• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘अपराधी’लाई लिएर एमालेका गिरी र एकीकृत समाजवादीका पाण्डेबीच संसद्‌मा सवालजवाफ

64x64
नेपाल लाइभ बुधबार, चैत २९, २०७९  १६:२७
1140x725

काठमाडौं- बुधबारको प्रतिनिधि सभाको विशेष समयमा बोल्ने क्रममा नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने सन्दर्भमा हालै सार्वजनिक समाचारको प्रसंग जोडे।

८७५ जना नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भन्दै दश लाखदेखि पचास लाखसम्म पैसा उठाएको कुरा बाहिर आएको र त्यसमा पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, एमाले नेता टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी समेतको पनि नाम आएको उनको भनाइ छ। यसबारे केही दिनअघि नेपाल लाइभले  समाचार प्रकाशित भएको थियो।

‘पत्रपत्रिकाले डेढडेढ करोडको चेक काटेको प्रष्टै छापिदिएका छन्। यस्तो खालको जघन्य अपराधजन्य काम भएका छन्, यी सबै ‘अपराधीहरू’लाई कडाइका साथ कारबाही गर्ने गरी सरकारले तत्काल छानबिन गरोस्’, पाण्डेले भने।

त्यसपछि एमालेका प्रमुख सचेतक पदम गिरीले नियमापत्ति गरे। आफ्ना पार्टीका नेताको नाम मुछिएको सो प्रकरणमा गिरीले उनीहरूलाई अपराधी भनिएको भन्दै उनको नियमापत्ति गरे।

पाण्डेप्रति लक्षित गर्दै उनले भने, ‘माननीयज्यूले सदनमा आफ्नो विचारहरू राख्ने सन्दर्भमा यही प्रतिनिधि सभाका अर्का सदस्यलाई अपराधी भनेर बोल्ने काम गर्नुभएको छ। यो हाम्रो संसद्‌मा विद्यमान नियमावलीको विल्कुलै मर्म विपरीत छ।’

Ncell 2
Ncell 2
nimb
nimb

गिरीले पाण्डेको अभिव्यक्तिले संसदीय मर्यादा कायम हुन नसक्ने तर्क गरे। ‘पत्रपत्रिकामा के विषय आयो, त्यो एउटा विषय हो। त्यसको छानबिन गर्ने आफ्नो प्रक्रिया छ। जो कसैलाई पनि छानबिन गर्नुपर्छ। छानबिनको दायरामा ल्याउने राज्यको दायित्व हो। त्यो काम गरोस्। तर, पत्रपत्रिकामा कसैको नाम आएको भरमा कुनै पार्टीको नेता वा कुनै माननीय सांसदलाई अपराधी करार गर्न पाइँदैन। यसमा हाम्रो गम्भीर आपत्ति छ। यो रेकर्डबाट हटाइयोस्'’, उनले भने।

गिरीले नियमापत्ति गरेपछि पाण्डेले प्रतिवाद गर्न चाहे। सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा रानाले उनलाई एक मिनेट समय दिइन्।

उनको भनाइ थियो, ‘पत्रपत्रिकामा नाम आएको छ। यही संसद्कै सदस्यको नाम पनि जोडेर उहाँको छोराको नाममा चेक काटेको भनेर कुरा आएको छ। मैले अपराधीहरूलाई कारबाही गरियोस् भनेर भनेको छु। सांसद फलानोलाई कारबाही गरियोस् भनेको छैन। अपराधी छन् भने सांसद पनि कारबाहीमा पर्नुपर्छ। मेरो भनाइ यति मात्रै हो।’

सम्बन्धित समाचार :
नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी धन्दा : योजनाकार शर्मा पक्राउ
नेपालीलाई शरणार्थी बनाएर ठगी धन्दा: आरोपित नै पीडित बनेर अख्तियारमा उजुरी, मुछे उच्च तहका व्यक्तिको नाम
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहका तीन सदस्य पक्राउ
भुटानी शरणार्थी बनाएर ठगी धन्दा: नेतादेखि कर्मचारी र मन्त्रीका सल्लाहकारसम्म पुग्ला त अनुसन्धान?

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १६:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी
सम्बन्धित सामग्री
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गतेबाट सुरु भएको वडा अधिवेशन अधिकांश स्थानमा सम्पन्न भइसकेको छ। केही स्थानमा भने व... मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? दोहामा छोटो समयको बसाइपछि प्रधानमन्त्री शाह असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार न्युयोर्कतर्फ प्रस्थान गर्नेछन्। न्युयोर्कस्थित जोन एफ... मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान उनी कतार एअरवेजमा दोहा ट्रान्जिट हुँदै न्यूयोर्क पुग्नेछन् । प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल मंगलबार, असोज ६, २०८३
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्