• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

तिब्बतीलाई नेपाली नागरिकता प्रकरण: उच्च सरकारी अधिकारीलाई उन्मुक्ति दिएर मुद्दा दर्ता

नागरिकतामा हस्ताक्षर गर्ने अधिकृतलाई कागज मात्रै गराएर छाडियो, नासुसहित ८ जना प्रतिवादी
64x64
नारायण अधिकारी आइतबार, वैशाख ३, २०८०  १२:०१
1140x725

काठमाडौं– तिब्बती नागरिकलाई नेपाली नागरिकता दिएको प्रकरणमा उच्च सरकारी अधिकारीलाई उन्मुक्ति दिएर मुद्दा दर्ता गरिएको छ। तिब्बतीयनलाई दिइएको नागरिकतामा हस्ताक्षर गर्ने अधिकृतलाई समेत उन्मुक्ति दिएर मुद्दा दर्ता गरिएको हो। 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उच्च सरकारी अधिकारीलाई उन्मुक्ति दिँदै ८ जनालाई प्रतिवादी बनाएर आज (आइतबार) काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

यो प्रकरणमा कतिसम्म भने पक्राउ परेका शरणार्थीको साथबाट बरामद भएको सक्कली नेपाली नागरिकतामा हस्ताक्षर गरिएका सरकारी अधिकारीलाई समेत उन्मुक्ति दिइएको छ। उच्च अधिकारीतर्फ अनुसन्धान नै नगरी नायव सुब्बा सम्मका अधिकारीको अनुसन्धान टुंग्याएर मुद्दा दर्ता गरिएको हो।

प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्म लिएर नेपाली नागरिकता बिब्बतीयनलाई बेच्ने गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैतको पहिलो साता ५ जनालाई पक्राउ गदै चैत ८ गते सार्वजनिक गरेको थियो।

त्यतिबेला प्रहरीले झापाको कचनाकबल गाउँपालिका–३ का ४७ वर्षीय कृष्णबहादुर कटुवाल, काठमाडौंको बबरमहल घर भइ भक्तपुर ठिमी बस्ने ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङको सुन्दर हरैचा–३ घर भइ ललितपुरको धोबीघाट बस्ने ४९ वर्षीय हिरालाल शिवाकोटी, ललितपुरको गोदावरी नगरपालिका– ७ घर भएका ३० वर्षीय विजय लामा र तनहुँको शुक्लागण्डकी–८ दुलेगौँडास्थित तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका २५ वर्षीय लोब्साङ ठिल्लेलाई पक्राउ गरेको थियो। 

यो पनि पढ्नुहोस

प्रतिव्यक्ति ५ लाख रुपैयाँ लिएर तिब्बती शरणार्थीलाई सक्कली नेपाली नागरिकता

उनीहरुलाई सार्वजनिक गर्दै अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा मनोज केसीले यो प्रकरणमा सरकारी अधिकारीहरु समेत संलग्न हुने आधारहरु देखिएकाले त्यसतर्फ पनि अनुसन्धान हुने बताएका थिए। 

त्यसको केही दिनमा प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंको नागकिरता फाँटमा कार्यरत रहेका नासु देवराज गौतमलाई पक्राउ गरेको थियो। उनै गौतमले तिब्बतीलाई नागरिकता दिनेबारे डकुमेन्टेसनको काम गरेको प्रहरीको दाबी थियो। गौतमले सीडीओ कार्यालयकै क्यान्टिनमा सञ्चालक विजय लामासँग मिलेर काम गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। विजयसँग तिब्बतीयनलाई नागरिकता दिलाउने गिरोहको सम्पर्क रहेको खुलेको थियो। 

उनीहरु पक्राउ परेको केही दिनपछि अर्का तिब्बतीयन २७ वर्षीया निमा ल्होमो गुरुङलाई पक्राउ गरेको थियो। उनी बौद्ध टुसालस्थित शरणार्थी क्याम्पमा बस्दै आएकी थिइन्। 

Ncell 2
Ncell 2

यीनै पक्राउ परेका ७ जना र अर्का १ जनालाई फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको छ। गोरखाको भीमसेन थापा गाउँपालिका–१ का ४४ वर्षीय अन्जनी बयालकोटीलाई फरार प्रतिवादी बनाइएको छ। 

यो प्रकरणमा थप २ जना शाखा अधिकृतमाथि समेत अनुसन्धान भइरहेको प्रहरीले सुरुवाती क्रममा बताएका थियो। तर पछि भने उनीहरुमाथि समेत अनुसन्धान नै नगरी उन्मुक्ति दिइएको खुलेको छ। 

पक्राउ परेका शरणार्थीको साथबाट बरामद भएको नेपाली नागरिकतामा हस्ताक्षर गर्ने प्रशासकीय अधिकृत लेखनाथ खतिवडालाई समेत उन्मुक्ति दिइएको खुलेको छ। यसबारे जिज्ञासा राख्दा जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी तथा प्रमुख दानबहादुर कार्की प्रमाण भएकाहरुसम्मविरुद्ध मुद्दा दायर गरिएको दाबी गर्छन्। 

‘नागकिरता बनाउनका लागि डकुमेन्टेसन गर्ने काम अधिकृतको होइन। अन्य कर्मचारीबाट डकुमेन्ट ठिक छ भनेर आएपछिको कागजातअनुसार नागरिकतामा हस्ताक्षर गर्ने हो,’ एसएसपी कार्कीले भने। 

यो पनि पढ्नुहोस

नासुले मिलाउँथे ‘डकुमेन्टेसन’को काम, दुई शाखा अधिकृत पनि अनुसन्धानको दायरामा

यता पक्राउ परेका नासुले समेत आफ्नो संलग्नता अस्वीकार गरेका छन्। ‘आफूले हेर्दा र रुजु गर्दा सबै विवरण ठिक भएकाले नागरिकताको लागि हस्ताक्षर गर्न प्रशासकीय अधिकृत खतिवडासमक्ष पेस गरेको हो। यसमा मेरो र प्रशासकीय अधिकतृ खतिवडाको कुनै भूमिका छैन,’ नासु गौतमले बयानमा भनेका छन्। 

यस घटनामा सीडीओ कार्यालयका प्रशासकीय अधिकृत रामप्रसाद ओली, लेखनाथ खतिवडा, मुरारीप्रसाद निरौला, एकनारायण भण्डारीसँग समेत सोधपुछ गरेर प्रहरीले कागज गराएको थियो। तर मुद्दा दर्ता गर्नेबला भने उनीहरुलाई उन्मुक्ति लिएर नासुसहितका व्यक्तिविरुद्ध मुद्दा दायर गरिएको छ।

उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा २७६ को उपदफा १ को सार्वजनिक लिखत कीर्तेको कसुर र नागरिकता ऐन २०६३ को दफा २१ को उपदफा (२) बमोजिमको कसुरमा मुद्दा दायर गरिएको छ। 

यो समूहले कर्मचारी समेतको मिलेमतोमा तिब्बती शरणार्थीहरुलाई नागरिकता बिक्री गर्नेगरेको तथ्य खुलेको थियो। गिरोहले प्रतिव्यक्ति ५ लाख रुपैयाँ रकम लिएर तिब्बती शरणार्थीलाई नागरिकता बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। 

नेपालमा नक्कली बुवा–आमा खडा गरेर, साक्षी समेत नक्कली खडा गरेर, नक्कली सिफारिस बनाइ जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सक्कली नागरिकता उपलब्ध गराउने यो गिरोह सक्रिय रहेको अनुसन्धानबाट खुलेको थियो। यसका मुख्य योजनाकार कृष्ण बहादुर कटवाल रहेको खुलेको थियो। 

कटवालले विगत १० वर्षदेखि लाइसेन्स र दर्ता विना नै लेखापढी गर्ने कार्य गर्दै आएका थिए। उनै कटवालले तिब्बती शरणार्थीहरुको सक्कलै नेपाली नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिहरूलाई नक्कली बाबुको रूपमा उपस्थित गराई सनाखत गराउने गरेका थिए।

न्युल्केश श्रेष्ठ भने भाडामा नक्कली बाबु बन्ने व्यक्ति हुन्। नक्कली बाबु बनेवापत उनलाई प्रतिनागरिकता १० हजार दिइने गरेको खुलेको थियो।
 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १२:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता बिहीबार, पुस २४, २०८२
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्