• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्ववियुको ‘नर्सरी’बाट उदाएका चर्चित नेताहरू

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, चैत १, २०७९  ०८:१७
1140x725

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को इतिहास हेर्ने हो भने २०१८ सालमा पहिलो पटक त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु निर्वाचन भएको देखिन्छ। स्ववियुमार्फत राजनीति थालेका विद्यार्थी नेताहरू हाल देशको मूल राजनीतिको नेतृत्व तहमा छन्।

स्ववियुलाई विद्यार्थीका मुद्दाहरुबारे आवाज उठाउने, उनीहरूका समस्या समाधान गर्न पहल गर्ने र शैक्षिक तथा नीतिगत तहमा सुधारका निम्ति पहल गर्ने राजनीतिक नर्सरीको रूपमा बुझ्ने गरिन्छ। 

यतिबेला 'मिनी पार्लियामेन्ट' का रूपमा चिनिने स्वतन्त्र विद्यार्थी युनियनको चुनावी सरगर्मी बढ्दै गएको छ। १४ वर्षसम्म हुन नसकेको स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ।

स्वतन्त्र विद्यार्थी युनियनबाट उदाएका नेताहरूले अहिले मुलुकको मूलधारको राजनीति गर्दैआएका छन्। स्ववियुबाट आएका नेताहरु कोही पार्टीको उपल्लो तहमा छन् भने कोही पावरफुल मन्त्री, मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्म भइसकेका छन्।

आसन्न स्ववियु निर्वाचनका लागि शनिबार विद्यार्थी सङ्गठनहरूले उम्मेदवारी दर्ता गरिसकेका छन्। हालसम्म अनेरास्ववियु क्रान्तिकारी २५, नेविसंघ ११ र अनेरास्ववियु २९ वटा क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छन्।

खासगरी स्वतन्त्र विद्यार्थी युनियनबाट उदाएका विद्यार्थी नेताहरू नै पछि गएर मूल राजनीतिमा प्रवेश गरेको देखिन्छ। स्ववियु निर्वाचनमार्फत राजनीतिमा प्रवेश गरेर मूल राजनीतिको नेतृत्व गरेका केही चर्चित व्यक्तिहरूको चर्चा गरौँ।

दमननाथ ढुंगाना: स्ववियु सभापतिदेखि सभामुखसम्म
पूर्वसभामुख दमननाथ ढुंगाना स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमार्फत राजनीतिमा आएका चर्चित व्यक्ति हुन्। उनी त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा विसं.२०१९ देखि २०२० सम्म स्ववियु सभापित भएका थिए। तत्कालीन सभापति नवराज सुवेदीले विद्यार्थी आन्दोलनलाई साथ नदिई निर्दलीय व्यवस्था प्रवेश गरेकाले विशेष साधारण सभाबाट उनलाई हटाई उपसभापति दमननाथ ढुङ्गानालाई सर्वसम्मतिबाट सभापति बनाइएको थियो। 

नेपाली कांग्रेसका नेता तथा वरिष्ठ अधिवक्ता ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौँ जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई सभामुख समेत बनेका थिए। उनले २०४८-२०५१ सम्म सभामुखको जिम्मेवारी सम्हालेका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

स्ववियु हारेका शेरबहादुर पाँच पटक प्रधानमन्त्री 
शेरबहादुर देउवा विसं. २०२७ सालमा त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिमा प्रगतिशील समूह नेकपाका विद्यार्थी नेता बालमुकुन्द खरेलसँग पराजित भएका थिए। स्ववियु सभापतिमा पराजित भए पनि उनी पाँच पटक देशको प्रधानमन्त्री बन्न सफल भए। 

प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेपाल विद्यार्थी संघ (नेविसंघ)का प्रथम सभापति समेत हुन्। उनी २०४८ सालदेखि निरन्तर रूपमा प्रतिनिधि सभा निर्वाचन जित्दै आएका छन्।

बालकृष्ण खाँण: विद्यार्थी आन्दोलन हुँदै गृहमन्त्री 
निर्वतमान गृहमन्त्री बालकृष्ण खाँण पनि विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। उनी २०४३ सालमा त्रिभुवन विश्वविद्यालयमा स्ववियु सभापति निर्वाचित भएका थिए। खाँणले नेकपा(माले) निकट अनेरास्ववियुका उदयराज पाण्डेलाई पराजित गरेका थिए।

२०७३ को प्रचण्ड मन्त्रिपरिषदमा रक्षा मन्त्री रहेका खाँण २०७८ देखि २०७९ पुससम्म गृहमन्त्री भएका थिए। २०७० को संविधान सभा निर्वाचनमा उनी रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।

२०३० सालबाट विद्यार्थी राजनीति प्रारम्भ गरेका खाँण हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। २०७४ को निर्वाचनमा समानुपातिकबाट निर्वाचित उनी सङ्घीय संसद्को प्रतिनिधि सभामा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक समेत बनेका थिए।

खाँणले त्रिवि स्ववियु सभापति, नेपाल विद्यार्थी सङ्घको अध्यक्ष र तरुण दलको अध्यक्षको जिम्मेदारी समेत सम्हालिसकेका छन्। २०४८ को संसदीय निर्वाचनमा रुपन्देही क्षेत्र ३ बाट विजयी खाँण २०७० को संविधान सभा पनि निर्वाचित भएका थिए। उनी २०७९ को निर्वाचनमा भने पराजित भए। 

स्ववियु सभापति हुँदै मुख्यमन्त्री बनेका पोखरेल 
नेकपा एमालेका महासचिव शंकर पोखरेल त्रिभुवन विश्वविद्यालयबाट २०४५ सालमा स्ववियु सभापति निर्वाचित भएका थिए। उनले नेविसंघका गोवर्धन रानालाई पराजित गरेका थिए। 

पोखरेल लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री समेत हुन्। उनी २०५१ सालको संसदीय निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका पोखरेल २०५६ मा पनि सोही क्षेत्रमा उम्मेदवार थिए। तर, कांग्रेसका बुद्धिराम भण्डारीसँग पराजित भए। अहिलेको प्रतिनिधि सभा निर्वाचनमा भने उनी माओवादीकी केन्द्रकी रेखा शर्मासँग पराजित भए।

विद्यार्थी आन्दोलनबाट २०३५ सालदेखि राजनीतिमा उदाएका उनी अनेरास्ववियु अध्यक्ष  समेत बनेका थिए। पोखरेल हाल नेकपा एमालेका महासचिवको जिम्मेवारीमा छन्।

जगन्नाथ खतिवडाको यात्रा
नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगनाथ खतिवडा २०४९ सालमा त्रिभुवन विश्वविद्यालयबाट अनेरास्ववियुका तर्फबाट स्ववियु सभापतिमा निर्वाचित भएका थिए। 

खतिवडाले निकटतम प्रतिस्पर्धी नेविसंघका वीरबहादुर बलायरलाई पराजित गरेका थिए। तत्कालीन नेकपा एमालेका नेता रहेका खतिवडा नेकपा  विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। उनी हाल नेकपा एसको प्रवक्ताको भूमिकामा समेत रहेका छन्।

त्रिचन्द्रका सभापति गगन कांग्रेसको महामन्त्री  
नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि स्ववियुकै नर्सरीबाट उदाएका नेता हुन्। उनी २०५१ सालमा त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भए। त्रिचन्द्रको स्ववियुमा सदस्य, सचिव हुँदै २०५५ सालमा सभापति बनेका गगन नेविसंघको केन्द्रीय उपाध्यक्ष हुँदै महामन्त्री समेत बने। 

उनी दोस्रो जनआन्दोलनमा आफ्नो बागी शैली र चर्चित अभिव्यक्तिबाट कारण चर्चामा आएका थिए। त्यही वरिपरिको सङ्घर्षमा उनले राज्य द्रोहको मुद्दा समेत खेपेका थिए।

२०६४ सालको संविधान सभा निर्वाचनमा समानुपातिक सभासद् भएका उनी २०७३ मा गठित पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री भएका थिए। उनी २०७० र २०७४ को निर्वाचनमा काठमाडौँ–४ बाट निर्वाचित भएका थिए।

स्ववियु सभापति हुँदै एमाले सचिवसम्म योगेश 
एमाले सचिव योगेश भट्टराईको राजनीतिक यात्रा पनि विद्यार्थी आन्दोलनबाटै सुरु भएको थियो। उनी पटक-पटक स्ववियुको निर्वाचनमा भाग लिँदै २०५१ सालमा अनेरास्ववियुको अध्यक्ष भएका थिए।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका उनी २०७४ को निर्वाचनमा ताप्लेजुङ-१ बाट निर्वाचित भएका थिए। २०६४ र २०७० को पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौँ ६ प्रतिस्पर्धा गरेका उनी पराजित भएका थिए। भट्टराई केपी ओली नेतृत्वको सरकारमा २०७६ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए। 

खगराज अधिकारी: विद्यार्थी राजनीतिदेखि गृहमन्त्री हुँदै मुख्यमन्त्रीसम्म
पूर्व गृहमन्त्री  खगराज अधिकारी २०४०/०४१ मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति भएका थिए। अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्षसम्मको जिम्मेवारी सम्हाल्दै मुलधारको राजनीतिमा आएका अधिकारी २०५१ सालको आम निर्वाचनमा कास्कीबाट निर्बाचित भएका थिए। आम निर्वाचन, २०५६ र संविधान सभा निर्वाचन, २०६४ मा पराजित अधिकारीले दोस्रो संविधान सभा निर्वाचन २०७० मा भने टिकट नै पाएनन्। उनी प्रतिनिधि सभा निर्वाचन २०७४ मा कास्कीबाटै निर्वाचित भएका थिए।

निर्वाचन २०७९ मा प्रदेश सभा सदस्य जितेका अधिकारी हाल गण्डकी प्रदेशको मुख्यमन्त्री छन्।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  ०८:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा राय–सुझाव माग स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार तथा पुनस्र्थापना) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदामाथ... शुक्रबार, साउन २९, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै शुक्रबार तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ। शुक्रबार, साउन २९, २०८३
कांग्रेस केन्द्रीय समिति बैठक आज पुनः बस्दै, सुरुमै शर्माले जरुरी सम्बोधन गर्ने ! नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पनि बस्ने भएको छ। शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
कास्कीमा लागूऔषधसहित दुई जना पक्राउ शुक्रबार, साउन २९, २०८३
मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा राय–सुझाव माग शुक्रबार, साउन २९, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै शुक्रबार, साउन २९, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ९९१ जनालाई कारबाही शुक्रबार, साउन २९, २०८३
बीपी राजमार्गमा राति सवारी रोक‚ अरनिकोमा तीन स्थानमा अवरोध शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
लोकसेवा आयोगको सचिवमा बढुका लागि तीन जनाको नाम सिफारिस बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
गगनको अध्यक्षतामा बसेको कांग्रेस बैठकद्वारा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा [निर्णयहरुसहित] बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्