• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

किन रोकियो संघीय शिक्षा ऐन? ५२ वर्ष पुरानो ऐन पटक–पटक संशोधन गरेर कामचलाउ

64x64
भूपेन्द्र शाह ठकुरी शनिबार, वैशाख २, २०८०  १९:०५
1140x725

काठमाडौं– नयाँ संविधान जारी भइर पनि कार्यान्वयनको चरणमा गएको ८ वर्ष बितिसक्यो। तर संविधानले व्यवस्था गरेका अझै कैयौं ऐनहरु जारी हुन सकिरहेका छैनन्। 

नेपालको संविधानसँग बाझिएका ऐनहरु अमान्य वा बदरभागी हुने कुरा संविधानमै स्पष्ट उल्लेख गरिएको छ। नागरिकता सम्बन्धी ऐन, निजामती ऐनका साथै महत्वपूर्ण ऐनको रुपमा रहेको संघीय शिक्षा ऐनसमेत कहिले आउँछन् भन्नेमा अझै अन्योलता कायमै छ।

२०२८ सालमा बनेको शिक्षा ऐन नै यथावत
हाल मुलुकमा शिक्षा ऐन २०२८ नै कार्यान्वयनमा छ। उक्त शिक्षा ऐन पटक/पटक गरि १६ औं पटक संशोधन भइसकेको छ। २०२८ सालमा तत्कालीन राजा महेन्द्र शाहले राष्ट्रिय पञ्चायतको सल्लाह र सहमतिमा यो ऐन जारी गरेका थिए।

शिक्षा ऐन २०२८ जारी भएको ५२ वर्ष पूरा भइसकेको छ। यस अवधिमा मुलुकमा ठूल–ठूला राजनीतिक घटनाक्रमहरु भए। ऐन जारी भएयता नै मुलुकले जनमत संग्रह, दुईवटा जनआन्दोलन र दुईवटा संविधान पाइसकेको छ। तर अहिलेसम्मसमेत नयाँ शिक्षा ऐन जारी हुन सकेको छैन। 

पटक–पटक यसैलाई संशोधन गरेर काम चलाइँदै आइएको छ। यसमा विभिन्न समयमा सम्बन्धित मन्त्रालयको जिम्मेवारी लिएकाहरु बढी जिम्मेवार देखिन्छन्।

शिक्षामन्त्रीहरुका बाचा नै अधुरा
२०७२ सालको संविधान निर्माणपश्चात मात्रै ८ वटा शिक्षामन्त्रीहरु बने। शिक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नेबित्तिकै मन्त्रीहरुको पहिलो बाचा संघीय  शिक्षा ऐन ल्याउने भन्ने हुन्छ। तर उनीहरु पदमा आसिन हुनुबाहेक अरु थप प्रगति केही गरेको देखिन्न।

मन्त्रीको पदभार ग्रहणलगत्तै ऐन तयार पार्ने बाचा आठ जनाले गरिसके। तर अहिलेसम्म ऐनको मस्यौदासमेत समितिमा पेस हुन सकेको छ। मस्यौदा नै नबनेपछि प्रतिनिधि सभामा छलफलका लागि पुग्ने कुरै भएन। 

यसअघि पूर्वशिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, गिरिराजमणि पोखरेललेसमेत संघीय शिक्षा ऐनलाई प्राथमिकतामा राखेको बताउँदै आएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

अघिल्ला शिक्षामन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐनसहित शिक्षासँग सम्बन्धित पाँच वटा ऐनको मस्यौदा तयारी अवस्थामा रहेको बताएका थिए। साथै पौडेलपछि मन्त्री बनेका शिशिर खनाललेसमेत संघीय शिक्षा ऐनलाई प्राथमिकतामा राखेको दाबी गरे पनि उनी १९ दिनमै मन्त्रीबाट बाहिरिनुपर्‍यो। हाल अशोककुमार राईले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। 

शिक्षा ऐन रोकिनुको कारण के हो?
नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डे संघीय शिक्षा ऐन ल्याउनमा ढिला गर्न नहुने बताउँछन्। २०२८ सालकै शिक्षा ऐनलाई टालटुल पारेर चलाइरहेको उल्लेख गर्दै सांसद पाण्डेले शिक्षा ऐन अबिलम्व ल्याउनुको विकल्प नरहेको बताए।

२०२८ सालको शिक्षा ऐनको मूल धेय पञ्चायतलाई कसरी बलियो बनाउने? भन्ने खालको रहेको बताउँदै उनले मुलुकमा थुप्रै परिवर्तन भइसक्दा समेत शिक्षा ऐन नआउनु दु:खद भएको टिप्पणी गरे। सांसद पाण्डे भन्छन्, ‘उनले लोकतान्त्रिक गणतन्त्रको बेलामा संघीय शिक्षा ऐन ल्याउन ढिला गर्नुहुँदैन। संसद् र सरकारले यस विषयमा गम्भीर हुनुपर्छ।’

त्यसैगरी राष्ट्रिय सभा सदस्य डा खिमलाल देवकोटाले स्वार्थ समूहका कारण ऐन आउनमा ढिलो भएको बताए। सरकारलाई नचाहिने विधेयक प्राथमिकतामा पर्ने तर अत्यावश्यक ऐन बेवास्ता गरिने उनले आरोप लगाए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले भने, ‘सरकारले संसद्‌मा विश्वविद्यालयसम्बन्धी विधेयकहरु ल्याएर आएको छ। एक दर्जनभन्दा बढी विश्वविद्यालयहरु छन्। मुख्य आवश्यकता भनेको संघीय शिक्षा ऐन हो।’ सांसद देवकोटाले संघीय शिक्षा ऐन नहुँदा प्रदेश र स्थानीय तहमा समग्र शिक्षा नीति कस्तो हुनुपर्छ? भन्नेमा अन्योलता रहेको बताए।

उनले योगमाया, मदनभण्डारी लगायतका ऐन जारी भइसकेको उल्लेख गर्दै नेपाल विश्वविद्यालय ऐन टेबल गरेको र आवश्यक विधेयकलाई नल्याएको बताए। उनले विश्वविद्यालयलाई व्यवस्थित पार्नका लागि छाता ऐनलाई सरकारले बेवास्ता गरेको टिप्पणी गरे।

मुलुकलाई चाहिने आवश्यकता भन्दा पनि पृथक समूहको स्वार्थमा सरकार हिँडेको हो कि भन्ने आशंका व्यक्त गरे। उनले थपे, ‘विभिन्न शक्ति केन्द्रको चलखेल छ। स्वार्थ समूह हावी भएका छन्। मेरो अनुभवले पनि हरेक विधेयकको छलफलमासमेत स्वार्थ समूह देखेको छु।’ 

उनले सरकारको प्रतिबद्धताको पनि कमी रहेको टिप्पणी गरे। ओली, देउवा र प्रचण्ड सरकार कसैको पनि इच्छा शक्ति नभएको बताउँदै उनले निजी क्षेत्रका विद्यालयलाई प्रमोड गर्ने खालका नीति अलम्बन गरेको, हरेक पार्टीका लक्ष्य उद्देश्य समाजवाद रहेको भए पनि समाजवाद प्रति प्रतिबद्ध नरहेको आरोप लगाए। 

संविधानमा दश जोड दुईको शिक्षाको अधिकार पालिकालाई दिएको बताउँदै उनले  शिक्षकहरुलाई यताउता गर्न, विद्यालयलाई मर्ज गर्नसमेत नसक्ने अवस्था रहेको दाबी गरे। 

यस्तै पूर्व शिक्षामन्त्री शिशिर खनालले मन्त्रालयमा संघीय शिक्षा ऐनको ड्राप्ट तयारी अवस्थामा रहेको बताए। उनले आफू मन्त्री हुनुभन्दा अघाडिकै मन्त्रीले एउटा ड्राप्ट तयारी गरेको बताए।

उनले भने, ‘म भन्दा अघिल्लो मन्त्रीज्यूले नै संघीय शिक्षा ऐनको ड्राप्ट तयार गर्नु भएको थियो। त्यो मन्त्रीपरिषद्‌मा पुगेर फर्केको रहेछ। मुख्य कुरा त्यसमा सार्वजनिक बहस छलफल भइसकेको छैन। सरोकारवाला निकायसँग छलफल भएको छैन।’

धेरै स्टेक होल्डरहरु भएर उनीहरुको चित्त नबुझेका कारण ढिलो भएको पूर्वमन्त्री खनालको बुझाई छ। उनले आफू मन्त्री हुँदै गर्दा त्यसलाई प्राथमिकतामा राखेर काम सुरु गरेको भए पनि १९ दिनमै मन्त्रीपरिषद्‌बाट बाहिरिनु परेको गुनासो गरे।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्