• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिम सरकार विस्तार केन्द्र सरकारका कारण अनिर्णित

64x64
भूपेन्द्र शाह ठकुरी मंगलबार, चैत १४, २०७९  १६:२५
1140x725

काठमाडौं- प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएको चार महिना पूरा भइसक्दा पनि केन्द्र सरकारले पूर्णता पाउन सकेको छैन। 

निर्वाचन लगत्तै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने। तर सत्ता समीकरणमा आएको फेरबदलका कारण दुई महिनामै एमाले तथा राप्रपा सरकारबाट बाहिरिए। रास्वपाले भने सत्ताबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन कायमै राखेको छ।

हाल नेपाली कांग्रेस लगायतको समर्थनमा सत्ता-गठबन्धनबाट बनेको केन्द्र सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक्लैले १६ वटा मन्त्रालयको कार्यभार सम्हाल्दै आएका छन्।

केन्द्र सरकारको समीकरणमा आएको परिवर्तनको प्रत्यक्ष असर प्रदेश सरकारमा समेत परेको छ। जसका कारण यसअघि बनेका प्रदेश सरकारहरू पनि ढल्ने र बन्ने प्रक्रिया सुरु भइसकेको छ। 

केन्द्र सरकारको समीकरण अनुसार नै सुरुमा सुदूरपश्चिममा नेकपा एमालेले प्रदेश सरकार गठन गरेको थियो। संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्री नियुक्त भएका थिए। 

माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा एमालेका रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। अनन्त: त्यही गठबन्धन दलमा रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा र केन्द्र सरकारमा आएको उतारचढावका कारण रावलले  मुख्यमन्त्री पद गुमाउनुपर्‍यो। 

नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका आफ्ना नेता रेशम चौधरीलाई रिहा गर्नुपर्ने मुख्य सर्त राखेको थियो। चौधरीको रिहाइ नहुने स्थिति देखापरेसँगै नागरिक उन्मुक्तिका सांसदहरूले मुख्यमन्त्री रावललाई विश्वासको मत दिएनन्। जसका कारण रावल सत्ताच्युत हुन पुगे।

सुदूरपश्चिम प्रदेश सरकारमा ५३ सदस्यीय प्रदेश सभा छ। जसमा कांग्रेसका १९, नेकपा एसकाका ४, एमालेका १०, माओवादी केन्द्रका ११ (सभामुखसहित), नागरिक उन्मुक्ति पार्टीका ७, राप्रपाका एक र एक स्वतन्त्र सांसद रहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

एमालेले विश्वासको मत नपाउँदा सरकारको नेतृत्व कांग्रेसको पोल्टामा 
सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले विश्वासको मत प्राप्त गर्न नसक्दा ठूलो दलको हैसियतले कांग्रेसले सरकार गठन गर्‍यो। एमालेको नेतृत्वमा सरकार गठन भएको एक महिनामै सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन भएको थियो। 

एमालेका मुख्यमन्त्री रावलले विश्वासको मत प्राप्त गर्न नसक्दा संविधानको धारा १६८ को उपधारा(३) अनुसार ठूलो दलको हैसियतमा गत माघ २६ गते कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भए।

शाहले फागुन २१ गते प्रदेश सभामार्फत दुई तिहाइ बढी मतसहित विश्वासको मत प्राप्त गरेका थिए। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा शाहले विश्वासको मत लिँदै गर्दा ५२ जना प्रदेश सांसदको उपस्थिति रहेको थियो। शाहको पक्षमा ४१ मत र विपक्षीमा ११ मत परेको थियो।

मन्त्रिपरिषद्ले कहिले पाउँछ पूर्णता?
सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएसँगै नेकपा एसका तर्फबाट नरेशकुमार शाही आर्थिक मामिला मन्त्री र कांग्रेस सांसद प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास मन्त्री गरी तीन सदस्यीय मन्त्रिमण्डल बनाइएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कांग्रेसलाई विश्वासको मत दिएको माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी समेत सरकारमा जानका तत्पर देखिएका छन्। तर केन्द्र सरकारका कारण सुदूरपश्चिम प्रदेश सरकार विस्तार अनिर्णित बनेको देखिन्छ। 

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री शाहीले केन्द्र सरकारका कारण नै मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताए। उनले भने, ‘केन्द्र सरकारले कहिले पूर्णता पाउँछ भनेर पर्खिराखेका छौँ।  हामी पनि छिट्टै पूर्णता पाउनु पर्छ भनेर लागिरहेका छौँ। केन्द्र सरकारको विषय टुङ्गिने बित्तिकै प्रदेश सरकारले पूर्णता पाउँछ।’

मन्त्री शाहीले केन्द्र टुङ्गिएपछि मात्रै प्रदेशको विषयमा छलफल हुने बताए। यस विषयमा प्रदेश सरकार गम्भीर भएर छलफलमा जुटिरहेको उनको भनाइ छ।

त्यसैगरी, माओवादी केन्द्रका सांसद अक्कलबहादुर रावल पनि केन्द्र सरकारकै कारण सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तार हुनमा ढिलाइ भएको ठोकुवा गर्छन्। उनले भने, ‘केन्द्रको सरकार र प्रदेशको सरकार सँगसँगै विस्तार हुने कुरा हो। केन्द्रमा भागबन्डा नमिलेर प्रदेशमा समेत ढिलाइ भएको हो।’

सांसद रावलले मुख्यमन्त्री नपाएको कारण बजेट र विकासका दृष्टिकोणले प्रभाव पार्ने मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरे। उनले  अर्थ, भौतिक र सामाजिक मन्त्रालयमा आफ्नो पार्टीले दाबी गरिरहेको बताए।

त्यसैगरी, नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरीले सङ्घीय सरकारको मन्त्रिपरिषद् विस्तारपछि मात्रै प्रदेश सरकारले पूर्णता पाउने आफूले जानकारी पाएको बताए। उनले भने, ‘सङ्घीय सरकार विस्तारपछि मात्रै प्रदेश सरकार विस्तार हुने जानकारी मुख्यमन्त्रीज्यूले हामीलाई दिनुभएको छ।’ उनले एउटा समितिको सभापतिसहित सामाजिक र कृषि मन्त्रालयमा आफ्नो पार्टीको दाबी रहने समेत प्रस्ट पारे।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १६:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार सार्वजनिक कार्डमा उनले सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक... बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत आर्थिक सम्बन्धलाई उत्पादनमूलक, विविधतायुक्त र दिगो बनाउन व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रव... बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनसहित अमेरिकी कंग्रेसका कर्मचारीहरूको प्रतिनिधिमण्डलले बाढी प्रभावित क्षेत्... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्