• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘कुहिएको’ चामल पुनः परीक्षण गरी छानबिनको माग

64x64
नेपाल लाइभ सोमबार, फागुन २२, २०७९  १४:०८
1140x725

काठमाडौं- विश्व खाद्य कार्यक्रमले ४५ वर्ष अघिदेखि नेपालका दुर्गम पहाडी र विकट हिमाली जिल्लामा खाद्यान्न र दिवा खाजा कार्यक्रम अन्तर्गत खाद्यान्न वितरण गर्दै आएको छ। उक्त खाद्य कार्यक्रमले बाँड्न ल्याएको खाद्यान्न बेलाबेलामा गुणस्तरहीन फेला पर्ने गरेको छ।

२०६६ असार र साउनमा विश्व खाद्य कार्यक्रमले जाजरकोट सहितका केही जिल्लामा कुहिएको चामल वितरण गरेको थियो। त्यसबेला जाजरकोट लगायतका जिल्लामा झाडापखाला लागेर ३ सयभन्दा बढीको मृत्यु भएको थियो। 

खाद्य कार्यक्रमबाट बाँडिएको चामलले पखाला लागेको भन्दै राष्ट्रिय मानवअधिकार आयोग सहितका अधिकारवादीहरूले छानबिनको माग गरेका थिए। त्यो बेला सरकारले विश्व खाद्यको कुहिएको चामलको परीक्षण नै गरेन।  

गत माघमा नेपालगञ्ज भन्सारबाट ३ वटा कन्टेनरमा भित्रिएको ५४ हजार केजी चामल गुणस्तरहीन फेला परेको थियो। तर गुणस्तरहीन उक्त चामलको हालसम्म जाँचपास भएको छैन।

उक्त चामलको गुणस्तर पुनः परीक्षण गर्न माग गर्दै उपभोक्ता हित संरक्षण मञ्चले आइतबार एक विज्ञप्ति जारी गरेको छ।

उक्त विज्ञप्तिमार्फत मञ्चले गुणस्तरहीन चामल आयात प्रकरणमा छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष माग गरेको छ। 

यस्तै, २ बोरा भिजेको चामल भेटेको भरमा प्रयोगशाला परीक्षणबिना नै अखाद्य भन्नु कानुन विपरीत भएको मञ्चका अध्यक्ष ज्योति बानियाँले बताए।

‘एउटा कन्टेनरको २ बोरा चामल परीक्षण गरेर मात्र हुँदैन। गुणस्तर परीक्षण नियमावली  छ। कानुनले जे भनेको छ, त्यो गर भन्न खोजेको हो। एउटा कन्टेनरको कम्तीमा ३ वटा बोरा निकालेर परीक्षण गर्नुपर्ने कानुनमा छ। २ वटा तानेको छ, त्यो पनि प्रयोगशाला परीक्षण भएको छैन,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

‘खाद्य तथा गुणस्तर विभागले परीक्षण गरिसकेपछि प्रतिवेदनमा खाद्य वा अखाद्य भनेर प्रतिवेदन पठाउनु पर्ने तर परीक्षण नगरी भिजेको देखेपछि आयात गर्नु अनुचित भनेर सिधै निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगन्जलाई पठाएको बताए। 

भन्सार कार्यालयले परीक्षण प्रतिवेदन माग्दा समेत प्रयोगशालाले उपलब्ध नगराएको र स्थलगत निरीक्षणकै आधारमा गुणस्तरहीन भनिएको उनले बताए।

दिवा खाजाका लागि विगत ५ वर्षदेखि अमेरिकी सरकारको सहयोगमा नेपालमा दुर्गम क्षेत्रका ५ वटा जिल्लाका लागि चामल आयात भइरहेको छ। यसको ठेक्का डब्लुएफपीलाई परेको छ। 

‘यस ठेक्काको अवधि ३ महिना मात्रै भएको फेरि टेण्डर हुँदै गरेको र अन्तर्राष्ट्रिय विडिङ हुँदा यसले म यो गर्छु भन्दा कसैले पाउँदा रहेनछन्। यसलाई विभाजित बनाउन यो भएको हामीले थाहा पायौं। अर्को भारतमा चामल धेरै छ। भारतमा हुँदाहुँदै इटालीदेखि ल्याउने भन्ने अर्को नम्बर दुई ठूलो फ्याक्टर लागिरहको रहेछ। अर्को, दिवा खाजा उत्पादन गर्ने यस्ता फ्याक्टर लागेर आयात प्रतिबन्ध गर्न खोजिरहेको छ। भित्री कुरा थाहा पाएर जेजे होला होला भनेर खुट्टो हाल्यौं। हुन त या विज्ञप्तिमा उल्लेख गरेका छैनौँ। यो पछि छानबिन हुँदा थाहा हुन्छ,’ उनले भने।

Xtrem

Xtrem

उक्त चामल हुम्ला, बाजुरा, अछाम, बझाङ र बैतडीका विद्यालयहरूमा कक्षा १ देखि ६ सम्मका करिब २५ हजार बढी विद्यार्थीलाई दिवा खाजा खुवाउनका लागि आयात गरिएको थियो। 

‘नेपालगन्ज भन्सार कार्यालयले २०७९ माघ १७ गते ३ मध्ये १ वटा कन्टेनरबाट मात्र २ वटा बोराको नमुना लिई पत्रसहित सिलबन्दी गरी प्रयोगशाला परीक्षणका लागि पठाएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘यसरी नमुना पठाउँदा भन्सार ऐन २०६४ को दफा ३० अनुसारको प्रक्रिया समेत पूरा भएको थिएन।’ यही कारण, गुणस्तरहीन चामल आयात प्रकरणको सत्यतथ्य छानबिन गर्न मञ्चले माग गरेको छ।

यस्तै, अधिकारवादी संस्था इन्सेकले नेपालगन्ज नाकाबाट बालबालिकाको हित प्रतिकुल हुने गरी मक्किएको चामल भित्र्याउन थालेकामा विरोध गरेको छ। ‘अखाद्य सामग्री बालबालिकालाई वितरण गर्न ल्याउन लागिएको घटनाको छनबिन गरी त्यसमा संलग्न दोषीहरूमाथि कानुनी कारबाही चलाउन सरकारसँग माग गर्दछौँ,’ इन्सेकका अध्यक्ष कुन्दन अर्यालले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्।

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १४:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट परिचालित फौजको सहयोगमा आइतबार साँझ ७ बजेसम्म ९५ जनाको उद्धार गरी सुरक्षि... आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार सेनाले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना “हालसम्म चुमनुब्रि गापा–६ चुम्चेतको उङ्गिलुङ निवासी भेडीगोठमा रहेका २ महिला र ३ पुरुष गरी ५ जना सम्पर्कविहीन छन्,” प्राधिकरणले जारी... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्