काठमाडौं- रेफ्रिजीरेटर ब्रान्ड गोडरेजले नयाँ वर्ष २०८० लाई लक्षित गरी 'क्यास ब्याक' योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत ग्राहकहरूले गोडरेजको होम एप्लायन्सहरूको खरिदमा आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार यो योजना चैत १७ गतेदेखि सीमित अवधिसम्म देशभरि लागू भइरहेको छ।
ग्राहकहरूले हरेक गोडरेजको सामानको खरिदमा २६ प्रतिशतसम्मको अधिकतम छुट पाउन सकिने कम्पनीले जनाएको छ।
यस्तै, कम्पनीले फ्रि डेलिभरी, फ्रि इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गर्नुका साथै गोदरेजका सामानहरूमा १० वर्षको कम्प्रेसर वारेन्टी र मोटर वारेन्टी रहेको जनाएको छ।
नेपालभर गोडरेज ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी इओएल रहेको छ।
कम्पनीका सीजी डिजिटल शोरुमहरू काठमाडौं उपत्यकाभित्र टङ्गाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गठ्ठाघर, कीर्तिपुर, रविभवन, हात्तीगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।