काठमाडौं- इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आउन लागेको नयाँ वर्ष २०८० को अवसरमा सामसङका विभिन्न इलेक्ट्रोनिक उत्पादनहरू टिभीदेखि होम अपलायन्सहरूमा नयाँ वर्ष अफर घोषणा गरेको छ।
यो अफर २०८० साल जेठ २ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ। यो अफर सामसङको लेटेस्ट रेजका टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनका लागि लागू हुनेछ। नयाँ वर्षको यो अफरमा सामसङले आफ्ना कन्जुमर ड्युरेवल्स वस्तुहरूमा ४१ प्रतिशतसम्म क्यासब्याक दिएको छ।
सामसङ टिभी विगत १७ वर्षदेखि विश्वव्यापी रूपमा नम्बर १ मा छ। कलर भोल्युम १ सय प्रतिशत क्वान्टम डट टेक्नोलोजीसहितको सामसङ फ्ल्यागसिप क्युएलइदी टिभीहरूमा आकर्षक क्यासब्याक प्रदान गरिएको छ।
साथै, क्रिस्टल फोर के अल्ट्रा एचडी टिभीको अमेजिङ रेन्ज र तिनीहरूका बिलियन ट्रु कलरहरूमा २५ प्रतिशतसम्मको छुटमा कन्जुमरले आफ्नो घर भित्र्याउन सक्ने कम्पनीले जनाएको छ। सामसङ फ्रेम टिभीहरू, एक टेस्टफुल्ली डिजाइन गरिएको टिभी हो। जसले कन्जुमरहरूलाई बेजेल विकल्पहरूको रेन्जका साथ आफ्नै शैलीको रंगीन टेलिभिजन डिजाइन गर्न सक्ने अनुभूति प्रदान गर्ने कम्पनीको दाबी छ।
यसलाई छुट गरिएको मूल्यमा खरिद गर्न सकिन्छ। त्यसैगरी, सामसङको स्मार्ट टिभीले ग्राहकलाई भ्वाइस असिस्टेन्स, पीसी र म्युजिक सिस्टम जस्ता धेरै सुविधाहरू अनवाइन्ड गर्ने, सिक्ने र अन्वेषण गर्ने अवसर दिने बताइन्छ। एक वर्षको पूर्ण उत्पादन वारेन्टी टिभीमा प्रदान गरिएको छ र कम्पनीले प्यानलहरूमा थप एक वर्षको वारेन्टी प्रदान गर्ने बताइएको छ।
यो नयाँ वर्षसँगै कन्जुमरले आफ्नो भान्छाघरमा पनि नयाँ परिवर्तन ल्याउन सक्ने कम्पनी बताउँछ। साथै, सामसङको इनोभेटिभ साइडबाइ साइड रेफ्रिजरेटरहरू अपग्रेड गर्न सकिन्छ, जुन ७०० लिटर क्षमतासम्मको छ। यस्तै, ३१४ लिटर क्षमताको कर्ड माइस्ट्रो टिएम वा डिजिटल इन्भर्टर डबल डोर र सिंगल डोर रेफ्रिजरेटरहरू सबैका लागि उपलब्ध छन्। यसमा २५ प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी गरिएको छ।
ग्राहकहरूले एआई इकोबबल टिएम वासिङ मेसिनमा पर्सनलाइज्द लन्द्री एक्सपिरिएन्स प्राप्त गर्न सक्छन्। जसमा सजेस्टिभ साइकलहरू उपलब्ध छन् र उनीहरूको ८ केजी, ९ केजी र १२ केजीको भेरियन्टमा २८ प्रतिशतसम्मको ग्यारेन्टी क्यासब्याक उपलब्ध छ। साथै, कन्जुमरहरूले फ्रन्ट लोड वासिङ मेसिनमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्, जुन ८ केजी र ९ केजी क्षमता र हाइजिन स्टिम सुविधासहित आउँछ।
यो विश्वव्यापी रूपमा पहिलो पटक कुनै इलेक्ट्रोनिक ब्रान्डले आफ्नो उत्पादनमा २० वर्षको वारान्टी प्रदान गर्दै छ। सामसङले अब आफ्नो फ्रिजको डिआइटी कम्प्रेसर र वासिङ मेसिनको डिआइटी मोटरमा २० वर्षको वारेन्टी उपलब्ध गराएको छ। जर्मन एसोसिएसन फर इलेक्ट्रिकल, इलेक्ट्रोनिक र सूचना प्रविधि (भर्ब्यान्ड डचर इलेक्ट्रोकनिकर–भीडीई) ले पनि डिजिटल कम्प्रेसर (फ्रिज) लाई २१ वर्षको विश्वसनीयता प्रमाणपत्र प्रदान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।