायर गरिएको दाबी गर्छन्। 

‘नागकिरता बनाउनका लागि डकुमेन्टेसन गर्ने काम अधिकृतको होइन। अन्य कर्मचारीबाट डकुमेन्ट ठिक छ भनेर आएपछिको कागजातअनुसार नागरिकतामा हस्ताक्षर गर्ने हो,’ एसएसपी कार्कीले भने। 

यो पनि पढ्नुहोस

नासुले मिलाउँथे ‘डकुमेन्टेसन’को काम, दुई शाखा अधिकृत पनि अनुसन्धानको दायरामा

यता पक्राउ परेका नासुले समेत आफ्नो संलग्नता अस्वीकार गरेका छन्। ‘आफूले हेर्दा र रुजु गर्दा सबै विवरण ठिक भएकाले नागरिकताको लागि हस्ताक्षर गर्न प्रशासकीय अधिकृत खतिवडासमक्ष पेस गरेको हो। यसमा मेरो र प्रशासकीय अधिकतृ खतिवडाको कुनै भूमिका छैन,’ नासु गौतमले बयानमा भनेका छन्। 

यस घटनामा सीडीओ कार्यालयका प्रशासकीय अधिकृत रामप्रसाद ओली, लेखनाथ खतिवडा, मुरारीप्रसाद निरौला, एकनारायण भण्डारीसँग समेत सोधपुछ गरेर प्रहरीले कागज गराएको थियो। तर मुद्दा दर्ता गर्नेबला भने उनीहरुलाई उन्मुक्ति लिएर नासुसहितका व्यक्तिविरुद्ध मुद्दा दायर गरिएको छ।

उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा २७६ को उपदफा १ को सार्वजनिक लिखत कीर्तेको कसुर र नागरिकता ऐन २०६३ को दफा २१ को उपदफा (२) बमोजिमको कसुरमा मुद्दा दायर गरिएको छ। 

यो समूहले कर्मचारी समेतको मिलेमतोमा तिब्बती शरणार्थीहरुलाई नागरिकता बिक्री गर्नेगरेको तथ्य खुलेको थियो। गिरोहले प्रतिव्यक्ति ५ लाख रुपैयाँ रकम लिएर तिब्बती शरणार्थीलाई नागरिकता बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। 

नेपालमा नक्कली बुवा–आमा खडा गरेर, साक्षी समेत नक्कली खडा गरेर, नक्कली सिफारिस बनाइ जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सक्कली नागरिकता उपलब्ध गराउने यो गिरोह सक्रिय रहेको अनुसन्धानबाट खुलेको थियो। यसका मुख्य योजनाकार कृष्ण बहादुर कटवाल रहेको खुलेको थियो। 

कटवालले विगत १० वर्षदेखि लाइसेन्स र दर्ता विना नै लेखापढी गर्ने कार्य गर्दै आएका थिए। उनै कटवालले तिब्बती शरणार्थीहरुको सक्कलै नेपाली नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिहरूलाई नक्कली बाबुको रूपमा उपस्थित गराई सनाखत गराउने गरेका थिए।

न्युल्केश श्रेष्ठ भने भाडामा नक्कली बाबु बन्ने व्यक्ति हुन्। नक्कली बाबु बनेवापत उनलाई प्रतिनागरिकता १० हजार दिइने गरेको खुलेको थियो।
 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १२:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
विपद् व्यवस्थापनका लागि स्रोतको अभाव हुँदैन : अर्थमन्त्री बिहीबार, भदौ ११, २०८३
राहत, उद्धारदेखि पुनर्स्थापनासम्मका लागि सर्वदलीय समिति बनाउन रवि लामिछानेको प्रस्ताव बिहीबार, भदौ ११, २०८३
साझा संकल्प गरौं, विपत्तिमा कोही एक्लो नहोस् : प्रचण्ड बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीपछि नुवाकोटका प्रभावित क्षेत्रमा वैकल्पिक लाइनबाट विद्युत् सेवा सुचारु बिहीबार, भदौ ११, २०८३
भोटेकोसी बाढी प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनद्वारा रु. १ करोड सहयोग बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नेपालको विपद्‌मा सहयोग लिएर आउँदै सोनु सूद: भने– ‘नेपाल, तिमी एक्लो छैनौ, हामी खाना र आश्रय लिएर आउँदैछौँ’ बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
चीनमा पनि बाढी र पहिरोको वितण्डा : नेपाल जोड्ने जिरोङ नाका अवरुद्ध, २२ हजारभन्दा बढी विस्थापित बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्