• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
तिब्बतीलाई नेपाली नागरिकता प्रकरण:

नासुले मिलाउँथे ‘डकुमेन्टेसन’को काम, दुई शाखा अधिकृत पनि अनुसन्धानको दायरामा

64x64
नारायण अधिकारी सोमबार, चैत २०, २०७९  १६:२२
1140x725
पक्राउ परेका पाँच जना।

काठमाडौं– तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको प्रकरणमा पक्राउ परेका नासु देवराज गौतमबाट नयाँ तत्थ खुलेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कार्यरत नासु गौतमले तिब्बतीलाई नागरिकता दिलाउने क्रममा मुख्य भूमिका निभाएको देखिएको हो। 

नासु घिमिरेले तिब्बतीलाई नेपाली नागरिकता दिलाउने क्रममा डकुमेन्टेसनको सम्पूर्ण काम गर्ने गरेको पाइएको प्रहरी स्रोतले जानकारी दियो। 

‘तिब्बतीलाई नेपाली नागरिकता बनाउन आवश्यक पर्ने कागजातका विवरणहरू नासु घिमिरेमार्फत् नै संकलन हुने र शाखा अधिकृतसम्म पुग्ने गरेको देखिएको छ’ स्रोतले नेपाल लाइभसँग भन्यो। 

योसँगै नासुले काठमाडौं जिल्ला प्रशासनमा क्यान्टिन चलाएर बसेका ललितपुरको गोदावरी नगरपालिका– ७ घर भएका ३० वर्षीय विजय लामासँग निरन्तर सम्पर्क हुने गरेको पनि देखिएको छ। लामाले तिब्बतीलाई नेपाली नागरिकता दिलाउन काम गर्ने गिरोहसँग सम्पर्क गर्ने र त्यसपछि नासुलाई सम्पर्क गरेर नेपाली नागरिकता बनाउने गरेको खुलेको प्रहरीले जनाएको छ। ‘फोन कल तथा अन्य विभिन्न प्रमाणहरूको अधारमा लामा र नासु घिमिरेबीच निरन्तर सम्पर्क भएको देखिन्छ। लामाले नै नागरिकता बनाउनका लागि चाहिने डकुमेन्ट नासु घिमिरेलाई दिने, उनले रुजु गरेर सम्बन्धित ठाउँमा पुर्‍याउने गरेको देखिएको छ’ प्रहरी स्रोतले भन्यो। 

पक्राउ परेका घिमिरे लामो समयसम्म काठमाडौंको नागरिकता फाँटमा काम गरेका व्यक्ति हुन्। उनैले तयार पारेर लगेको डकुमेन्टको आधारमा तिब्बतीलाई नागकिरता बनाइदिएको खुलेको छ। नागरिकता फाँटमा नासु घिमिरेको जस्तो काम गर्ने अन्य व्यक्ति भए पनि गिरोहले भने हरेक पटक नासु घिमिरेमार्फत् नै काम गरेको समेत देखिएको छ। 

दुई शाखा अधिकृत पनि निगरानीमा
नासु पक्राउ परेपछि दुई शाखा अधिकृत पनि अनुसन्धानको दायरामा तानिने भएका छन्। तिब्बतीलाई नागरिकता दिलाउने काममा भूमिका देखिएकाले पक्राउ परेका नासुको बयान तथा प्रमाणको आधारमा थप दुई शाखा अधिकृतमाथि पनि अनुसन्धान अघि बढाउनुपर्ने देखिएको प्रहरी स्रोतले जानकारी दियो। 

‘अहिले हामीले प्रमाण जुटाउने काम गरिरहेका छौं। पहिला बिचौलियाहरू पक्राउ गर्‍यौं। उनीहरूमार्फत् नासुसम्म पुगियो। अब नासुमाथिको अनुन्धानबाट पनि हामी माथिसम्म पुग्छौं’ स्रोतले भन्यो।

प्रहरीले निरगानी बढाएका दुई शाखा अधिकृतमध्ये एक जना अहिले काठमाडौं उपत्यकामै रहेको र अर्का एक शाखा अधिकृत भने बाहिर रहेको पाइएको प्रहरी स्रोतले बतायो। 

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरूले जानिबुझी थाहा पाएर नै नागरिकता रुजु गर्ने तथा बनाउने काम गरेका हुन् वा अन्जानमा त्यस्तो भएको हो भन्ने पुष्टि गरेर पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा दुई शाखा अधिकृतको समेत मिलेमतो देखिएको खुलेको छ। 

यसको अनुसन्धान प्रक्रिया अन्तिम बिन्दुसम्म पुग्ने गरी काम भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीले बताए। 

‘नागरिकताजस्तो गम्भीर विषयको अनुसन्धान अन्तिम बिन्दुसम्म पुगेर गर्छौं। यसमा बिचमै रोकिने भन्ने हुँदैन’, एसएसपी केसीले भने। 

९ वर्ष क्यान्टिन चलाएका लामाले मिलाउँथे सीडीओ अफिसको सबै धन्दा 
तिब्बतीलाई नेपाली नागरिकता दिलाएको आरोपमा अपराध अनुसन्धान कार्यालयले झापाको कचनाकवल गाउँपालिका–३ का ४७ वर्षीय कृष्णबहादुर कटुवाल, काठमाडौंको बबरमहल घर भइ भक्तपुर ठिमी बस्ने ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङको सुन्दर हरैचा–३ घर भइ ललितपुरको धोबीघाट बस्ने ४९ वर्षीय हिरालाल शिवाकोटी, ललितपुरको गोदावरी नगरपालिका– ७ घर भएका ३० वर्षीय विजय लामा र तनहुँको शुक्लागण्डकी–८ दुलेगौँडास्थित तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका २५ वर्षीय लोब्साङ ठिल्लेलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनीहरूले प्रतिव्यक्ति ५ लाखसम्म लिएर तिब्बतीलाई नागरिकता बिक्री गर्ने गरेको खुलेको थियो। यो गिरोहले नक्कली बुवा, नक्कली साक्षी खडा गरेर नागरिकता बनाउने गरेका थिए। 

कटुवालले विगत १० वर्षदेखि लाइसेन्स र दर्ताबिना नै लेखापढी गर्ने कार्य गर्दै आएका थिए। पक्राउ परेका अर्का व्यक्ति हिरालाल शिवाकोटी समेतको सहयोगमा कटुवालले विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरू, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइसराइँ, विवाह दर्ता, सम्बन्ध बिच्छेद जस्ता वडा कार्यालयको सिफारिस लगायतका महत्त्वपूर्ण कागजात, छाप तथा दस्तखत समेत कीर्ते गर्दै आएका थिए। 

पक्राउ परेका न्युल्केश श्रेष्ठ भने भाडामा नक्कली बाबु बन्ने व्यक्ति हुन्। न्युल्केश श्रेष्ठले हालसम्म गैरनेपाली तिब्बती शरणार्थीहरू सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पा लगायतको सक्कलै नागरिकता बनाउन नक्कली बाबु बनि सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

त्यसवापत उनले प्रतिव्यक्ति १० हजार रुपैयाँ लिने गरेको खुलेको छ। कृष्ण कटुवाल समेतले मिङछुङ शेर्पा नामको नक्कली नेपाली नागरिकता बनाएर प्रतिपटक  १० हजार दिएर भाडामा नक्कली बाबुको रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराइ सनाखत गर्ने गराउने गरेका थिए।

पक्राउ परेका कृष्ण कटवालले किर्ते कागजात तयार गरी गैरनेपाली सक्कली नेपाली नागरिकता दिलाउन प्रतिव्यक्ति  ३ लाखदेखि ५ लाख रुपैयाँसम्म रकम लिने गरेको खुलेको छ। लोब्साङ ठिन्ले तिब्बेतियन शरणार्थी क्याम्पमा बस्दै आएका व्यक्ति हुन्।

विजय लामा विगत ९ वर्षदेखि जिल्ला प्रशासन कार्यालयको क्यान्टिनमा काम गर्दै आएका थिए। उनैले सीडीओ अफिसभित्रको सबै काम गर्ने गरेको खुलेको छ। त्यसवापत १ लाख ५० हजार रुपैयाँ लिएर नासुदेखि विभिन्न व्यक्तिसम्मलाई बाँड्ने गरेका थिए। 

कृष्ण कटुवालले मात्रै विगत ५ देखि ६ वर्षको अवधिमा ५ सय भन्दा बढी व्यक्तिलाई यस्तै प्रक्रियाबाट नागरिकता दिलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 


सम्बन्धित समाचार :
प्रतिव्यक्ति ५ लाख रुपैयाँ लिएर तिब्बती शरणार्थीलाई सक्कली नेपाली नागरिकता

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १६:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्