• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मेडिसिटी अस्पतालका दुई डाक्टरलाई काउन्सिलले गर्‍यो कारबाही

रिता लम्साल सोमबार, फागुन २९, २०७९  १४:५७
1140x725

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले मेडिसिटी अस्पतालका दुई जना चिकित्सकलाई कारबाही गरेको छ। काउन्सिलको पूर्ण बैठकले बिरामीको उपचारका क्रममा अस्पतालका चिकित्सकले व्यवसायीक आचारण पूरा नगरेको भन्दै कारबाही गरेको हो।

काउन्सिलले अस्पतालका ग्याष्ट्रोइन्टेस्टाइन सर्जन डा सुनिलकुमार शर्मा र उनी अन्तर्गत नै कार्यरत डा राजिव मिश्रलाई चिकित्सकिय व्यवसायीक आचारण सुधार गर्न निर्देशन सहित सात दिनका लागि निलम्बन गर्ने निर्णय गरेको हो। 

काउन्सिल स्रोतका अनुसार दुवै जना चिकित्सकलाई चैत ५ देखि ११ गतेसम्मका लागि निलम्बन गर्ने निर्णय भएको छ। डा शर्मा र डा मिश्रले उपचार गरेका योगेन्द्र बहादुर बस्नेतको गत जेठ २५ गते मृत्यु भएको थियो। बस्नेतलाई जेठ १७ गते उपचारक लागि मेडिसिटी अस्पताल लगिएको थियो। डा शर्माले बस्नेतको पित्त थैलीको शल्यक्रिया गर्नुपर्ने सुझाब दिएका थिए। 

'शल्यक्रिया त राम्रै भएको रहेछ। तर त्यसपछि हुन सक्ने कम्प्लिकेसन र फलअप उपचारमा भने ध्यान दिइएको देखिएन,' काउन्सिल स्रोतले स्वास्थ्यखबरलाई भन्यो, 'बिरामीको उपचारमा खटिएका चिकित्सकहरुले शल्यक्रियापछिको फलोअपका विषयमा वेवास्ता गरेको देखिएकाले आगामी दिनमा त्यसतर्फ ध्यान दिन सचेत गराउँदै सात दिनका लागि निलम्बन गर्ने निर्णय भएको हो।'

बस्नेतको मृत्युपछि उनका छोरा समिरले उपचारका क्रममा लापरबाही भएको भन्दै दोषिलाई कारबाहीको माग सहित असार २८ गते काउन्सिलमा उजुरी दिएका थिए। सोही उजुरीपछि काउन्सिलले गरेको छानबिनका क्रममा उपचारका क्रममा चिकित्सकहरुले व्यवसायीक आचारण पालना नगरेको फेला परेको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

के भएको थियो?
बस्नेतको जेठ २२ गते ल्याप्रोस्कोपी विधिद्वार शल्यक्रिया भएको थियो। बस्नेतको शल्यक्रिया सफल भएको भन्दै २४ घण्टापछि वार्डमा सारिएको थियो। तर २४ गते बेलुका ६ बजेतिर बस्नेतले शल्यक्रिया गरेको ठाउँमा दुखेको बताएपछि रक्तचाप, पल्स लगायत जाँच गरिएको थियो। त्यसक्रममा सबै नर्मल छ भनिएको थियो। त्सपछि बिरामी शौचालय जाने क्रममा अचानक लडेका थिए। लडेर घाइते भएका बस्नेतको मुख बाँगिएको थियो। त्यसपछि बस्नेतलाई दुई जनाको सहयोगमा बेडमा लगिएको विवरण काउन्सिलमा छोरा समिरले हालेको उजुरीमा उल्लेख छ।

बस्नेतका छोराले काउन्सिलमा दिएको उजुरी अनुसार शौचालयमा लडेको केही समयपछि नर्स, मेडिकल अफिसर र कार्डियोलोजिस्ट आएर बस्नेतको इको गरिएको थियो। इकोमा सामान्य रहेको भनेर आफन्तलाई भनिएको थियो। तर रक्तचाप भने बढी थियो। त्यसपछि बेलुका ८ बजे तिर बेड सिफ्ट गर्नु भन्दा अगाडि बस्नेत पुन लडेका (स्ट्रोक भइसकेको) थिए। त्यसपछि बिरामीको हेमोग्लोबिन र सोडिएम कम भएको भनी नुन पानी खुवाउन र बिरामी कमजोर भएकोले हस्पिटले उपलब्ध गराउने खाना खुवाउन भने बमोजिम जबरजस्ती खुवाइएको थियो। तत् पश्चात बिरामीलाई पेन किलर र ग्याष्ट्राइटिसको औषधि दिइएको थियो। 

ती औषधि सेवनपछि पनि बिरामीले दुखिरहेको बताएका थिए। ९ बजेतिर बिरामी फेर बेडमै ढलेका थिए। त्यसपछि मेडिकल अफिसरको सहयोगमा मनिटर लगाउने र रगत चढाउने काम भएको थियो। 

Xtrem
Xtrem

राती करिब ३ बजे बिरामी अचेत भएपछि मेडिकल अफिसरले एनेस्थेसियोलोजिष्ट बोलाइ सिपिआर दिई आइसीयूमा लगिएको थियो। त्यसपछि भिडियो एक्सरे गरिएको थियो। भिडियो एक्सरेमा आन्तरिक रक्तश्राब भएको भन्दै अप्रेसन गर्नुपर्ने जानकारी दिइएको थियो।त्यसपछि अप्रेसन गरी रक्तश्राब नरोकिएको र मल्टीअर्गान फेल भएका कारण बिरामीलाई भेन्टिलेटरमा राख्नुपरेको र बाँच्ने सम्भावना न्यून रहेको जानकारी गराइएको उजुरीमा उल्लेख छ। भेन्टिलेटरमा राखिएको अवस्थामा नै बस्नेतको २५ गते करिब २ बजे मृत्यु भएको थियो।

बस्नेतको मृत्युपछि समिरले छानबिनको मागसहित अस्पतालमा निवेदन दिएका थिए। त्यसपछि डा जयन्द्र बज्राचार्यको नेतृत्वमा छानबिन समिति गठन भएको थियो। समितिले गरेको छानबिनका क्रममा बिरामीको मृत्यु हुनुभन्दा अघिल्लो दिन राती करिब १० बजे डा राजिब मिश्रले अस्पताल नै नगई बिरामीको अवस्था ठिक रहेको भनि जानकारी दिएको तथ्य फेला पारेको थियो। डा मिश्रले दिएको जानकारी अनुसार नै डा शर्माले पनि बिरामीको अवस्था ठिक रहेको बताएका थिए। 

डा मिश्रले आफ्नो हात काटेका कारण उक्त दिन अस्पताल नगएको बताएका थिए। 


हेरौं  समिरले काउन्सिलमा हालेको उजुरीको पूर्णपाठ :

श्री प्रमुख ज्यू
मितिः २०७९ । ३ । २८
नेपाल मेडिकल काउन्सिल
बाँसबारी काठमाडौं ।
विषयः सत्य तथ्य छानविन गरी दोषी उपर कारबाही गरी पाउँ ।
प्रस्तुत विषयमा मेरो बुवा स्व. योगेन्द्र बस्नेतलाई मैले नियमित स्वास्थ जाँचको लागि मिति २०७९।२।१७ गते नख्खु स्थित नेपाल मेडिसिटी हस्पिटलमा लगेको थिएँ । स्वास्थ्य जाँचको लागि उक्त हस्पिटलका डा. सुनिल शर्मासंग परामर्श गर्दा निज डाक्टर शर्माले पित्तथैलीको अपरेशन गर्नुपर्छ भन्नुभयो। वहाँले भने अनुसार नै मिति हस्पिटल भर्ना भई मिति २०७९ । २ । २२ गते मेरो बुवाको ल्याप्रोस्कोपी विधिद्वारा अपरेशन भएको थियो । मेरो बुवा उच्च रक्तचापको विरामी भएको हुँदा वहाँले प्रयोग गर्दै आउनुभएको warfarin नामक औषधी अपरेशन हुनु भन्दा ७२ घण्टा अगावै बन्द गरिएको थियो। अपरेशन गर्ने बेलामा high risk छ भनिएको र elective case मा high risk किन लिइएको सो कुरा नबुझिएको । अपरेशन पश्चात अपरेशन नर्मल भएको र करिब २४ घण्टापछि वार्डमा सिफ्ट गरिएको थियो। उक्त समयमा विरामीलाई हस्पिटलले उपलब्ध गराउने सामान्य diet खुवाई १/२ दिनमा डिस्चार्ज गर्ने कुरा बताइएको थियो । २०७९ । २ । २४ गते बेलुका करिब ६ बजेतिरबाट विरामीले अपरेशन गरेको ठाउँमा दुखेको भनेको हुँदा नर्सिङ स्टेशनमा खबर गरिएको थियो । सो पश्चात प्रेसर, पल्स नाप्दा सामान्य रहेको भनियो । तत् पश्चात विरामी ट्वाइलेट जाँदा अचानक ढल्नुभई मुख बाँगिएको थियो । २ जनाको सहयोगमा वहाँलाई नजिकैको बेडमा सुताई नर्सिङ स्टेशनमा जानकारी गराईएको थियो । त्यसपछि नर्स, मेडिकल अफिसर र कार्डियोलोजिस्ट आई echo गरी सामान्य रहेको भनियो। उक्त समयमा विरामी रक्तचाप उच्च रहेको थियो । बेलुका ८ बजे तिर बेड सिफ्ट गर्नु भन्दा अगाडि पुनः ढल्नुभएको ( stroke) थियो । त्यसपछि विरामीको hemoglobin र sodium कम भएको भनी नुन पानी खुवाउन र विरामी कमजोर भएकोले हस्पिटले उपलब्ध गराउने खाना खुवाउन भने बमोजिम जबरजस्ती खुवाईएको थियो । तत् पश्चात विरामीलाई pain killer र gastritis को औषधी दिइएको थियो । उक्त औषधी दिँदा समेत विरामीले दुखीरहेको छ भन्नुभएको थियो । मेडिकल अफिसरले ठिक हुन्छ भन्नुभएको थियो । करिब ९ बजे तिर विरामी stroke का कारण बेडमै पुनः ढल्नुभएको थियो । तत् पश्चात मेडिकल अफिसर आई monitor लगाउने काम गरिएको थियो र रगत चढाइएको थियो । राती करिब ३ बजे तिर विरामी अचेत हुन गई मेडिकल अफिसरलाई बोलाईएकोमा निज मेडिकल अफिसरले anesthesiologist लाई बोलाई CPR दिई ICU मा लगिएको थियो। त्यसपछि मात्र भिडियो एक्स गरी internal bleeding भएको जानकारी दिइ अपरेशन गर्नुपर्ने जानकारी दिइयो । अपरेशन गरी bleeding नरोकिएको र multi organ फेल भएको कारणले विरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने र बाँच्ने सम्भावना न्यून रहेको भनियो । भेन्टिलिटेरमा राखिएको अवस्थामा नै २०७९ । २ । २५ गते दिउँसो करिब २ बजे विरामीको निधन भयो । त्यसपछि मिति २०७९ । ३ । ६ गते सो सम्बन्धमा छानविन गरी पाउँ भनी निवेदन दिएकोमा डा. जयन्द्र बज्राचार्य नेतृत्वमा छानविन समिति गठन गरिएको थियो । त्यसको करिब एक हप्ता पछि हस्पिटल गएर बुझ्दा उपचारमा संलग्न मुख्य डाक्टर सुनिल शर्माले २०७९ । २ । २४ गते राती करिब १० बजे सेकेन्ड कल डाक्टर राजिव मिश्रले विरामीको अवस्था ठिक रहेको भनी जानकारी गराएको र हस्पिटल गई जाँच गर्नु भन्दा नगईकन विरामीको अवस्था ठिक रहेको भनी गैर जिम्मेवारपूर्ण ढंगले जवाफ दिनुभयो भनी भन्नुभयो। डाक्टर राजिव मिश्रलाई बोलाई सोध्दा वहाँले हात काटेको कारणले ड्यूटी नगएको भनी अति नै गैरजिम्मेवार जवाफ दिनुभयो ।
स्वास्थ्य High risk मा रहेका विरामीलाई sodium र hemoglobin कम भएको जानकारी हुँदा हुँदै र ३ पटक stroke हुँदा समेत internal bleeding को शंका नगरी surgery मा संलग्न कुनै पनि वरिष्ठ डाक्टर उपस्थित नभई मेडिकल अफिसरको भरमा विरामी अचेत भएपछि मात्र खोजतलास गरी कारण पत्ता लगाएको हुँदा २०७९। २ । २४ गते बेलुका करिब ६ बजेबाट उपचारको लागि कुन कुन डाक्टर उपस्थित हुनुपर्ने थियो र को को भई के कुन उपचारका विधि अवलम्बन गरियो भन्ने बारेमा सत्य तथ्य छानविन गरी कारवाही गरी पाउँ ।
उक्त कार्य नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा ७क को (ङ) तथा नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ को नियम २१(१) को (क) (ग) (च) (५) मा उल्लिखित आचासंहिता विपरीत देखिँदा ऐ. को नियम २३ (१) बमोजिम समेत कारवाही गरी पाउँ भनी यो निवेदन पेश गरेको छु ।
समिर बहादुर बस्नेत 
 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १४:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट परिचालित फौजको सहयोगमा आइतबार साँझ ७ बजेसम्म ९५ जनाको उद्धार गरी सुरक्षि... आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार सेनाले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना “हालसम्म चुमनुब्रि गापा–६ चुम्चेतको उङ्गिलुङ निवासी भेडीगोठमा रहेका २ महिला र ३ पुरुष गरी ५ जना सम्पर्कविहीन छन्,” प्राधिकरणले जारी... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्