काठमाडौँ– सर्वोच्च अदालतको नयाँ भवनमा रहेको अभिलेख शाखामा गएराति आगलागी भएको छ।
जेनजी आन्दोलनमा सबै भवन जलेपछि अस्थायी रूपमा नयाँ भवनमा सरेको सर्वोच्चमा आगलागी भएको हो।
अभिलेख शाखामा गएराति १२ बजेतिर आगलागी भएको र सामान्य कागजपत्र मात्र जलेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए।
अभिलेख शाखामा काम नलाग्ने भई थुपारिएको थुप्रोमा भएका केही कागजपत्र जलेको छ, अभिलेखमा भने क्षति नपुगेको उनले बताए। उनले भने, ‘केही कागजपत्र जलेको छ। के–के कागजपत्र जल्यो भन्ने बुझ्ने काम भइरहेको छ।’
सर्वोच्चका प्रवक्ता कोइरालाले बिजुली सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।