काठमाडौं– तीन जना नेपाली किशोरीलाई बन्धक बनाएर राखेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले चिनियाँ नागरिक ४९ वर्षीय याङ लिमिङलाई पक्राउ गरेको हो।
उनले विभिन्न प्रलोभनमा पारेर तीन किशोरीलाई पोखरादेखि काठमाडौंमा ल्याएर आफू बस्ने कोठामा बन्धक बनाएर राखेको आरोपमा पक्राउ गरिएको परिसर ललितपुरका प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिए।
चीनको फुजिन सि मिन घर भई ललितपुर–२२ सोह्रखुट्टे बस्ने उनले लिमिङले बन्धक बनाएर राखेको जोहेरी आएपछि किशोरीलाई उद्दार गरेर लिमिङ पक्राउ गरिएको हो।
उनले पोखरा तथा झापाबाट करणी गर्ने उदेश्यले काठमाडौं बोलाएको पाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका चिनियाँ नागरिकविरुद्ध जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।