काठमाडौं- आइतबार देशका केही क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/ चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।
राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
अहिले बिहान देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा एक-दुई स्थानमा मेघ गर्जन/ चट्याङसहित क्षणिक/हल्का पानी पर्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।