• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिम सरकार विस्तार केन्द्र सरकारका कारण अनिर्णित

64x64
भूपेन्द्र शाह ठकुरी मंगलबार, चैत १४, २०७९  १६:२५
1140x725

काठमाडौं- प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएको चार महिना पूरा भइसक्दा पनि केन्द्र सरकारले पूर्णता पाउन सकेको छैन। 

निर्वाचन लगत्तै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने। तर सत्ता समीकरणमा आएको फेरबदलका कारण दुई महिनामै एमाले तथा राप्रपा सरकारबाट बाहिरिए। रास्वपाले भने सत्ताबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन कायमै राखेको छ।

हाल नेपाली कांग्रेस लगायतको समर्थनमा सत्ता-गठबन्धनबाट बनेको केन्द्र सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक्लैले १६ वटा मन्त्रालयको कार्यभार सम्हाल्दै आएका छन्।

केन्द्र सरकारको समीकरणमा आएको परिवर्तनको प्रत्यक्ष असर प्रदेश सरकारमा समेत परेको छ। जसका कारण यसअघि बनेका प्रदेश सरकारहरू पनि ढल्ने र बन्ने प्रक्रिया सुरु भइसकेको छ। 

केन्द्र सरकारको समीकरण अनुसार नै सुरुमा सुदूरपश्चिममा नेकपा एमालेले प्रदेश सरकार गठन गरेको थियो। संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्री नियुक्त भएका थिए। 

माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा एमालेका रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। अनन्त: त्यही गठबन्धन दलमा रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा र केन्द्र सरकारमा आएको उतारचढावका कारण रावलले  मुख्यमन्त्री पद गुमाउनुपर्‍यो। 

नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका आफ्ना नेता रेशम चौधरीलाई रिहा गर्नुपर्ने मुख्य सर्त राखेको थियो। चौधरीको रिहाइ नहुने स्थिति देखापरेसँगै नागरिक उन्मुक्तिका सांसदहरूले मुख्यमन्त्री रावललाई विश्वासको मत दिएनन्। जसका कारण रावल सत्ताच्युत हुन पुगे।

सुदूरपश्चिम प्रदेश सरकारमा ५३ सदस्यीय प्रदेश सभा छ। जसमा कांग्रेसका १९, नेकपा एसकाका ४, एमालेका १०, माओवादी केन्द्रका ११ (सभामुखसहित), नागरिक उन्मुक्ति पार्टीका ७, राप्रपाका एक र एक स्वतन्त्र सांसद रहेका छन्।

Ncell 2
Ncell 2

एमालेले विश्वासको मत नपाउँदा सरकारको नेतृत्व कांग्रेसको पोल्टामा 
सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले विश्वासको मत प्राप्त गर्न नसक्दा ठूलो दलको हैसियतले कांग्रेसले सरकार गठन गर्‍यो। एमालेको नेतृत्वमा सरकार गठन भएको एक महिनामै सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन भएको थियो। 

एमालेका मुख्यमन्त्री रावलले विश्वासको मत प्राप्त गर्न नसक्दा संविधानको धारा १६८ को उपधारा(३) अनुसार ठूलो दलको हैसियतमा गत माघ २६ गते कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भए।

शाहले फागुन २१ गते प्रदेश सभामार्फत दुई तिहाइ बढी मतसहित विश्वासको मत प्राप्त गरेका थिए। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा शाहले विश्वासको मत लिँदै गर्दा ५२ जना प्रदेश सांसदको उपस्थिति रहेको थियो। शाहको पक्षमा ४१ मत र विपक्षीमा ११ मत परेको थियो।

मन्त्रिपरिषद्ले कहिले पाउँछ पूर्णता?
सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएसँगै नेकपा एसका तर्फबाट नरेशकुमार शाही आर्थिक मामिला मन्त्री र कांग्रेस सांसद प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास मन्त्री गरी तीन सदस्यीय मन्त्रिमण्डल बनाइएको थियो।

कांग्रेसलाई विश्वासको मत दिएको माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी समेत सरकारमा जानका तत्पर देखिएका छन्। तर केन्द्र सरकारका कारण सुदूरपश्चिम प्रदेश सरकार विस्तार अनिर्णित बनेको देखिन्छ। 

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री शाहीले केन्द्र सरकारका कारण नै मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताए। उनले भने, ‘केन्द्र सरकारले कहिले पूर्णता पाउँछ भनेर पर्खिराखेका छौँ।  हामी पनि छिट्टै पूर्णता पाउनु पर्छ भनेर लागिरहेका छौँ। केन्द्र सरकारको विषय टुङ्गिने बित्तिकै प्रदेश सरकारले पूर्णता पाउँछ।’

मन्त्री शाहीले केन्द्र टुङ्गिएपछि मात्रै प्रदेशको विषयमा छलफल हुने बताए। यस विषयमा प्रदेश सरकार गम्भीर भएर छलफलमा जुटिरहेको उनको भनाइ छ।

त्यसैगरी, माओवादी केन्द्रका सांसद अक्कलबहादुर रावल पनि केन्द्र सरकारकै कारण सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तार हुनमा ढिलाइ भएको ठोकुवा गर्छन्। उनले भने, ‘केन्द्रको सरकार र प्रदेशको सरकार सँगसँगै विस्तार हुने कुरा हो। केन्द्रमा भागबन्डा नमिलेर प्रदेशमा समेत ढिलाइ भएको हो।’

सांसद रावलले मुख्यमन्त्री नपाएको कारण बजेट र विकासका दृष्टिकोणले प्रभाव पार्ने मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरे। उनले  अर्थ, भौतिक र सामाजिक मन्त्रालयमा आफ्नो पार्टीले दाबी गरिरहेको बताए।

त्यसैगरी, नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरीले सङ्घीय सरकारको मन्त्रिपरिषद् विस्तारपछि मात्रै प्रदेश सरकारले पूर्णता पाउने आफूले जानकारी पाएको बताए। उनले भने, ‘सङ्घीय सरकार विस्तारपछि मात्रै प्रदेश सरकार विस्तार हुने जानकारी मुख्यमन्त्रीज्यूले हामीलाई दिनुभएको छ।’ उनले एउटा समितिको सभापतिसहित सामाजिक र कृषि मन्त्रालयमा आफ्नो पार्टीको दाबी रहने समेत प्रस्ट पारे।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १६:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
जसपाबाट टिकट नपाएपछि पूर्वमन्त्री यादव एमाले प्रवेश एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई खादा लगाइदिँदै पार्टीमा स्वागत गरेका थिए । यादवसँगै वीरगन्जका मेयर राजेशमान सिंह सहितका कार्य... सोमबार, माघ ५, २०८२
जानकी मन्दिरको आरतीमा पुगे बालेन र अमरेश, लहानको शहीद पार्कमा बिहान ८ बजे पुग्दै मन्दिरमा नियमित हुने बिहानी आरतीमा सहभागी हुन बालेन त्यहाँ पुगेका हुन्। सोमबार, माघ ५, २०८२
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० मध्ये ६ वटा निर्वाचन क्षेत्रमा आफ्न... आइतबार, माघ ४, २०८२
ताजा समाचारसबै
जसपाबाट टिकट नपाएपछि पूर्वमन्त्री यादव एमाले प्रवेश सोमबार, माघ ५, २०८२
जानकी मन्दिरको आरतीमा पुगे बालेन र अमरेश, लहानको शहीद पार्कमा बिहान ८ बजे पुग्दै सोमबार, माघ ५, २०८२
आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै सोमबार, माघ ५, २०८२
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्