काठमाडौं- प्रकृति हुँदैन थियो भने जन्मिनु र रमाउनुको अर्थ हुँदैन थियो। त्यसैले त प्रकृति मानव जीवनका लागि वरदान हो। हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र सम्वर्द्धन गर्न मानिसले बिर्सिसके, तर प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन।
समायानकुल आफू परिवर्तन हुनु उसको कर्तव्य हो र यसमा अटल खडा भइरहन्छ। त्यसैले त प्रकृतिको यो स्वरुपलाई सबैले मन पराउँछन्। समयानुसार आफूलाई परिवर्तन गर्दै मानिसलाई चल्न सिकाउनु प्रकृतिकै प्रारुप हो।
सबै मानिस प्रकृतिको अनुपम छहारीमा जन्मिएर यसकै काखमा लडिबुडी गरेका छौं। दुनियाँलाई लोभ्याउने सामर्थ्य भएको प्रकृति साँच्चिकै नाम जत्तिकै सुन्दर छ। यही प्रकृतिको अनुपम छहारीमा हामी रमाउँछौँ, खेल्छौँ, हाँस्छौँ, बस्छौँ तर प्रकृतिको संरक्षण गर्दैनौँ।
गत असोजदेखि राम्रोसँग नेपालको परिवेशमा वर्षा हुन सकेको छैन। तर, पनि प्रकृतिले आफ्नो समयसँगै परिवर्तन हुने कर्तव्य भुलेको छैन।
यदि प्रकृतिले पनि मानवजातिझैँ आफ्नो कर्तव्य र जिम्मेवारी भुलेको भए के हुन्थ्यो? त्यसैले पनि हामीले प्रकृतिको संरक्षण गर्न आवश्यक छ। हामी मानवजातिले पनि प्रकृतिझैँ आफ्नो जिम्मेवारी र कर्तव्य भुल्नु हुँदैन। आफ्ना हरेक सन्ततीलाई आफ्नो न्यानो र आनन्ददायी काखमा सजाइरहने प्रकृति साँच्चिकै महान छ।
आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका प्रकृतिका यी मनमोहक तस्बिर :
![Nature_Photo_Feture (5)1677901769.jpg](https://nepallive.net/uploads/posts/Nature_Photo_Feture (5)1677901769.jpg)
![Nature_Photo_Feture (9)1677901774.jpg](https://nepallive.net/uploads/posts/Nature_Photo_Feture (9)1677901774.jpg)
![Nature_Photo_Feture (12)1677901777.jpg](https://nepallive.net/uploads/posts/Nature_Photo_Feture (12)1677901777.jpg)
![Nature_Photo_Feture (8)1677901772.jpg](https://nepallive.net/uploads/posts/Nature_Photo_Feture (8)1677901772.jpg)
![Nature_Photo_Feture (11)1677901777.jpg](https://nepallive.net/uploads/posts/Nature_Photo_Feture (11)1677901777.jpg)
![Nature_Photo_Feture (7)1677901772.jpg](https://nepallive.net/uploads/posts/Nature_Photo_Feture (7)1677901772.jpg)
![Nature_Photo_Feture (10)1677901774.jpg](https://nepallive.net/uploads/posts/Nature_Photo_Feture (10)1677901774.jpg)
![Nature_Photo_Feture (6)1677901769.jpg](https://nepallive.net/uploads/posts/Nature_Photo_Feture (6)1677901769.jpg)
![Nature_Photo_Feture (3)1677901766.jpg](https://nepallive.net/uploads/posts/Nature_Photo_Feture (3)1677901766.jpg)
![Nature_Photo_Feture (1)1677901761.jpg](https://nepallive.net/uploads/posts/Nature_Photo_Feture (1)1677901761.jpg)
![Nature_Photo_Feture (4)1677901766.jpg](https://nepallive.net/uploads/posts/Nature_Photo_Feture (4)1677901766.jpg)
![Nature_Photo_Feture (2)1677901761.jpg](https://nepallive.net/uploads/posts/Nature_Photo_Feture (2)1677901761.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।