• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

तथ्यांकमा मात्र कि वास्तवमै सुधार भएको हो अर्थतन्त्र?

64x64
ईश्वर बराल सोमबार, फागुन २९, २०७९  २१:००
1140x725

काठमाडौं– राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को ७ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार मुलुकको अर्थतन्त्र सुधार उन्मुख देखिएको छ। 

माघ महिनामा भएको विदेशी मुद्रा सञ्चितिमा वृद्धि, विप्रेषणको आप्रवाहमा वृद्धि र शोधनान्तर स्थितिमा भएको बचतले खस्किँदै गएको अर्थतन्त्रमा सुधारका संकेतहरु देखिन्छन्। 

माघ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको छ। माघ महिनामा मात्र ४६ अर्ब माथिको विदेशी सञ्चिति बढेको हो। २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति माघ मसान्तसम्म आइपुग्दा १३ दशमलव ८ प्रतिशतले बढेर उक्त स्थितिमा आइपुगेको हो।

अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा माघ मसान्तमा १० अर्ब ५० करोड पुगेको हो। माघ मसान्तसम्मको आयातलाई आधार मानेर हेर्दा उक्त सञ्चितिले १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

यस्तै, माघ महिनामा मात्र १ खर्ब ४ अर्ब ८० करोड विप्रेषण आप्रवाह भएको छ। आर्थिक वर्षको पहिलो ७ महिना माघ मसान्तसम्ममा ६ खर्ब ८९ अर्ब ८८ करोड विप्रेषण आप्रवाह भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४ दशमलव ४ प्रतिशतले घटेको थियो।

त्यस्तै, सोही समयमा शोधनान्तर स्थितिमा पनि व्यापाक सुधार भएको छ। आयातमा संकुचन हुँदा र विप्रेषण आप्रवाहमा वृद्धि हुँदा शोधनान्तर स्थितिमा सुधार भएको हो। आर्थिक वर्ष ०७९/०८० को पहिलो २ महिना घाटामा रहेको शोधनान्तर स्थिति त्यसयताका ५ महिना भने निरन्तर बचतमा रहेको छ।

त्यसअघि पुस मसान्तमा ९७ अर्ब १० करोड रहेको शोधनान्तर बचत माघ महिनामा मात्रै थप ३६ अर्ब ११ करोडले वृद्धि भएको हो। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा शोधनान्तर बचत १ अर्ब १ करोड रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको थियो।

त्यस्तै, चालू आर्थिक वर्षमा चालू खाता घाटामा पनि व्यापक सुधार भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा महिनामा ४ खर्ब ११ अर्ब ३४ करोड रहेको शोधनान्तर घाटा चालू आर्थिक वर्षको पहिलो ७ महिनाको अन्त्यमा २९ अर्ब ६४ करोडले मात्रै घाटामा रहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

तथ्यांकले अर्थतन्त्र सुधारमा गएको देखिए पनि आम मानिसको दैनिक आर्थिक गतिविधिमा भने सहजता नरहेको देखिन्छ। नागरिकहरु चर्को महँगीमा परेको स्वंयम राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

चालू आर्थिक वर्षको माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको माघ महिनाको तुलनामा यस वर्षको माघ महिनामा १.६४ प्रतिशतले मुद्रास्फीति बढी भएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत रहेको थियो। 

यस्तै, चालू आर्थिक वर्षको माघ महिनामा खाद्य तथा पेय पदार्थको समूहको मूल्यवृद्धि ६.१९ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ९.२२ प्रतिशत रहेको छ।

यता, पूर्व अर्थसचिव तथा अर्थशास्त्री रामेश्वर खनाल भने मुलुकमा भनेजस्तो आर्थिक संकट नरहेको बताउँछन्। बैंक तथा वित्तीय संस्थामा केही समस्या रहे पनि आमरुपमा समस्या नरहेको दाबी गर्छन्।

Xtrem

Xtrem

‘आममानिसलाई संकट परेको छ भन्ने मसँग कुनै तथ्यांक छैन र व्यवहारत देखिएको पनि छैन। मान्छेका रोजगारी खोसिएको पनि छैन। मान्छेको आम्दानी घटेको पनि छैन। अहिले खास महँगीको मार बढेको छ। अहिले जुन समस्या देखाएर आर्थिक गतिविधिहरुमा संकुचन भएका छन्। त्यसका पछि भने केही कारण छन्,’ खनाल भन्छन्, ‘बैंक तथा वित्तीय संस्थाहरुले ऋण दिए भन्दैमा ऋण लिएर घरजग्गामा, सेयर मा क्रिप्टोमा लगानी गरिएको छ। तर ती गैर उत्पादनमुलक र उच्च जोखिमका क्षेत्रहरु हुन्। मुख्य गरी त्यसबाट प्राप्तिको कुनै सुनिश्चितता छैन।’

खनाल चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षालाई हेर्दा आर्थिक वृद्धि पनि सन्तोषजनकै रहेको बताउँछन्। तर, उनी सरकारको खर्च गर्ने क्षमतामा ह्रास आएकाले केही चिन्ता भने रहेको औंल्याउँछन्।

‘आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षामा अर्थतन्त्र कमै प्रतिशतले वृद्धि हुन्छ। दोस्रो त्रैमासिकको वृद्धि राम्रै छ। समग्रमा करिब साढे ५ प्रतिशतको आर्थिक वृद्धि हुने देखिन्छ। त्यति नभए पनि ४.५० प्रतिशत देखि ५ प्रतिशतसम्मको वृद्धि हुने त सरकारले संकलन गरेको राजश्वबाट पनि थाहा हुन्छ,’ खनाल भन्छन्, ‘अलिकति चिन्ता भनेको के हो भने नेपाल सरकारको वित्तीय स्थिति पनि साँघुरिँदै गयो र सरकारको खर्च गर्ने क्षमता पनि ह्रास हुँदै गएको छ।’

त्यस्तै, पूर्व गर्भनर दीपेन्द्र बहादुर क्षेत्री भने आम मानिसले महशुस हुने गरी अर्थतन्त्रको सुधार देखिन केही समय लाग्ने बताउँछन्। अर्थतन्त्रका पछिल्ला तथ्यांक र राष्ट्र बैंकको सक्रियताले अर्थतन्त्रमा सुधार भएको र जनताको तहसम्म पुग्न केही समय लाग्ने हुँदा आत्तिनु पर्ने नरहेको उनले बताए। 

‘अर्थतन्त्रमा राम्रै सुधारका संकेतहरु देखिएका छन्। तर आम मानिसले त्यसको महशुस गर्न केही समय लाग्न सक्छ। विस्तारै सर्दै जाने हुँदा त्यसको नतिजा देखिन केही समय लाग्छ,’ क्षेत्रीले भने, ‘हाम्रा केही नियमहरुले पनि त्यस्तो हुन्छ। निक्षेपकर्तालाई दिने ब्याजमा बैंकहरुको बैठकले घटाए। तत्काल लागू भयो। तर ऋणको ब्याज घटाउने निर्णय गर्न भने कम्तिमा ३ महिना कुर्नुपर्ने हुन्छ। यस्ता कारण हुन् जसले जनताले तत्काल सुधार महशुस गर्न समय लाग्छ।’

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  २१:००
  • #अर्थतन्त्र

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्... शनिबार, असोज २४, २०८३
यस्तो छ आज विदेशी मुद्राको भाउ राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । शनिबार, असोज २४, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्