• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्ववियुको ‘नर्सरी’बाट उदाएका चर्चित नेताहरू

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, चैत १, २०७९  ०८:१७
1140x725

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को इतिहास हेर्ने हो भने २०१८ सालमा पहिलो पटक त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु निर्वाचन भएको देखिन्छ। स्ववियुमार्फत राजनीति थालेका विद्यार्थी नेताहरू हाल देशको मूल राजनीतिको नेतृत्व तहमा छन्।

स्ववियुलाई विद्यार्थीका मुद्दाहरुबारे आवाज उठाउने, उनीहरूका समस्या समाधान गर्न पहल गर्ने र शैक्षिक तथा नीतिगत तहमा सुधारका निम्ति पहल गर्ने राजनीतिक नर्सरीको रूपमा बुझ्ने गरिन्छ। 

यतिबेला 'मिनी पार्लियामेन्ट' का रूपमा चिनिने स्वतन्त्र विद्यार्थी युनियनको चुनावी सरगर्मी बढ्दै गएको छ। १४ वर्षसम्म हुन नसकेको स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ।

स्वतन्त्र विद्यार्थी युनियनबाट उदाएका नेताहरूले अहिले मुलुकको मूलधारको राजनीति गर्दैआएका छन्। स्ववियुबाट आएका नेताहरु कोही पार्टीको उपल्लो तहमा छन् भने कोही पावरफुल मन्त्री, मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्म भइसकेका छन्।

आसन्न स्ववियु निर्वाचनका लागि शनिबार विद्यार्थी सङ्गठनहरूले उम्मेदवारी दर्ता गरिसकेका छन्। हालसम्म अनेरास्ववियु क्रान्तिकारी २५, नेविसंघ ११ र अनेरास्ववियु २९ वटा क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छन्।

खासगरी स्वतन्त्र विद्यार्थी युनियनबाट उदाएका विद्यार्थी नेताहरू नै पछि गएर मूल राजनीतिमा प्रवेश गरेको देखिन्छ। स्ववियु निर्वाचनमार्फत राजनीतिमा प्रवेश गरेर मूल राजनीतिको नेतृत्व गरेका केही चर्चित व्यक्तिहरूको चर्चा गरौँ।

दमननाथ ढुंगाना: स्ववियु सभापतिदेखि सभामुखसम्म
पूर्वसभामुख दमननाथ ढुंगाना स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमार्फत राजनीतिमा आएका चर्चित व्यक्ति हुन्। उनी त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा विसं.२०१९ देखि २०२० सम्म स्ववियु सभापित भएका थिए। तत्कालीन सभापति नवराज सुवेदीले विद्यार्थी आन्दोलनलाई साथ नदिई निर्दलीय व्यवस्था प्रवेश गरेकाले विशेष साधारण सभाबाट उनलाई हटाई उपसभापति दमननाथ ढुङ्गानालाई सर्वसम्मतिबाट सभापति बनाइएको थियो। 

नेपाली कांग्रेसका नेता तथा वरिष्ठ अधिवक्ता ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौँ जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई सभामुख समेत बनेका थिए। उनले २०४८-२०५१ सम्म सभामुखको जिम्मेवारी सम्हालेका थिए। 

Ncell 2
Ncell 2

स्ववियु हारेका शेरबहादुर पाँच पटक प्रधानमन्त्री 
शेरबहादुर देउवा विसं. २०२७ सालमा त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिमा प्रगतिशील समूह नेकपाका विद्यार्थी नेता बालमुकुन्द खरेलसँग पराजित भएका थिए। स्ववियु सभापतिमा पराजित भए पनि उनी पाँच पटक देशको प्रधानमन्त्री बन्न सफल भए। 

प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेपाल विद्यार्थी संघ (नेविसंघ)का प्रथम सभापति समेत हुन्। उनी २०४८ सालदेखि निरन्तर रूपमा प्रतिनिधि सभा निर्वाचन जित्दै आएका छन्।

बालकृष्ण खाँण: विद्यार्थी आन्दोलन हुँदै गृहमन्त्री 
निर्वतमान गृहमन्त्री बालकृष्ण खाँण पनि विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। उनी २०४३ सालमा त्रिभुवन विश्वविद्यालयमा स्ववियु सभापति निर्वाचित भएका थिए। खाँणले नेकपा(माले) निकट अनेरास्ववियुका उदयराज पाण्डेलाई पराजित गरेका थिए।

२०७३ को प्रचण्ड मन्त्रिपरिषदमा रक्षा मन्त्री रहेका खाँण २०७८ देखि २०७९ पुससम्म गृहमन्त्री भएका थिए। २०७० को संविधान सभा निर्वाचनमा उनी रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।

२०३० सालबाट विद्यार्थी राजनीति प्रारम्भ गरेका खाँण हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। २०७४ को निर्वाचनमा समानुपातिकबाट निर्वाचित उनी सङ्घीय संसद्को प्रतिनिधि सभामा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक समेत बनेका थिए।

खाँणले त्रिवि स्ववियु सभापति, नेपाल विद्यार्थी सङ्घको अध्यक्ष र तरुण दलको अध्यक्षको जिम्मेदारी समेत सम्हालिसकेका छन्। २०४८ को संसदीय निर्वाचनमा रुपन्देही क्षेत्र ३ बाट विजयी खाँण २०७० को संविधान सभा पनि निर्वाचित भएका थिए। उनी २०७९ को निर्वाचनमा भने पराजित भए। 

स्ववियु सभापति हुँदै मुख्यमन्त्री बनेका पोखरेल 
नेकपा एमालेका महासचिव शंकर पोखरेल त्रिभुवन विश्वविद्यालयबाट २०४५ सालमा स्ववियु सभापति निर्वाचित भएका थिए। उनले नेविसंघका गोवर्धन रानालाई पराजित गरेका थिए। 

पोखरेल लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री समेत हुन्। उनी २०५१ सालको संसदीय निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका पोखरेल २०५६ मा पनि सोही क्षेत्रमा उम्मेदवार थिए। तर, कांग्रेसका बुद्धिराम भण्डारीसँग पराजित भए। अहिलेको प्रतिनिधि सभा निर्वाचनमा भने उनी माओवादीकी केन्द्रकी रेखा शर्मासँग पराजित भए।

विद्यार्थी आन्दोलनबाट २०३५ सालदेखि राजनीतिमा उदाएका उनी अनेरास्ववियु अध्यक्ष  समेत बनेका थिए। पोखरेल हाल नेकपा एमालेका महासचिवको जिम्मेवारीमा छन्।

जगन्नाथ खतिवडाको यात्रा
नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगनाथ खतिवडा २०४९ सालमा त्रिभुवन विश्वविद्यालयबाट अनेरास्ववियुका तर्फबाट स्ववियु सभापतिमा निर्वाचित भएका थिए। 

खतिवडाले निकटतम प्रतिस्पर्धी नेविसंघका वीरबहादुर बलायरलाई पराजित गरेका थिए। तत्कालीन नेकपा एमालेका नेता रहेका खतिवडा नेकपा  विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। उनी हाल नेकपा एसको प्रवक्ताको भूमिकामा समेत रहेका छन्।

त्रिचन्द्रका सभापति गगन कांग्रेसको महामन्त्री  
नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि स्ववियुकै नर्सरीबाट उदाएका नेता हुन्। उनी २०५१ सालमा त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भए। त्रिचन्द्रको स्ववियुमा सदस्य, सचिव हुँदै २०५५ सालमा सभापति बनेका गगन नेविसंघको केन्द्रीय उपाध्यक्ष हुँदै महामन्त्री समेत बने। 

उनी दोस्रो जनआन्दोलनमा आफ्नो बागी शैली र चर्चित अभिव्यक्तिबाट कारण चर्चामा आएका थिए। त्यही वरिपरिको सङ्घर्षमा उनले राज्य द्रोहको मुद्दा समेत खेपेका थिए।

२०६४ सालको संविधान सभा निर्वाचनमा समानुपातिक सभासद् भएका उनी २०७३ मा गठित पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री भएका थिए। उनी २०७० र २०७४ को निर्वाचनमा काठमाडौँ–४ बाट निर्वाचित भएका थिए।

स्ववियु सभापति हुँदै एमाले सचिवसम्म योगेश 
एमाले सचिव योगेश भट्टराईको राजनीतिक यात्रा पनि विद्यार्थी आन्दोलनबाटै सुरु भएको थियो। उनी पटक-पटक स्ववियुको निर्वाचनमा भाग लिँदै २०५१ सालमा अनेरास्ववियुको अध्यक्ष भएका थिए।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका उनी २०७४ को निर्वाचनमा ताप्लेजुङ-१ बाट निर्वाचित भएका थिए। २०६४ र २०७० को पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौँ ६ प्रतिस्पर्धा गरेका उनी पराजित भएका थिए। भट्टराई केपी ओली नेतृत्वको सरकारमा २०७६ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए। 

खगराज अधिकारी: विद्यार्थी राजनीतिदेखि गृहमन्त्री हुँदै मुख्यमन्त्रीसम्म
पूर्व गृहमन्त्री  खगराज अधिकारी २०४०/०४१ मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति भएका थिए। अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्षसम्मको जिम्मेवारी सम्हाल्दै मुलधारको राजनीतिमा आएका अधिकारी २०५१ सालको आम निर्वाचनमा कास्कीबाट निर्बाचित भएका थिए। आम निर्वाचन, २०५६ र संविधान सभा निर्वाचन, २०६४ मा पराजित अधिकारीले दोस्रो संविधान सभा निर्वाचन २०७० मा भने टिकट नै पाएनन्। उनी प्रतिनिधि सभा निर्वाचन २०७४ मा कास्कीबाटै निर्वाचित भएका थिए।

निर्वाचन २०७९ मा प्रदेश सभा सदस्य जितेका अधिकारी हाल गण्डकी प्रदेशको मुख्यमन्त्री छन्।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  ०८:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
जसपाबाट टिकट नपाएपछि पूर्वमन्त्री यादव एमाले प्रवेश एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई खादा लगाइदिँदै पार्टीमा स्वागत गरेका थिए । यादवसँगै वीरगन्जका मेयर राजेशमान सिंह सहितका कार्य... सोमबार, माघ ५, २०८२
जानकी मन्दिरको आरतीमा पुगे बालेन र अमरेश, लहानको शहीद पार्कमा बिहान ८ बजे पुग्दै मन्दिरमा नियमित हुने बिहानी आरतीमा सहभागी हुन बालेन त्यहाँ पुगेका हुन्। सोमबार, माघ ५, २०८२
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० मध्ये ६ वटा निर्वाचन क्षेत्रमा आफ्न... आइतबार, माघ ४, २०८२
ताजा समाचारसबै
जसपाबाट टिकट नपाएपछि पूर्वमन्त्री यादव एमाले प्रवेश सोमबार, माघ ५, २०८२
जानकी मन्दिरको आरतीमा पुगे बालेन र अमरेश, लहानको शहीद पार्कमा बिहान ८ बजे पुग्दै सोमबार, माघ ५, २०८२
आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै सोमबार, माघ ५, २०८२
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्