• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

तथ्यांकमा मात्र कि वास्तवमै सुधार भएको हो अर्थतन्त्र?

64x64
ईश्वर बराल सोमबार, फागुन २९, २०७९  २१:००
1140x725

काठमाडौं– राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को ७ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार मुलुकको अर्थतन्त्र सुधार उन्मुख देखिएको छ। 

माघ महिनामा भएको विदेशी मुद्रा सञ्चितिमा वृद्धि, विप्रेषणको आप्रवाहमा वृद्धि र शोधनान्तर स्थितिमा भएको बचतले खस्किँदै गएको अर्थतन्त्रमा सुधारका संकेतहरु देखिन्छन्। 

माघ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको छ। माघ महिनामा मात्र ४६ अर्ब माथिको विदेशी सञ्चिति बढेको हो। २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति माघ मसान्तसम्म आइपुग्दा १३ दशमलव ८ प्रतिशतले बढेर उक्त स्थितिमा आइपुगेको हो।

अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा माघ मसान्तमा १० अर्ब ५० करोड पुगेको हो। माघ मसान्तसम्मको आयातलाई आधार मानेर हेर्दा उक्त सञ्चितिले १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

यस्तै, माघ महिनामा मात्र १ खर्ब ४ अर्ब ८० करोड विप्रेषण आप्रवाह भएको छ। आर्थिक वर्षको पहिलो ७ महिना माघ मसान्तसम्ममा ६ खर्ब ८९ अर्ब ८८ करोड विप्रेषण आप्रवाह भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४ दशमलव ४ प्रतिशतले घटेको थियो।

त्यस्तै, सोही समयमा शोधनान्तर स्थितिमा पनि व्यापाक सुधार भएको छ। आयातमा संकुचन हुँदा र विप्रेषण आप्रवाहमा वृद्धि हुँदा शोधनान्तर स्थितिमा सुधार भएको हो। आर्थिक वर्ष ०७९/०८० को पहिलो २ महिना घाटामा रहेको शोधनान्तर स्थिति त्यसयताका ५ महिना भने निरन्तर बचतमा रहेको छ।

त्यसअघि पुस मसान्तमा ९७ अर्ब १० करोड रहेको शोधनान्तर बचत माघ महिनामा मात्रै थप ३६ अर्ब ११ करोडले वृद्धि भएको हो। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा शोधनान्तर बचत १ अर्ब १ करोड रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको थियो।

त्यस्तै, चालू आर्थिक वर्षमा चालू खाता घाटामा पनि व्यापक सुधार भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा महिनामा ४ खर्ब ११ अर्ब ३४ करोड रहेको शोधनान्तर घाटा चालू आर्थिक वर्षको पहिलो ७ महिनाको अन्त्यमा २९ अर्ब ६४ करोडले मात्रै घाटामा रहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

तथ्यांकले अर्थतन्त्र सुधारमा गएको देखिए पनि आम मानिसको दैनिक आर्थिक गतिविधिमा भने सहजता नरहेको देखिन्छ। नागरिकहरु चर्को महँगीमा परेको स्वंयम राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

चालू आर्थिक वर्षको माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको माघ महिनाको तुलनामा यस वर्षको माघ महिनामा १.६४ प्रतिशतले मुद्रास्फीति बढी भएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत रहेको थियो। 

यस्तै, चालू आर्थिक वर्षको माघ महिनामा खाद्य तथा पेय पदार्थको समूहको मूल्यवृद्धि ६.१९ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ९.२२ प्रतिशत रहेको छ।

यता, पूर्व अर्थसचिव तथा अर्थशास्त्री रामेश्वर खनाल भने मुलुकमा भनेजस्तो आर्थिक संकट नरहेको बताउँछन्। बैंक तथा वित्तीय संस्थामा केही समस्या रहे पनि आमरुपमा समस्या नरहेको दाबी गर्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘आममानिसलाई संकट परेको छ भन्ने मसँग कुनै तथ्यांक छैन र व्यवहारत देखिएको पनि छैन। मान्छेका रोजगारी खोसिएको पनि छैन। मान्छेको आम्दानी घटेको पनि छैन। अहिले खास महँगीको मार बढेको छ। अहिले जुन समस्या देखाएर आर्थिक गतिविधिहरुमा संकुचन भएका छन्। त्यसका पछि भने केही कारण छन्,’ खनाल भन्छन्, ‘बैंक तथा वित्तीय संस्थाहरुले ऋण दिए भन्दैमा ऋण लिएर घरजग्गामा, सेयर मा क्रिप्टोमा लगानी गरिएको छ। तर ती गैर उत्पादनमुलक र उच्च जोखिमका क्षेत्रहरु हुन्। मुख्य गरी त्यसबाट प्राप्तिको कुनै सुनिश्चितता छैन।’

खनाल चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षालाई हेर्दा आर्थिक वृद्धि पनि सन्तोषजनकै रहेको बताउँछन्। तर, उनी सरकारको खर्च गर्ने क्षमतामा ह्रास आएकाले केही चिन्ता भने रहेको औंल्याउँछन्।

‘आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षामा अर्थतन्त्र कमै प्रतिशतले वृद्धि हुन्छ। दोस्रो त्रैमासिकको वृद्धि राम्रै छ। समग्रमा करिब साढे ५ प्रतिशतको आर्थिक वृद्धि हुने देखिन्छ। त्यति नभए पनि ४.५० प्रतिशत देखि ५ प्रतिशतसम्मको वृद्धि हुने त सरकारले संकलन गरेको राजश्वबाट पनि थाहा हुन्छ,’ खनाल भन्छन्, ‘अलिकति चिन्ता भनेको के हो भने नेपाल सरकारको वित्तीय स्थिति पनि साँघुरिँदै गयो र सरकारको खर्च गर्ने क्षमता पनि ह्रास हुँदै गएको छ।’

त्यस्तै, पूर्व गर्भनर दीपेन्द्र बहादुर क्षेत्री भने आम मानिसले महशुस हुने गरी अर्थतन्त्रको सुधार देखिन केही समय लाग्ने बताउँछन्। अर्थतन्त्रका पछिल्ला तथ्यांक र राष्ट्र बैंकको सक्रियताले अर्थतन्त्रमा सुधार भएको र जनताको तहसम्म पुग्न केही समय लाग्ने हुँदा आत्तिनु पर्ने नरहेको उनले बताए। 

‘अर्थतन्त्रमा राम्रै सुधारका संकेतहरु देखिएका छन्। तर आम मानिसले त्यसको महशुस गर्न केही समय लाग्न सक्छ। विस्तारै सर्दै जाने हुँदा त्यसको नतिजा देखिन केही समय लाग्छ,’ क्षेत्रीले भने, ‘हाम्रा केही नियमहरुले पनि त्यस्तो हुन्छ। निक्षेपकर्तालाई दिने ब्याजमा बैंकहरुको बैठकले घटाए। तत्काल लागू भयो। तर ऋणको ब्याज घटाउने निर्णय गर्न भने कम्तिमा ३ महिना कुर्नुपर्ने हुन्छ। यस्ता कारण हुन् जसले जनताले तत्काल सुधार महशुस गर्न समय लाग्छ।’

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  २१:००
  • #अर्थतन्त्र

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन नेपाल सुनचाँदी व्यवसायी महासंघले दसैंपछि आज सुनचाँदीको मूल्य समायोजन गरेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा द... आइतबार, कात्तिक ८, २०८३
‘विश्व औपचारिक समूहभन्दा परिणाममुखी सहकारितातर्फ जाँदैछ’ : जयशंकरसँग स्वर्णिम वाग्लेको प्रश्नोत्तर भारतको चर्चित टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ सोभरेन... शुक्रबार, कात्तिक ६, २०८३
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द राष्ट्र बैंकले सूचना जारी गर्दै वेबसाइट तथा सेवा अस्थायी रूपमा बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारण... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्