• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर २, २०८२ Tue, Nov 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रतिव्यक्ति ५ लाख रुपैयाँ लिएर तिब्बती शरणार्थीलाई सक्कली नेपाली नागरिकता

काठमाडौं प्रशासनबाट नागरिकता बनाउने गिरोहका ५ जना पक्राउ
64x64
नेपाल लाइभ बुधबार, चैत ८, २०७९  १३:४९
1140x725
पक्राउ परेका ५ जना।

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारी समेतको मिलेमतोमा तिब्बती शरणार्थीहरुलाई नागरिकता बिक्री गर्नेगरेको तथ्य खुलेको छ। प्रतिव्यक्ति ५ लाख रुपैयाँ रकम लिएर तिब्बती शरणार्थीहरुलाई नागरिकता बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ। 

नेपालमा नक्कली बुवा–आमा खडा गरेर, साक्षी समेत नक्कली खडा गरेर, नक्कली सिफारिस बनाइ जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सक्कली नागरिकता उपलब्ध गराउने गरिएको प्रहरीले जानकारी दिएको छ। 

यो पक्ररणमा संलग्न गिरोहका सदस्यमध्ये नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ५ जनालाई पक्राउ गरेको छ। 

‘नक्कली बाउ–आमा खडा गरेर, नक्कली सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तिब्तती शरणार्थीहरुलाई नागरिकता दिलाउने गिरोहका ५ जनालाई पक्राउ गरेका छौं,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज केसीले भने। 

पक्राउ पर्नेमा झापाको कचनाकबल गाउँपालिका–३ का ४७ वर्षीय कृष्णबहादुर कटुवाल, काठमाडौंको बबरमहल घर भइ भक्तपुर ठिमी बस्ने ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङको सुन्दर हरैचा–३ घर भइ ललितपुरको धोबीघाट बस्ने ४९ वर्षीय हिरालाल शिवाकोटी, ललितपुरको गोदावरी नगरपालिका– ७ घर भएका ३० वर्षीय विजय लामा र तनहुँको शुक्लागण्डकी–८ दुलेगौँडास्थित तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका २५ वर्षीय लोब्साङ ठिल्ले छन्। 

तिब्बती शरणार्थीलाई सक्कली नेपाली नागरिकता बनाउने कार्यमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारीको समेत संलग्नता देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ। उनीहरुको अहिले बयान प्रमाणीकरणको काम भइरहेको छ। 

प्रहरीका अनुसार पक्राउ परेका कृष्ण बहादुर कटवालले विगत १० वर्षदेखि लाइसेन्स र दर्ता विना नै लेखापढी गर्ने कार्य गर्दै आएका थिए। पक्राउ परेका अर्का व्यक्ति हिरालाल सिवाकोटी समेतको सहयोगमा कटुवालले विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरु, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइसराइ, विवाह दर्ता, सम्बन्ध बिच्छेद जस्ता वडा कार्यालयको सिफारिस लगायतका महत्वपूर्ण कागजात, छाप तथा दस्तखत समेत किर्ते गर्दै आएका थिए। 

कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट गैरनेपाली विशेषगरी तिब्बती शरणार्थीहरुको सक्कलै नेपाली नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिहरूलाई नक्कली बाबुको रूपमा उपस्थित गराई सनाखत गराउने गरेका थिए।

Ncell 2
Ncell 2

पक्राउ परेका न्युल्केश श्रेष्ठ भने भाडामा नक्कली बाबु बन्ने व्यक्ति भएका प्रहरीले जनाएको छ।  कृष्ण कटवाल समेतले मिङछुङ शेर्पा नामको नक्कली नेपाली नागरिकता बनाएर प्रतिपटक  १० हजार दिएर भाडामा नक्कली बाबुको रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराइ सनाखत गर्ने गराउने गरेको प्रहरीले जनाएको छ। 

न्युल्केश श्रेष्ठले हाल सम्म गैरनेपाली तिब्बती शरणार्थीहरु सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पा लगायतको सक्कलै नागरिकता बनाउन नक्कली बाबु बनि सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका कृष्ण कटवालले किर्ते कागजात तयार गरी गैरनेपाली सक्कली नेपाली नागरिकता दिलाउन प्रतिव्यक्ति  ३ लाखदेखि ५ लाख रुपैयाँसम्म रकम लिने गरेको खुलेको छ।

पक्राउ परेका लोब्साङ ठिन्ले तिब्बेतियन शरणार्थी क्याम्पमा बस्दै आएका व्यक्ति हुन्। उनले मिति २०७९। ११।३०  गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लोब्साङ ठिन्ले गुरुङको नामबाट स्थायी ठेगाना काठमाडौं महानगरपालिका–१७ राखी  २७-०१-७९-१५९०१ नम्बरको नेपाली नागरिकता लिएको देखिएको प्रहरीले जनाएको छ। 

यसरी बनाइएका तिब्बती शरणार्थीका २५ देखि ३० वटा नागरिकताहरु प्राप्त भइ त्यसमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

पक्राउ परेका अर्का व्यक्ति विजय लामा विगत ९ वर्षदेखि जिल्ला प्रशासन कार्यालयको क्यान्टिनमा काम गर्दै आएका थिए। उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंभित्र मिलाउनु पर्ने सबै कामको जिम्मा लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

विजय लामाले भित्र मिलाउनुपर्छ भनेर पक्राउ परेका कृष्ण कटवालसँग प्रतिनागरिकता १ लाख ५० हजार रुपैयाँसम्म लिएर नागरिकता प्राप्त गर्ने कार्यमा सहजिकरण गरेको खुल्न आएको छ।

पक्राउ परेका कृष्ण कटवालले मात्रै विगत ५ देखि ६ वर्षको अवधिमा झण्डै ५०० भन्दा व्यक्तिलाई यस्तै प्रक्रियाबाट नागरिकता दिलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। यस्तो कार्यमा कटवालजस्तै अन्य ४/५ जना व्यक्ति पनि सक्रिय रहेको भन्ने बुझिन आएको प्रहरीले जानकारी दिएको छ। 

पक्राउ परेका कटवाल यसअघि पनि किर्ते र ठगी मुद्दामा सजाय पाइसकेका व्यक्ति भएको खुलेको छ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १३:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुर्गा प्रसाईं ४ दिन हिरासतमा रहने
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
राष्ट्रिय परिचयपत्रको वेबसाइट ह्याक
सम्बन्धित सामग्री
जेनजी आन्दोलनमा तोडफोड गर्ने थप पाँच जना पक्राउ जिल्लास्थित विभिन्न सरकारी संरचना, प्रहरी कार्यालय भवन तथा सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न पाँच जनालाई पक्राउ गरिएको जि... मंगलबार, मंसिर २, २०८२
टीयू मैदान वरपर भिडभाड नगर्न प्रहरीको अनुरोध दोस्रो संस्करणको एनपीएल आजदेखि सुरु हुँदैछ। पहिलो खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच दिउँसो ४ बजेबाट सुरू हुनेछ। सोमबार, मंसिर १, २०८२
अवैध लागुऔषध सहित २ जना पक्राउ हिजो साँझ ६ः४० बजे सिराहाको नवराजपुर गाउँपालिका–४ नवराजपुर स्थितमा इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचन... आइतबार, कात्तिक ३०, २०८२
ताजा समाचारसबै
दुर्गा प्रसाईं ४ दिन हिरासतमा रहने मंगलबार, मंसिर २, २०८२
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक मंगलबार, मंसिर २, २०८२
राष्ट्रिय परिचयपत्रको वेबसाइट ह्याक मंगलबार, मंसिर २, २०८२
सुनको मूल्य ३ हजार ८०० रुपैयाँ घट्यो मंगलबार, मंसिर २, २०८२
राष्ट्रिय परिचयपत्रले बढायो मतदाता मंगलबार, मंसिर २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
जनकपुरविरुद्ध टस जित्दै काठमान्डुले फिल्डिङ रोज्यो सोमबार, मंसिर १, २०८२
एनपीएल : उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुरमाथि काठमाण्डू पाँच विकेटले विजयी सोमबार, मंसिर १, २०८२
मक्काबाट मदिना जाँदै गरेका ४२ भारतीयको मृत्यु सोमबार, मंसिर १, २०८२
शेख हसिनाले मानवताविरुद्धको अपराध गरेको अदालतको ठहर सोमबार, मंसिर १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ पार्टी दर्ताका लागि आयोगमा निवेदन मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्