काठमाडौं- बञ्चरे डाँडा ल्यान्डफिल्ड साइट नजिकका बासिन्दाका विषयमा सरकार गम्भीर नभएको बताउँदै फेरि फोहर बिसर्जनमा अवरोध सिर्जना गर्ने चेतावनी स्थानीयले दिएका छन्।
बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय लगायतलाई पत्र लेख्दै यस्तो चेतावनी दिएको हो।
फोहर बिसर्जन गर्ने गरेका कारण नकारात्मक प्रभाव परेको गाउँ क्षेत्रका बासिन्दाको जिउधन रक्षाका बारेमा ध्यानाकर्षण गराए पनि सरकारले बेवास्ता गरेको उनीहरुको आरोप छ। नागरिकले स्वच्छ वातावरणमा बस्न पाउने हकको हनन भइरहेकाले त्यसलाई ख्याल गरेर सरकारले काम थाल्नुपर्ने उनीहरुको भनाइ छ।
प्रभावित क्षेत्र मानव बस्तीविहीन बनाउने वा फोहरमैला निषेधित गर्ने भन्ने विषयमा २०८० वैशाख मसान्तभित्र सरकारको धारणा आउनेपर्ने उक्त समितिको भनाइ छ। यदि त्यस्तो वातावरण नबनेको अवस्थामा जेठ १ देखि फोहर बिसर्जनमा रोक लगाइने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।