काठमाडौं– प्रहरी प्रधान कार्यालयले भोटेकोशी नदीमा आएको बाढीपछिको प्राकृतिक विपद्मा परेका बालबालिकाहरूको फोटो तथा भिडियो सामाजिक सञ्जालमा जथाभावी सार्वजनिक भइरहेको प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रहरीले यस्ता सामग्रीले बालबालिकाको गोपनीयता, आत्मसम्मान र मानसिक अवस्थामा दीर्घकालीन नकारात्मक असर पार्ने भन्दै ७ बुँदे विशेष अनुरोध गरेको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा विपद्, दुर्घटना वा हिंसाबाट प्रभावित बालबालिकाहरूको सामग्री प्रकाशन वा प्रसारण गर्दा उनीहरूको मानसिक अवस्थामा थप चोट नपुग्ने गरी विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।