काठमाडौं– प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने भएका छन् ।
महासभामा उनले नेपालमा हालै आएको भोटेकोशीको विनाशकारी बाढी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने भएका छन् ।
अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । महासभाका लागि प्रधानमन्त्री बालेन्द्र शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनाल पनि सँगै जानेछन् ।
नेपालमा बाढीको क्षतिपछि प्रधानमन्त्री नै राष्ट्रसंघको महासभामा जानुपर्ने भन्दै सांसद, मन्त्री तथा रास्वपाका नेताहरूले आग्रह गरेपछि शाह जान लागेको स्रोतको भनाइ छ । परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ तथा शिष्टाचार महाशाखा र राष्ट्रसंघका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगलाई परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भ्रमणको तयारीमा जुट्न निर्देशन दिएका छन् ।
नेपालमा बाढीको क्षतिपछि प्रधानमन्त्री नै राष्ट्रसंघको महासभामा जानुपर्ने भन्दै सांसद, मन्त्री तथा रास्वपाका नेताहरूले आग्रह गरेपछि शाह जान लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ तथा शिष्टाचार महाशाखा र राष्ट्रसंघका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगलाई परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भ्रमणको तयारीमा जुट्न निर्देशन दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।