• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपति निर्वाचनमा गठबन्धनलाई ‘मत क्रस’को चिन्ता, निर्वाचनअघि सांसदलाई नमुना मतदान गराइने

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, फागुन १८, २०७९  २०:०३
1140x725

काठमाडौं– आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनमा आबद्ध दलहरुले आफ्ना सांसदहरुलाई संयुक्त रुपमा नमुना मतदान गराउने भएका छन्। 

राष्ट्रपतिमा आफ्नो उम्मेदवारबाहेक अन्यत्र मत पर्ने वा बदर हुने सम्भावजनालाई अन्त्य गर्न गठबन्धनले यस्तो तयारी गरेको हो। राष्ट्रपति निर्वाचनका कारण गत पुस १० गते बनेको गठबन्धन भत्किएर ८ दलीय गठबन्धन बनेको थियो। 

दलहरूले आफ्नो मतलाई बदर नगर्न र मतको दुरुपयोग हुन नदिनका लागि आगामी २४ गते नमुना मतदानको अभ्यास गराउने तयारी गरिरहेको कांग्रेसका सहमहामन्त्री एवम् प्रतिनिधि सभा सदस्य बद्री पाण्डेले जानकारी दिए। 

यस्तै सत्ता गठबन्धनभित्र रहेको जसपाका नेता राजेन्द्र श्रेष्ठले राष्ट्रपतिलाई मतदान गर्ने मतदाताको सूचीमा रहेकाहरुलाई सिकाउने तयारी भइरहेको तर समय भने निश्चित भइनसकेको बताए। 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, जनमत, जसपा, जनमोर्चा र लोसपासहित सम्मिलित ८ दलीय गठबन्धनले काठमाडौंमा बिहीबार संयुक्त अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ। 

कांग्रेस सहमहामन्त्री पाण्डेले भने, ‘बिहीबार आठ दलको संयु्क्त कार्यक्रम आयोजना गरिएको छ। १९ गते सातवटै प्रदेशका सांसदहरुलाई अभिमुखीकरण गरिनेछ।’ उनले प्रदेशमा जसको बहुमत छ उसैले कार्यक्रम आयोजना गर्ने जानकारी दिए। जहाँ सबै दलका शीर्ष पदाधिकारीहरुको सहभागिता रहनेछ। 

यस्तै २५ गते राष्ट्रपतिको निर्वाचनका लागि मतदान गर्न आउने प्रदेश सांसदहरुलाई मतदान सिकाउनका लागि २४ गते काठमाडौंमा गठबन्धनले नमुना मतदान गराउनेछ। 

दुई पूर्व सभामुखबीच रोचक प्रतिस्पर्धा
राष्ट्रपतिका लागि दुई जना पूर्व सभामुख प्रतिस्पर्धामा छन्। आठ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल छन् भने एमालेबाट सुवासचन्द्र नेम्वाङ छन्।

Ncell 2
Ncell 2
nimb
nimb

पौडेल यसअघि नै सभामुख, उप प्रधानमन्त्रीलगायत विभिन्न मन्त्रालयको मन्त्री भइसकेका छन्। २०४८को संसदीय निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट र २०५२ तथा २०५६ को निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाट उनी निर्वाचित भएका थिए। 

पौडेल संविधानसभा चुनाव २०६४ मा तनहुँ २ बाट निर्वाचित भएका थिए। ०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेता भएका थिए। २०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा उनी तनहुँ–२ बाट प्रतिनिधि सभाका लागि पाचौंपटक निर्वाचित भए।

पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण उनले पटक–पटक गरी १४ वर्ष जेल जीवन निर्वाह गरिसकेका छन्। २०६७ सालमा भने एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालसँग प्रधानमन्त्रीमा पौडेलले प्रतिस्पर्धा गरेका थिए। खनालसँग प्रधानमन्त्रीको प्रतिस्पर्धामा उनी १७ पटकसम्म पराजित भएका थिए। 

यता एमालेबाट राष्ट्रपतिका उम्मेदवार रहेका सुवासचन्द्र नेम्वाङ पनि बलिया दाबेदार हुन्। उनी २०४८ सालदेखि नै नेपाली राजनीतिमा सक्रिय छन्। २०४८, ०५२मा राष्ट्रिय सभाको उपाध्यक्ष बनिसकेका नेम्वाङ पटक–पटक मन्त्रीसमेत भइसकेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

०६४ र ०७० को दुवै संविधानसभामा नेम्वाङ अध्यक्ष थिए। कानुनका विज्ञका रूपमा चिनिएका नेम्वाङले कानुन विषयमा स्नातकसम्म अध्ययन गरेका छन्। 

गठबन्धनको भरोसामा ढुक्क पौडेल
राष्ट्रपतिका लागि नयाँ गठबन्धन बनाउँदै आठ दलले साझा उम्मेदवारमा सहमति जनाएका कारण पौडेल ढुक्क छन्। राष्ट्रपतिको निर्वाचनका लागि प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरुले मतदान गर्न पाउँछन्। 

पौडेललाई समर्थन गरेको आठ दलीय गठबन्धनसँग ३१ हजार ९ सय १७ मतभार छ। जितका लागि न्यूनतम २६ हजार ३ सय १५ मतभार आवश्यक पर्छ। अहिले गठबन्धनसँग भएको मतभारका कारण पौडेल आफू निर्वाचित हुनेमा ढुक्क छन्। 

एमालेको दौडधुप जारी
पुस १० गतेको सहमति लत्याउँदै नयाँ गठबन्धन बनाउन प्रधानमन्त्री प्रचण्ड हिँडेपछि सरकारबाट बाहिरिएको एमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। यतिबेला एमाले नेम्वाङलाई जिताउनका लागि दलहरुसँग दौडधुपमा लागेको छ। 

कांग्रेस बाहेकका पार्टीहरुलाई सहयोगका लागि पत्राचार गरेको एमालेले बिहीबारदेखि उनीहरुका कार्यालयमै पुगेर सहयोग मागिरहेको छ। बिहीबार मात्रै एमालेबाटै विभाजित भएर बनेकी नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेर एमाले नेताहरुले राष्ट्रपतिमा सघाउन अपिल गरेका छन्। यस्तै बिहीबार नै राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पनि पुगेर एमाले नेताहरुले सहयोग मागेका छन्।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  २०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्