• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

६१ दिनमै धरमराएको सरकार पाँच वर्षसम्म कसरी स्थिर रहला? 

64x64
नेपाल लाइभ शनिबार, फागुन १३, २०७९  १४:४७
1140x725

काठमाडौं– पुस १० गते नाटकीय रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाए।

मंसिरमा भएको निर्वाचनपछि दोस्रो शक्ति बनेको एमाले त्यसअघि सरकार गठनको खेलमा मौन झै बसेको देखिन्थ्यो। तर एकाएक ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, जसपा र नागरिक उन्मुक्तिको समर्थन ल्याउँदै नेपाली कांग्रेसको गठबन्धनबाट अन्तिम समयमा निस्किएका प्रचण्डलाई आम अपेक्षा नै नगरिएको अवस्थामा प्रधानमन्त्री बनाए। 

गत निर्वाचनमा ३२ सिट ल्याउँदै माओवादी तेस्रो शक्ति बनेको थियो। पहिलो शक्ति बनेको नेपाली कांग्रेसलाई सत्ता बाहिर राख्न सफल हुँदै ओली सत्ताको किङ मेकर बन्न सफल भएका थिए। उनले आफूलाई सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको अध्यक्षको रुपमा राख्दै माओवादी, एमाले, स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टीको सरकार बनाए। 

तत्कालीन समयमा प्रधानमन्त्री दाहालले प्रधानमन्त्री हुन मौखिक सहमति गरेको दाबी एमालेले गर्ने गरेको छ। प्रधानमन्त्री र सभामुख आलोपालो अनि राष्ट्रपति एमालेको उम्मेदवार हुने सहमति भएको ओलीले पटक–पटक भन्दै आएका छन्। उक्त सहमति अनुसार सभामुखमा भने एमालेका देवराज घिमिरे निर्वाचित भए।

तर जब राष्ट्रपतिको निर्वाचन आयो माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीलाई विश्वास गर्न सकेनन्। विगतका दुई वटा प्रतिनिधि सभा विघटन र प्रधानमन्त्री आलोपालो सम्झदै प्रचण्डले श्वर फेरे। उनले सभामुख एमालेले पाएकाले राष्ट्रपति राष्ट्रिय सहमतिको हुनुपर्ने अडान लिए। 

प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदैगर्दा यसको बिज रोपिएको थियो। आगामी दिनको अस्थितरताको बिउको रुपमा नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमाले अध्यक्ष ओलीले संसद्‌बाटै ढोक्सा नथाप्न चुनौती दिएका थिए। पहिलो दल भएपछि सत्ता बाहिर परेको नेपाली कांग्रेस उपयुक्त अवसर कुरेर बसेको थियो।

ओलीमाथि राष्ट्रपतिमा प्रचण्डको आशंकामा खेल्दै कांग्रेसले गठबन्धन भत्काउन सफल भएको छ। सरकारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी यसअघि नै सरकार छोडिसकेको थियो भने शनिबार राप्रपा पनि सकारबाट बाहिरिएको छ। राप्रपाले सरकारलाई दिएको सर्मथन पनि फिर्ता लिएको छ। राष्ट्रपतिमा एमाले अध्यक्ष ओलीले भने झै माछा नेपाली कांग्रेसको ढोक्सामा पर्ने निश्चित देखिए पनि सरकारबाट तत्काल नबाहिरिने निर्णय एमालेले गरेको छ।

फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई अघि सारेको एमालेले अझै पनि चलखेल गर्न सकिने आस कायमै राखेर सर्मथन कायम गरेको देखिन्छ। सरकारलाई दिएको सर्मथन फिर्ता लिँदा केन्द्रमात्र नभई प्रदेश सरकार पनि गुमाउनुपर्ने भएकाले एमालेले यसमा विवेकसम्पत रुपमा निर्णय लिन खोजेको देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

एमाले अध्यक्ष ओलीले सचिवालयको बैठकपछि पत्रकारसँग कुरा गर्दै पुन: पुस १० को सहमति दोहोर्‍याए। उनले पूर्व सहमति अनुसार आफ्नो उम्मेदबारलाई मत सबैले दिने दाबी गरे। आफ्नो उम्मेदवारलाई विजयी गराउने नेपाली कांग्रेसबाहेक सबै दलसँग छलफल गर्ने निर्णय पनि एमालेले गरेको छ। यसको अर्थ सम्भावना बाँकी भएकाले अझै मैदानमै टिकिरहने सन्देश देखिन्छ।
 
राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले यति छिटो–छिटो सरकार परिर्वतन भइरहनु राम्रो नभएको बताए। ‘सुरुमा नेपाली कांग्रेस संसद्को पहिलो दल भएकाले उसको नेतृत्वमा सरकार बनाउने कार्य प्राकृतिक हुने थियो तर उक्त गल्ती गरेपछि फेरि सरकार भत्काउने अनि बनाउने खेलतिर दलहरु लाग्नु गलत हुन्छ।’

नेपाली कांग्रेस संसदीय दलका नेता रमेश लेखक आफूहरुले कुनै गठबन्धन नभत्काएको दाबी गर्छन्। प्रतिनिधि सभाको पहिलो दल भएकाले राष्ट्रपतिमा कांग्रेसले दाबी गर्नु स्वभाविक हक भएको र त्यही कुरामा आठ दल सहमत भएको उनले बताए।

फागुन २५ गते सरकारमा कांग्रेस जान्छ कि जाँदैन र सरकारले विश्वासको मत लिनुपर्ने अवस्थामा के गर्छ भन्ने प्रश्नमा उनले उक्त कुरा त्यही समयमा छलफलपछि निर्णय हुने बताए। विश्वासको मत यसअघि पनि दिएकाले अब पनि दिने र सरकारमा जाने कुरा एमाले हुदाँसम्म सम्भव नभएको उनले बताए।

केही दिनदेखि चलेको छलफल राष्ट्रपतिमा मात्र केन्द्रित भएकाले सरकारको कुरा पछि नै हुने उनको भनाइ छ। राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएर बाहिरिँदै गर्दा एमालेका उम्मेदवार नेम्वाङले भने, ‘जुन संविधान बनाउन नेतृत्व गरेँ, त्यसको संरक्षक बनाउनु हुनेछ भन्ने अपेक्षा  गरेको छु।’

विश्वासको मत तत्काल लिनु नपर्ने, फागुन २५ पछिको तयारीमा प्रधानमन्त्री 
राप्रपाका मन्त्रीहरुले शनिबार नै प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्नो राजीनामा बुझाइसकेका छन्। यो सँगै राप्रपा सत्ता बाहिर पुगेको छ। करिब २ महिना सरकारमा बसेको राप्रपाले अब सत्ता बाहिर रहेर आफ्नो अजेण्डामा आवाज उठाउने बताएको छ। राप्रपाले सरकार निर्माण र भत्काउने अस्थिरताको खेलमा आफूहरु सहभागी हुन नसक्ने भएकाले सरकारबाट बाहिर बस्ने निर्णय गरेको बताएको छ।

राप्रपाले समर्थन फिर्ता लिएसँगै अब सरकारले संविधानको धारा १०० अनुसार विश्वासको मत लिनुपर्छ कि पर्दैन भन्ने प्रश्न उठ्ने देखिन्छ। पुष २६ गते विश्वासको मत लिँदा प्रचण्डलाई २६८ सांसदले समर्थन गरेका थिए। उक्त संख्या संसद्‌मा रहेका जनमोर्चा नेपाल र नेमकिपाका  एक/एक सांसद बाहेक सबै दलको समर्थन हो। 

अब प्रधानमन्त्री प्रचण्डलाई राप्रपाका १४ सांसदले समर्थन फिर्ता लिएपछि २५४ सांसदको समर्थन कायम हुने छ। सरकारमा अझै पनि बहुमतमा भएकाले विश्वासको मत लिनुपर्ने देखिँदैन। यदि फागुन २५ गते एमालेले सर्मथन फिर्ता लियो भने विश्वासको मत लिनुपर्ने छ।

उक्त अवस्थामा कांग्रेससहित राष्ट्रपतिमा एक ठाउँमा उभिएका दलहरुले विश्वासको मत दिने प्रधानमन्त्री दाहालको विश्वास छ। यही विश्वासको आधारमा उनी कांग्रेसलाई राष्ट्रपति दिन तयार भएको देखिन्छ।

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १४:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन अमेरिका जान लागेका हुन् ?
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक
सम्बन्धित सामग्री
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
कांग्रेस विवाद : संस्थापनलाई चुनौती दिँदै देउवा समूहले तोक्यो महाधिवेशनको मिति बिहीबार देउवा पक्षको भेलाले ९ बुँदे निर्णयअन्तर्गत १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो। बुधब... बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले सार्वजनिक गरे नवौं दिनको रिपोर्ट प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ भोटेकोशी बाढीपछिको नवौं दिनको रिपोर्ट सामाजिक सञ्जाल फेसबूकबाट सार्वजनिक गरेका छन् । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्